~सरुभक्त~
म जन्मेको समयको पोखरा साँच्चै नै सुन्दर थियो, शान्त थियो अनि धेरै सम्भावनाहरूले भरिपूर्ण थियो । म सानो छँदा म जन्मेको टोल बगरमा केही घरहरू मात्र थिए । ती घरहरूमध्ये अधिकांश नेवार जातिका थिए । एक दुई गुरुङ, तामाङका घर थिए । नेवारहरू घरमा पसल थापी बस्थे । हाम्रो घरमा पनि सानो किनारा पसल थियो । बा-आमा बिहानदेखि रातिसम्म व्यापार गरी बस्नुहुन्थ्यो ।
टोलमा हाम्रो घरभन्दा चार पाँच घर पर चिउरेका घरहरू थिए । उनीहरू बिहान उज्यालो हुनुभन्दा पहिलेदेखि नै ढिकीमा चिउरा कुट्थे । चिउरा कुटेको आवाजले प्रायः म बिउँझन्थें । सधैँ चिउरा कुटेको आवाज सुन्ने ।
नेपालप्रेमी प्रसिद्ध भूगर्भविद् टोनी हेगनले कतै भनेका छन्- मैले विश्वका धेरै सुन्दर स्थलहरूको भ्रमण गरें तर मलाई पोखराजस्तो सुन्दर अरू कुनै स्थल लागेन । उनले यो कुरा आजभन्दा कम्तीमा साठी, सत्तरी वर्षअघिको पोखरा देखेर भनेका थिए । शौभाग्यवश म त्यही पुरानो पोखरामा जन्मेको थिएँ जहाँ घरहरूभन्दा अग्ला अग्ला रूखका हरियालीहरू धेरै थिए । जहाँ खोलाहरू, तालहरू, झरनाहरू, फाँटहरू, वरपरका डाँडाकाँडाहरू आफ्ना प्राकृत स्वरूपमा अस्तित्ववान् थिए, जहाँ नजिक टाढाबाट देखिने अन्नपूर्ण हिमशृङ्खला, माछापुच्छ्रे, धौलागिरि, नीलगिरि, हिउँचुली, गंगापूर्ण, मर्दी र लमजुङ हिमालहरूलाई कुनै आयातित ग्लोबल वार्मिङ’ को राँके भूतले लखेटेका थिएनन् । सायद इकाईं कावागुचीले पनि पोखरालाई यस्तै देखेका थिए, वा यसभन्दा सुन्दर देखेका थिए ।
म जन्मेको समयको पोखरा साँच्चै नै सुन्दर थियो, शान्त थियो अनि धेरै सम्भावनाहरूले भरिपूर्ण थियो । म सानो छँदा म जन्मेको टोल बगरमा केही घरहरू मात्र थिए । ती घरहरूमध्ये अधिकांश नेवार जातिका थिए । एक दुई गुरुङ, तामाङका घर थिए । नेवारहरू घरमा पसल थापी बस्थे । हाम्रो घरमा पनि सानो किनारा पसल थियो । बा-आमा बिहानदेखि रातिसम्म व्यापार गरी बस्नुहुन्थ्यो ।
टोलमा हाम्रो घरभन्दा चार पाँच घर पर चिउरेका घरहरू थिए । उनीहरू बिहान उज्यालो हुनुभन्दा पहिलेदेखि नै ढिकीमा चिउरा कुट्थे । चिउरा कुटेको आवाजले प्रायः म बिउँझन्थें । सधैँ चिउरा कुटेको आवाज सुन्ने अभ्यस्तताले होला, म त्यसमा एक प्रकारको सङ्गीत भेट्थें । मलाई त्यो सङ्गीत मन पथ्र्याे ।
अधिकांश व्यक्ति नेवार भएकाले सबै नेवारी भाषा बोल्थे । त्यसैले स्वाभाविक रूपले मैले आफ्नो मातृभाषाको रूपमा नेवारी भाषा नै बोल्न सिकें । घरमा, टोलमा कसैले पनि मलाई नेपाली भाषा बोल्न सिकाएनन् । मैले नेपाली भाषा जान्न पाइनँ । कहिलेकाहीँ बा-आमालाई भेट्न आउने मानिसका मुखबाट बा पसलमा सामान किन्न आउने मानिसका मुखबाट म नेपाली भाषा सुन्थे । त्यस्ता बेला बा-आमा पनि तिनीहरूसित नेपाली भाषामै बोल्नुहुन्थ्यो । म पक्क परी कुरा सुन्थें अनि बुझ्ने चेष्टा गर्थें । पछिपछि अलिअलि बुझ्न पनि थालेको थिएँ । तर बोल्न भन्ने सक्ने थिइनँ ।
