आम निर्वाचनको प्रचारको क्रममा हाम्रो गाउँमा प्रत्येक दिन नै कुनै न कुनै पार्टीका नेताहरुको कार्यक्रम राखेका थिए । गाउँमा भेला हुन सकिने एउटै ठाउँ प्राथमिक स्कूलको चउर मात्र थियो । त्यसैले स्कूल बिदा गरि पालै पालो सभा राखियो ।
पहिलो दिनको सभामा गाउँको समस्या राख्ने क्रममा पानीको समस्या बताए । थुप्रै समस्या र अभाव मध्ये पानी नै प्रमुख थियो । एक गाग्री पानी ल्याउन पुरै एक दिन लाग्ने दुखेसो पोखे । नेता महोदयले समस्या सुन्नासाथ आफ्नो अनुहार गम्भिर बनाउनु भयो । केहि बेर आपसमा सल्लाह गर्नु भयो र हसिलो मुद्रा बनाएर गाउँलेलाइ बचन दिनु भयो( ‘यहीं नजिकै हिमालमा हिउँ रहेछ । म तपाइहरुलाइ त्यहीं हिउँ रोपवेको माध्यमले ल्याएर पानी पगाली ख्वाउंछु ।’
दोश्रो दिन अर्कै पार्टीको नेता राजधानीबाट आउनु भयो । उहाँले पनि समस्या सुने पछि आश्वस्त पार्दै भन्नु भो( ‘यो गाउँको आकाशमा धेरै वादलहरु रहेछ । त्यो वादललाइ जुधाएर पानी पार्न लगाउंछु त्यसको लागि चाहिने मेसिन चुनाव पछि पठाउंछु ।’
तेश्रो दिन फेरी अर्को अझै ठूलो पार्टीका जलश्रोत मन्त्रि भैसकेकेका नेताको भाषण थियो । जनताले पानी कै समस्या राखे ।
मन्त्रिज्यूको मुखारबृन्द खुले ‘म अहिले यहाँ आउंदा हेलिकप्टरबाट नै देखि सकें यहांको संभावना । तलको खोंचको खोलालाइ यहाँ माथिसम्म बाँध बाध्छु र घरघरमा बाँधबाट सिधै धारा पनि दिन्छु, विजुली पनि दिन्छु । यो देशमा यो गाउँ नै सवैभन्दा धनि मध्येमा पर्छ होला । सवै विजुली राजधानीलाइ बेचेर तपाइहरु दुइ चार वर्षमा नै हामी भन्दा धनि वन्न सक्नु हुनेछ ।’
चौथो दिन केन्द्रबाट अध्यक्ष हो कि सभापति नै आउने भयो । उहाँको सभाको लागि गाउँले सबै जुटे । सबैले एक स्वरमा पानीको समस्या राखे । ‘जनता जनार्दन नमस्कार’ अध्यक्ष हो कि सभापति महोदयले भन्नुभयो ‘यहाँ खानको लागि मात्र दिनको दुइसय जति डोको भए पुग्छ भन्ने सुने । दुइ सय डोको भनेको वढिमा पाँचहजार लिटर मात्र हो । पाँचहजार लिटर भनेको मेरो घरमै एक दिनको लागि पनि पुग्दैन । म तपाइहरुलाइ त्यो भन्दा सय गुणा वढि पानी ल्याइ दिने पक्का पक्कि बचन दिन्छु, त्यो पानीले तपाइहरुले खानलाइ मात्र होइन नुहाउन, िसंचाइ गर्न, अझ भैसीलाइ नुहाउनलाइ समेत पुग्ने हुन्छ । म ल्याइदिन्छु । काठमाडौंमा मेलम्चि आयोजना सकिनासाथ त्यसको एउटा पाइप सिधै तपाइहरुको यो सुन्दर गाउँमा पठाइ दिन्छु । काठमाडौंको पानी तपाइहरु यहां वसेर खान पाउनु हुनेछ ।
जनता, नेताहरुको भाषणले दङ्ग परे, उत्साहित भए, गाउँको सवै खसि र कुखुरा सिध्याएर भए पनि नेताहरुलाइ सवैले सक्दो आतिथ्य प्रदान गरे ।
गाउँलेहरु फेरी स्कूलको चउरमा जम्मा भएर सल्लाह गरिरहेका छन् ! कस्ले कुन चै पानी खाने रु कस्ले काठमाडौंमा कस्तो घर बनाउने भनेर !