~पुरुषोत्तम भण्डारी~
नाथे गाईको बाच्छो हराउँदा पनि कसैले माईकिंग गर्छ !
घर मा पालेको बस्तुभाऊ को माया लाग्दैन ?
घर मा पालुन्जेल पो माया , हराईसके पछि के को माया ?
यस्तै यस्तै तर्क बितर्क बीच होहल्ला हुँदै थियो , हाम्रो घर मा !
छर-छिमेकी चाहिं बाच्छो हराउँदा पनि माईकिंग गर्न आँटेको देखेर माथिका तर्क गरेर हामीलाई अलमल्याउन खोज्दै थिए ! हाम्रो समाजको चलन अनुसार , राम्रा र कुरो बुझ्ने मानवीयता भएका छिमेकी छन भने राम्रै सल्लाह दिन्छन तर नेगेटिब बिचार भएका छिमेकी ले चाहिं अनेक खाले तर्क दिन थाल्छन ! समय को सत्यनास नै गरिदिन्छन ! झन् त्यस माथि , आफ्नै घर मा पनि अल्छ्याहा र नेगेटिब बिचार भएका मानिस रहेछन भने , समस्या समाधान हुनुको साटो झन्-झन् बल्झिएर जान्छ !
हामि चाहिं छिटो भन्दा छिटो हराएको बाच्छो भेटिइपो हाल्छ कि भनेर माईकिंग वाला को फोन नम्बर खोज्दै थियौं !
फोन नम्बर फेला नपरे पछि भिनाजु र माईलो दाई घोघाहा पुल-चोक , कोशी अञ्चल अस्पताल एरिया तिर लाग्नु भयो !
करीब ४० मिनेट पछि त माईकिंग वाला घर मैं आईपुग्यो ! रिक्शा चलाउने व्यक्ति र माईक तैयार भयो !
माईकिंग वाला त आयो ! अब रेकर्ड गरेर माईकिंग गर्ने कि लाईब ? दुई जना छिमेकी भाईहरु लाई अलि-अलि खाजा खर्च दिएर लाईब माईकिंग गराउने निर्णय भयो ! छर-छिमेक मा पनि थरि थरिका छिमेकी हरु हुन्छन ! कोहि आफैं सहयोग गर्न हौसिएर अऊँछ्न त कोहि माथि भने झैँ तर्क गर्ने र भड्काईदिने पनि हुन्छन !
माईकिंग गराउने मानिस को जिम्मा मेरो थियो ! जसले माईक ल्याईदिनु भयो ,वाहाँ हरुको ड्युटी सकियो र आफ्नै काम मा लाग्नुभयो !
जसलाई माईकिंग गरेको मन परेको थिएन , उनिहारू हाँस्दै आफ्नो बाटो लागे , छिमेकी पनि आफ्नै घर का पनि !
यो कुरो करीब चार बर्ष अघिको हो ! लेख्ने बिषय बस्तु केहि पनि छैन भनेर घोत्लिएर बस्नु भन्दा , सम्झिएको बेला यहि कुरा पो लेख्नु पर्यो भनेर धमा-धम कि-बोर्ड थिच्दैछु !
अहिले कै जस्तै जाडो सिद्दिन आँटेको थियो ! हाम्रो घर को लैनो गाईको ८ दिन को सानो बाच्छो बिहानै दुध दोईसके पछि खुल्ला छोडीदिएको, कत्ता हरायो कत्ता ? घरमा भए जति सबैजना ले खोज्न थाल्यौं ! बिहान ६:३० बजे देखि दिउसो १:०० बजे सम्म खोज्दा पनि कहीं कतै भेटिएन !
तिनटोलिया बाट दिदीले एउटा राम्रो सुझाव दिनुभयो ,” माईकिंग गराएर खोज्ने !”
मलाई त सुन्ने बित्तिक्कै मन परिहाल्यो र माथि उल्लेख गरिएको हल्ला-खल्ला शुरु भयो !
आफ्नै नाम , फोन-नम्बर र ठेगाना लेखेर ति दुई भाईहरुलाई माईकिंग गर्न पठाईयो ! पकेट-खर्च दिने मेरै जिम्मा भयो !
बिबाहको सिजन भएकोले र आफ्नै नातेदार को छोराको बिहे भएकोले घरका धेरै जसो त त्यहि बिहेमा गैसकेका थिए ! माईकिंग गर्दा भेटिए भेटि हाल्छ , नभेटिए माया मार्नुपर्यो नि भनेर करीब तिन बजे तिर म पनि मारुती भ्यान लिएर त्यहि बिहे तिर जाँदै थिएँ ! पानीटंकी नजिकै पुगेको मात्रै थिएँ , मोबाईल को घन्टी बज्यो ! तपाईंको बाच्छो म संग छ है , लिन आउनु ! त्यहि भ्यान लिएर उनले भनेको ठाऊँ मा पुगियो र त्यो ८ दिनको गाईको बाच्छो लाई त्यहि भ्यान भित्र हालेर घर ल्याईयो ! घरका र छिमेक का पनि सबै खुशी भए ! हराएको बाच्छो माईकिंग गरे पछि सकुशल भेटियो !
कसरि ?मेरो एकजना बिद्यार्थी को भाई कन्चंबारिको सैलुन मा कपाल कटाईरहेका रहेछन ! उनले मेरो नाम सुन्ने बित्तिक्कै मलाई फोन गरे ! उनि कन्चंबारिको एयरपोट मोड नजिकैको एउटा घरको एउटा कोठामा ट्राभेल-एजेन्सी चलाउथे ! उनि बाथरुम जाँदा एउटा सानो बाच्छो कम्पाउण्ड भित्र अल्मलिएको देखेर , त्यहीं शुरक्षित ठाऊँमा थुनिदिएका रहेछन ! खोज्न जानेले सबैतिर खोजेछन तर त्यहि घरको कम्पाउण्ड भित्र चाहिं खोजेनछन !
जिन्दगीमा थरि-थरिका घटना घट्छन ! यो घटनाले पनि हामीलाई धेरै राम्रो शिक्षा दियो !