~मनोज कार्की~
न मैले कतै सपना बुने
न मैले कही बिपना भुले
तै पनि जीवन उदासी हुने
खै कुन बिरानो गीत यो सुने!
निस्छल जीवन सुसाएकै थियो
टुकी कै उज्यालो प्रसस्त थियो
तिमी हिउदको घामझै अस्तायौ
पुरानो जीवन कहाँ खोजु भयो!
बर्षा ठाने हरियाली दिने
खहरे रहेछ उर्लिएर जाने
घरबारी अब बगर सरी भो
कहाँ कसरी फोगटा बिराउने?
न मैले कतै अबिश्वास रोपे
न मैले कही ढोका यो थुने
तिमीनै थियौ लीलामी हुने
निरस अब म किन रुने?
——–
फोगटा – खेत वा बारीका स-साना गराहरु; सानो टुक्रा खेत वा बारी।
बिराउनु – सामान्य अर्थ त गल्ती गर्नु नै हो। तर यस्तो अर्थमा पनि प्रयोग हुन्छ – जङल वा घास भएको जमिनलाई खेत वा बारीमा परीणत गर्नु।
(स्रोत: Sajha.com)