म पाँच-छ वर्षको भएपछि बाले मलाई सिलोटमा कखरा पढाउनुभयो । केही कालपछि विद्यालयमा भर्ना गरिदिनुभयो । विद्यालयमा गुरुहरू नेपाली भाषामा पढाउँथे, मलाई बुझ्न गाह्रो पथ्र्याे । बाहुन, क्षत्री र अरू जातिका साथीहरू नेपालीमा कुरा गर्थे, मलाई बुझ्न गाह्रो पथ्र्याे । म सबैका कुरा ध्यानपूर्वक सुन्थें मात्र । आफ्नोतर्फबाट केही बोल्नका लागि मसित भाषिक क्षमता थिएन । यसले मलाई गुरुहरूसित कुरा गर्न र साथीहरूसित घुलमिल गर्न अप्ठ्यारो पार्यो । म अन्तरमुखी हुँदै गएँ ।
विद्यालयका साथीहरूमध्ये दुईजना साथी घनिष्ठ भए । एकजना बिन्ध्यवासिनीतिरको बाहुन साथी थियो ।

विद्यालयका साथीहरूमध्ये दुईजना साथी घनिष्ठ भए । एकजना बिन्ध्यवासिनीतिरको बाहुन साथी थियो । अर्काे नदीपुरतिरको दमाई साथी थियो । उनीहरूसित म कहिले जयमूलमा पौडी खेल्न जान्थें, कहिले बाटोको वनमा कटुस टिपी खान्थें । कहिलेकाहीँ घरबाट पैसा चोरेर सिनेमा पनि हेर्न गइन्थ्यो । एकपल्ट साथीहरूसित मस्तीका साथ सिनेमा हेर्दे गर्दा मध्यान्तरमा बाले कान समातेर मलाई घरसम्मै दगुर्याउनुभएको थियो । म मकैबारीको बाटोभरि डाँको छोडेर रोएको थिएँ ।
बाहुन र दमाइसाथीहरूसितको मेरो संगत अध्ययनको थिएन, बदमासीको थियो । तर यसले मेरो नेपाली भाषाको ज्ञानलाई केही विस्तारित पारिदियो ।
पुरानो टुँडिखेलस्थित विद्यालयमा कक्षा ६ को जाँचमा अनुत्तीर्ण भएपछि बाले मलाई लामाचौरस्थित बोर्डिङ स्कुलमा कक्षा पाँचमा भर्ना गरिदिनुभयो । घरबाट टाढिनुपर्दा म झन् अन्तर्मुखी भएँ तर टुटुफुटेको नेपाली भने बोल्न सक्ने भएँ । मलाई सम्झना छ, म पाँच कक्षामा हुँदा गोर्खाबाट कुलबहादुर खड्का भन्ने एकजना अग्ला सिनेमाका नायकजस्ता गुरु केही समय हामीलाई पढाउन आएका थिए । उनी हामीलाई पढाउँथे पनि, हामीसित खेल्थे पनि । जब जब म साथीहरूसित नेपाली बोल्थें, प्रत्येकपल्ट ‘त’ उच्चारण गर्नुपर्ने ठाउँमा ‘ट’ उच्चारण गर्थें, ‘ट’ उच्चारण गर्नुपर्ने ठाउँमा ‘त’ उच्चारण गर्थे । मेरो त्यो कमजोरीलाई कुलबहादुर गुरुले च्याप्प समाइहाल्थें अनि प्रत्येकपल्ट मैलेझैं तटमट गरी बोल्दै मलाई खिज्याउँथे । त्यसले मेरो नेपाली भाषा बोल्ने उत्साहमा भयानक असर पार्यो । मैले संकोचले लगभग बोल्न नै छोडिदिएँ । भाग्यवश कुलबहादुर गुरु पाँच, छ महिनाभन्दा धेरै समय विद्यालयमा बसेनन् । उनी गोर्खातिरै र्फकेपछि मेरो नेपाली सिक्ने उत्साह पनि अलि अलि गरी र्फकन थाल्यो ।
