देश हाम्रो फूलबारी फूलका थुङ्गा हामी
फूलजस्तै बास्ना छरे हामी बन्छौं नामी
माटो, मल, जल भए पूmल हुन्छ सुखी
अन्न, पानी नपाएमा हामी हुन्छौं दु:खी ।
पुतली र भमराका फूल रैछन् साथी
फूलसंग खेल्दाखेल्दै उड्छन् माथिमाथि
ढकमक्क फुली फूल एक दिन ओइलार्इ जान्छ
बूढो भर्इ मान्छे पनि एक दिन मरी जान्छ ।
सानी नानी ज्ञानी बनी फूलजस्तै हाँस
अनि मात्र गर्छन् सबले तिमीमाथि आश
फूलबारीमा नाच तिमी गाँऊ एकसाथ
आफ्नो शिर उचाले मात्र उठ्छ देशको माथ ।