~गणेश लामिछाने~
समय किन रोकिन्न आमा म जाने दिन किन छोटिरहेछ ।
नरोउ आमा म चाडै आउँछु आँशू किन बगिरहेछ ।।
प्रगती गर्न जान लागेछ यो छोरो तैपनी किन आँशू झरिरहेछ।
असिन्धरा आँशूको भेलले आमा मलाई रोकिरहेछ ।।
धेरै माया नगर आमा आत्मबल घटिरहेछ।
रोकन आमा रोक यो समय किन चाडो बडिरहेछ ।।
तिम्रो माया मुटुमा बाधिँ परदेशिन लागे आमा ।
गुन्द्रुक, भट्ट कोसेली लिइ जान लागे आमा ।।
शिर उठाइ हिंड्न सकू आमा तिम्रा पूर्वज सन्तानसरी
परदेशिन लागे आमा साह्रा माया मनमा भरी
डरपोक मलाई नभन आमा म भागेको छैन ।
केवल विदेशीन लागे आमा माया मारेको हैन ।।
आशिस देउ आमा मलाई राम्रो ब्यत्त्ती बन्न सकू ।
शिर उठाइ ठूलो स्वरमा नेपाली म भन्न सकू ।।
मेरा अगाडि तिम्रो आँशू बाधक बन्न सक्छ आमा ।
मुस्कुराइ एक चोटि हासिदेउन मेरी आमा ।।
बसन्तमा कोइलिको धून सुनाइ दिन्थ्यौ आमा ।
प्रकृतिमा डुवाइकन भावूक बनाइ दिन्थ्यौ आमा ।
साह्रा याद संगालेर एक मुटुमा गासेँको छु ।
तिम्रो आँशू लुकाउन बाहिर बाहिर हासेँको छु ।।
मिरमिरे बिहानिमा तिम्रो काख आइ बस्थे ।
प्रकृतिको सुन्दरतालाई हेरिकन टोलाइरहन्थे ।।
विदा देउन अब मलाई चाडै फर्की आउनेछु ।
तिम्रा लागि पटुकी र गुनियोचोली ल्याउनेछु ।।
तिम्रो शिर नझुकोस आमा आटल रहोस् सधैं भरि ।
तिम्रो माया चोखो छ, छरिएछ मनै भरि ।।
बादलको घुम्टो ओडि हिमाल किन रुन्छ आमा ।
सुनसान चारैतिर अधेरी किन छ आमा ।।
बिछोडको बियोगले मनमनै रोइदिन्छन ।
म हिंड्ने बाटोमा आँशूको भेल बगाइदिन्छन ।।
पवन पनि चल्न chadyo,रुखमा पात हल्लिदैन ।।
खोलानाल सुके जस्तो केही पनि चलिदैन।।
सुनसान अधेरी छ आशुको यो सङ्गम
धेरै माया नगर मलाई रोहिदिन्छ मन ।।
प्रतिक्षा गरी बस तिमी कुनै दिन आउँला
पात्र, तिमीलाई नचाइ चरिको गीत गाउला।।
हिमाल तिमी घुम्टो खोली मुस्कुराइ हासन ।
नदी, झर्ना, ताल, खोला नरोइकन बसन ।।
कमजोर तिमी नबन आमा शिर उठाइ बस्नुछ ।
बहादुरको देश भनि संसारमा भन्नुछ ।
दोबाटोमा हेरि बस भाग्यले ल्याउनेछ ।
मेरो उपस्थितिमा कोइली गीत गाउँनेछ ।।
(स्रोत : Ganesh’s Blog)