म कक्षा ६ मा पुगेपछि दार्जिलिङबाट शान्ति सुब्बा गुरु हामीलाई पढाउन आइपुग्नुभयो । उहाँ युवक नै हुनुहुन्थ्यो । भर्खरै स्नातक तहको परीक्षा दिनुभएको थियो । उहाँले सुरुमा नेपाली र अरू केही विषय पढाउनुभयो । मलाई सम्झना छ, उहाँले लिनुभएको नेपालीको पहिलो मासिक परीक्षामा म पहिलो भएको थिएँ । उहाँले दशमा आठ नम्बर दिनुभएको थियो । यसभन्दा पहिले म कहिले पनि नेपालीको परीक्षामा पहिलो भएको थिइनँ ।
नेपालीको मासिक परीक्षामा पहिलोपल्ट पहिलो भएपछि त्यसले मेरो उत्साह ह्वात्त बढाइदियो । ए ! मैले पनि चाहें भने नेपाली जान्न बुझ्न सक्दोरहेछु, लेख्न पनि सक्दोरहेछु मलाई यस्तै अनुभूति भयो । म अरू मेहनत गर्नतर्फ लागें ।
शान्ति सुब्बा गुरुले हामीलाई कक्षामा पढाउनु मात्र हुन्थेन, फुर्सदका समयमा अरू पनि धेरै कुरा सिकाउनुहुन्थ्यो । उहाँ हामीसित फुटबल, भलिबल खेल्नुहुन्थ्यो, क्यासिस क्लेको बक्सिङका कुरा गर्नुहुन्थ्यो । न्युज विक्, टाइमजस्ता अङ्ग्रेजी पत्रिकाहरू पढेर तिनमा भएका कतिपय कुरा सुनाउनुहुन्थ्यो । यही क्रममा एकपल्ट उहाँले छात्रावासमा हामीलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ सस्वर वाचन गरी सुनाउनुभयो । हामी मन्त्रमुग्ध भयौं । कति दिनसम्म प्रभावित भइरह्यौं । एक दिन त्यही अन्तपर््रेरणाले मैले कापी र कलम समातें अनि एउटा कविता रचना गरें । कविता रचना गरेपछि मैले त्यसलाई जतन गरी लुकाइराखेको थिएँ, साथीहरूले थाहा पाएछन् । साथीहरूले मेरो कविता खोजेर सुनाइहाले । मैले लज्जित भएर आफ्नो कविता सुनें र भित्र कतै आनन्दित भएँ ।
मैले कविता लेखेपछि कक्षाका साथीहरूमा पनि कविता लेख्ने लहर चल्यो । अब हामी आ-आफ्ना कविता सुनाएर हाँस्न र रमाउन थाल्यौं । कहिलेकाहीँ मन परेका गुरुहरूलाई छेड हानेर पनि कविता लेख्न थाल्यौं । कक्षाका दसजना सहपाठीमध्ये म, पूर्णलाल कायस्थ, विक्रम गुरुङ, तिलक गुरुङ, विष्णु परियार आदि कविता लेख्थ्यौं । अरू सुन्थे ।
कक्षा सातमा पुग्दा भोजराज न्यौपाने गुरु हामीलाई नेपाली पढाउन आउनुभयो । उहाँ बेला बेला कक्षामा छन्दका मीठा कविताहरू सुनाउनुहुन्थ्यो जसमध्य केही उहाँका आफ्नै हुन्थे, केही अरूका हुन्थे । त्यसले पनि नेपाली भाषामा कविता लेखन गर्न मलाई अरू ऊर्जा दियो । त्यही समय मैले एकजना गुरुको आवासमा महाकवि देवकोटाको ‘मुनामदन’ र गोपालप्रसाद रिमालको ‘मसान’ नाटकका किताब भेटें । मैले सुटुक्क ती किताबहरू अध्ययन गरें ।
