झोला कसेर स्कुल लस्केकाहरु
नाम्लो कसेर मुग्लान खसेकाहरु
मुठ्ठी कसेर जंगल पसेकाहरु
खै कोही फर्केर आ छैनन्
चौतारो कुर्दैछ देउरालीमा
पात झारेर खुइलो भएको छ
ढुड्गा खुस्काएर थोते भएको छ
बिना पदचापका बाटा अघिल्तिर,
मान्छेहरु हिड्दैनन् आजकल
बाटाहरु पुरिएका छन्
मन् भासिएका पैह्रोमा।
बाड्गा टिड्गा खरीका धर्सा
कपु््री क नबनाइकनेै
हानिएका छन् भेरी, राप्ती तिर
राताम्य पानीहरु
कुनै बियां उमार्न सक्देैनन्
शुन्य गाउं
बांझो मृत्यु पल्टिरहेको छ
निस्पट्ट,लमतन्न।
Saurav Acharya ,
मणिपाल कलेज, पोखरा
Issue : 2006
(स्रोत :Pardesh.com)