हाउ कान्छा दाजु सेतो जोडी परेवा शान्तीको प्रतिक हो भने उही जातको जोडी ढुकुर चाँही के को प्रतिक हो नि लु भन्नु त “
पारी गाउँको भैरे माघे संङ्ग्रातीको बिहानै मकर नुहाएर म आउँदै हुँदा तल्लो घर फुपुको गोठ नजिकै मलाई सोध्यो ।
आफ्नै पारामा के के सोची रहेको बेला मैले केही भन्नु सकिन ।
केही बेर पछी ” होइन के पो भनिस हौ भैरे !,” मैले बिस्तारै भने
“बुद्धिमानी र बिद्धान मान्छेले एती पनि नजाएको सुहाएन है कान्छा दाई ” भैरे ले चर्किएर भन्यो
“लु आएन नि त ,भन त के हो ” मैले भैरेलाई अनुरोध गरे ।
भैरे खिस्स हाँस्दै बोल्यो ,” जोडी ढुकुर – प्रेमको प्रतिक हो दाजु !”
मैले यसो सोचे भैरे ले सही कुरा गर्यो । मेरो मनमा उस्को कुराले गहिरो छाप पार्यो । उस्को अगाडि मलाई लजित हुनु पटक्कै मन परेन । मैले पनि
केही शोध्ने बिचार गर्दै भने ,”हेर भैरे ! तँले भनेको कुरा मैले माने र तेरो प्रशन्को उत्तर मलाई आएन पनि । मसग पनि तेरो जस्तै प्रश्न छ सुन्छस ?”
भैरे उत्सुक हुँदै बोल्यो ,”सोध्नुहोस “
म उस्को नजिकै बसे र भने ” सेतो पदार्थले -शान्तीलाई जनाउछ , रातो पदार्थले – क्रान्तिलाई जनाउछ भने, कालो पदार्थले के लाई जनाउछ ?”
भैरे ले हतपत दाँया हात झोलामा हाल्यो र देखाउदै भन्यो “दाइ चाकु जनाउछ ,यी हेर्नुहोस् आज माघे सङ्क्राती कालो पदार्थले चाकु जनाउँछ । ”
म नबोली सुनी रहे भैरे मेरो उत्तर मिलाए भनेर होला निकै प्रफुल्ल भएर चाकु मुखमा हाल्दै एक खुट्टाले नाच्न थाल्यो ।
केही बेर नाँचेपछी मैले भने
“भैरे !कालो पदार्थले चाकु जनाउँदैन है, तँ उत्तर मिलाए भनेर मख्ख नपर नि “
एक टुक्रा चाकु मुखाँ हालेर भैरे बोल्यो,”अनी के त ?”
मैले उती नै बेला भने “कालो पदार्थ ले राजदरबार लाई जनाउँछ “
अन्तिम कुरा बुझेछ , भैरेले खाँदै गरेको चाकु फ्यात फाल्यो र कालो पदार्थ युक्क्त चाकुले भरिएको दाँत देखाउदै
खिस्स हाँसो मोरा त !