यसरी क्रमशः मैले नेपाली भाषा सिक्दै गएँ । नेपालीमा कविता रच्दै गएँ । सम्भवत परिस्थितिजन्य कारणले गर्दा म नेपाली भाषाप्रति बढी आकृष्ट हुँदै गएँ, क्षमताले भ्याएसम्म मैले आफ्नो भाषिक कमजोरीबाट मुक्ति चाहें । तर सम्पूर्ण मुक्ति मैले कहिले पनि प्राप्त गर्न सकिनँ । अहिले पनि मलाई बोध हुन्छ, मेरो साहित्यमा धेरै भाषिक कमजोरी छन् । गहिरिएर हेर्दा म आपmना कति भाषिक कमजोरी आफैं पनि देख्न सक्छु । तर कमजोरीहरू मात्र चिन्तन गरी बस्ने हो भने म कहिले पनि साहित्य रचना गर्न सक्दिनँ । मलाई भाषिक शुद्धतामा चिन्तित भई बस्नुभन्दा साहित्य रचना गर्नु बढी महत्त्वपूर्ण लाग्छ । यसोभन्दा म भाषिक अशुद्धताको पक्षपाती वा भाषिक शुद्धताको विरोधी भन्ने अर्थ नलागोस् ।
मलाई थाहा छ, मैले सकेसम्म नेपाली भाषा शुद्ध बोल्न सक्नुपर्छ र नेपाली भाषामा सकेसम्म शुद्ध लेख्न सक्नुपर्छ । तर नेपाली मेरो दोस्रो भाषा हो । त्यसैले नेपाली पहिलो भाषा भएकाहरूले झैं म ‘विशुद्ध’ बन्न सक्दिनँ । यसको पछाडि मेरा जातीय र मातृभाषीय स्वरूपका सदियौं पुराना संस्कार र वैशिष्ट्यहरू छन् जसलाई मैले उत्तिकै माया र सम्मान गर्नुपर्छ ।
कति जाति जनजातिका मातृभाषाका संस्कार र वैशिष्ट्यहरू अरू भाषामा कमजोरी बन्न पुग्छन् भन्ने कुरा मैले आफ्नो जीवनमा नेपाली भाषा सिक्न खोज्दा बुझेको छु । मेरो बाल्यकालीन गुरु कुलप्रसादजस्तालाई कहिले पनि बुझाउन सकिँदैन, नेवारका छोराछोरीले किन ‘त’ को ठाउँमा ‘ट’ उच्चारण गर्छन्, गुरुङका छोराछोरीले किन ‘अ’ को ठाउँमा ‘आ’ उच्चारण गर्छन् ।
म जन्मले नेपालीभाषी होइन कर्मले नेपाली भाषी हुँ । मजस्तो कर्मले नेपाली भाषीलाई नेपाली भाषामा अधिकार प्राप्त गर्न जन्मले नेपाली भाषीलाई भन्दा कम्तीमा दुई गुणा बढी मिहिनेत गर्नुपर्छ । यो कुरा नबुझेर वा बुझ्न नचाहेर कति अन्य राष्ट्रियभाषीहरू राष्ट्र भाषा भनिएको नेपाली बोल्दा वा लेख्दा खिसीट्युरीको सिकार बनिरहेकै छन् । यो स्थितिमा सुधार नआए मजस्तो नेपाली सिक्न र प्रयोग गर्न चाहने अरू जातिका मानिसहरूमा वितृष्णा उत्पन्न नहोला भन्न सकिन्न । नेपाली भाषा नेपाली मातृभाषा भएकाहरूको दम्भबाट मुक्त हुनु आवश्यक छ ।
दीपुरतिरको दमाई साथी थियो । उनीहरूसित म कहिले जयमूलमा पौडी खेल्न जान्थें, कहिले बाटोको वनमा कटुस टिपी खान्थें । कहिलेकाहीँ घरबाट पैसा चोरेर सिनेमा पनि हेर्न गइन्थ्यो । एकपल्ट साथीहरूसित मस्तीका साथ सिनेमा हेर्दे गर्दा मध्यान्तरमा बाले कान समातेर मलाई घरसम्मै दगुर्याउनुभएको थियो । म मकैबारीको बाटोभरि डाँको छोडेर रोएको थिएँ ।

प्रकाशित मिति: २०६९ चैत्र १० ०३:३३
(स्रोत: Kantipur)