~शिव प्रकाश~
खेल्यौ, धेरै खेल्यौ
नाङ्गा शरीरका आदिम खेलहरु
यौवनका उर्जाहरु
विषाक्त वीर्य बनेर
धेरै पॊखिए तिम्रा
कुलघरानाहरुमा, दरवारहरुमा, महलहरुमा, कोठीहरुमा
हाम्रा झुप्राहरुमा, वस्तीहरुमा……।
थकायौ, धेरै थकायौ
आफ्ना वलिष्ट पाखुराहरु
आधुनिक उर्वसीहरुका उर्ध्र्वमुखी
वक्षका पोटिला पिण्डहरुमा
उत्तेजनाको आगोहरु झोस्यौ
जताततै सेता/कालाकुण्डहरुमा ।
आन्दित भयौ, धेरैधेरै आनन्दित भयौ
लिङ्गपानका कामुक स्वादहरुमा
यौवनका रापहरु तप्त भए
तिम्रा अनियन्त्रित सम्भोका फगत खुशीहरुमा ।
जन्मायौ, धेरै जन्मायौ सहसा
यो निरिह धरतीमा
मान्छे चिथोर्ने मान्छेहरु
मान्छे टोक्ने मान्छेहरु
पशुत्वलाई पुरुषत्व ठान्नेहरु
नग्नतालाई नारित्व मान्नेहरु
उस्तादहरु, वीर-वीरङ्गनाहरु,
नायक-नायिकाहरु……… मान्छेबिनाका मान्छेहरु ।
तमासा हेरिहरेछौ आफ्नै
अहिले अनाहक बाँचेर
भुक्तान् गर सम्भोका मूल्यहरु
अब हाँसेर.. बौलाएर …… आफूभित्र आफैं मरेर ।
(हरैंचा/मोरङ – हाल – बोस्टन /अमेरिका । अगष्ट ३, २००७ । )