आकाशमा जून लागे कति रमाइलो
घाम लागे आकाशमा कति घमाइलो
एउटा आँखा राजा बने अर्को आँखा रानी
अप्सरा पो हौ कि तिमी देख्छु सानीसानी ।
घाम लागे पानी पर्छ पानी परे घाम
हिंड साथी घुम्नलार्इ हामी सँगै जाम
कोइली गाउँछ कुहुकुहु ढुकुर कुर्रकुर्र
चराहरु आकाशमा उड्छन् भुर्रभुर्र ।
तिमी खेल, म खेल्छु, हामी सबै खेलौ
साथीसाथी बनीकन हामी सबै मिलौं
तिमी मिले अर्को मिल्छ, अर्को मिले सब
सबै मिलेमात्र हुन्छ देशको विकास तब ।