हिउँदको चिसोमा अबेर बाहिरबाट हतार हतार कोठामा आएर सुबोधले ल्यापटप अन गर्यो र आफूलाई अनलाइन देखायो ।ढिला भएकाले उसले हात हल्लाईसकेकी थिई।क्षमा प्रिया! र प्रतिउत्तर आयो “केहि छैन मलाई,तिमीलाई पर्खंदा तिम्रो बारे सुन्दर सपना कोर्ने मौका मिल्दछ ।”सुबोधले कति सोच्दछौ मेरो बारे भन्दा उसले जति मेरो मस्तिस्कको क्षमताले भ्याउछ ।
सुबोध पानी पानी भयो उसले लेखी”कताको महफिलमा कविता वाचन थियो कवि जी ?किन आज ढिला “तिम्रो समर्पणमा यौटा गज़ल समर्पित थियो उर्मिला “सुबोधले प्रतिउत्तर दियो ।उर्मिलाले प्रेमको संकेत पठाई र उसले “यु टु”लेख्यो ।
आजकल उसको मध्यरातमा अबेरसम्म यस्तै संवाद चलिरहन्छ ।जसले उसको दैनिक दिनचर्या र कार्यतालिका भत्काईदिएको छ ।अनलाइनमा उसको सथित्वको अनुरोध स्विकारेदेखि उसले माया पनि पाएको महसुस गरेको छ ।केहिदिन अघि सुबोधले संसारमा कसलाई सुन्दर देख्दछौ भन्दा “सत्ययुग मा भए रामलाई तर कलियुगमा तिमी नै त एक छौ “भन्दै उर्मिलाले उसलाई फुर्क्याएकी थिई ।
कीर्तिपुरको रापिलो घाममा बसेर चुरोट खाँदै यन्त्रसंवादमा उसले उर्मिलालाई भेट्न चाहेको कुरा लेख्यो ।त्यो प्रश्नको एक महिनापछि मात्र उर्मिलाले ‘एम पोजिटिभ ‘भनेर उत्तर फर्काई।सुबोधको धैर्यको प्रतिफल देखिदै थियो किनभने मनको गहिराईसम्म पुगेको त्यो मान्छे प्रतक्ष्य उसले देखेको थिएन ।
एकोहोरो कम्प्युटर चलाईरहंदा उसको अनलाइन संकेत देखापर्यो र उ आफ्नो कम छोडेर त्यता मोडियो र बेप्पता भयो।सुबोधले एकदिन कुरैकुरामा सोध्यो “यौनबारे के धारणा छ “उसले तत्काल उत्तर फर्काई “मानिस जसरी खान खान्छन “।सुबोध विद्यालयमा अनुसन्धान गर्दै थियो भने उसले पनि मनोविज्ञानको विदार्थी भएको बताएकी थिई ।
एकदिन यौटा कवितावाचन कार्यक्रम निम्तो पठायो सुबोधले ।उ साँझ फर्किएर लेख्यो “तिमी आएनौ कार्यक्रमा “उर्मिलाले भनि “आएकी थिए “।सुन्यौ त मेरो कविता ” भन्दै सुबोधले सोध्यो र उसले उत्तर फर्काई “मैले तिमीलाई सुने ,खै कविता के थियो सुनिन “।आफु कवि भएकाले सुबोधले संवादमा तिमी कविता लेख्छौ भनी सोधेको थियो र उसले प्रत्रिकृया दिएकी थिई “म कविता लेख्न प्रेरित गर्छु “त्यसैले कार्यक्रममा उसले बोलाएको थियो भेट्ने बहानामा ।
यस्ता संवादहरु विगत दूई महिनादेखि चलिरहेका थिए ।दुवै विश्वविद्यालयका विदार्थी थिए ।तर,सुबोधले उसलाई देखेको थिएन ।तर,उर्मिलाले सुबोधलाई राम्रोसंग देखेको र उप्रति आकर्षित भएको बताएकी थिई ।सुबोध खान खादा,क्याम्पस जाँदा समेत एक्लो महसुस गरिरहेको हुन्थ्यो उसको अभावमा ।कैलेकाहि बजारमा आफ्नो लागि लुगाहरु किन्दा समेत उसलाई मन पर्छ कि पर्दैन होला भनी सोच्ने गर्दथ्यो ।
यी निरन्तर संवादहरुसंगै उनीहरु एकदिन भेट्नका लागि राजी भए ।भेट्नु भन्दा अगाडि सुबोधले फोनमा समेत कुरा गरेको थिएन तर उसले एकैपटक भेटेर कुरा गर्ने भनी सुबोध राजी भयो ।सुबोधले सोध्यो” कसरी चिन्ने तिमीलाई “उसले उत्तर फर्काई” म त चिन्छु नि तिमीलाई “।
विश्वविद्यालयको प्रांगणछेउको सहिदपार्कको रापिलो घाममा उ उर्मिलाको प्रतीक्षा गरिरहेको थियो ।त्यहिँ बस्दाबस्दै उसको उमेश भन्ने साथी आयो ।सुबोधले अरु कसैलाई पर्खिरहेको भनेपछि उमेश मुसुक्क हास्दै तिमी ब्यस्त पो रहेछौ भन्दै बाहिरियो ।सुबोध उर्मिलाको तिब्र प्रतिक्षामा थियो ।उसले उर्मिलालाई दिन उसको नाममा किनेको घडी पनि लिएर आएको थियो पहिलो भेटको उपहार स्वरुप ।आज उसले अनौठो महसुस गरेको थियो किनभने माया गर्ने मान्छे आज भेट्न पाउँदा उसको मन आकाशमा चराहरु उडेजसरी उडिरहेको थियो कल्पनामा ।
सुबोध एकोहोरिएर बसिरहेको थियो कल्पनामा ।एकैछिनमा उसको मोबाइलमा मेसेज आयो र उसले मेसेज खोलेर हेर्यो ।अघिकै उमेशको मेसेज रहेछ ।मेसेजमा यस्तो लेखिएको थियो – “उर्मिला अर्थात् उमेश,मैले तिमीलाई भेटिसकें”
feb 29 2014 virginia , USA
(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )