~रीता सिंह~
“यो के हो बुआ ?”
“बाख्राको गिदी l
बाख्राको गिदी! किन भूटेको त ?”
“खानुलाई l तिमी खान्छोऊ?”
“अ’ह खादिन l बाजेले भन्नु हुन्छ नानीहरुले खानु हुदैन रे l ”
नानीको कुरो सुनेर बुआ मनमनै सोच्दछन यी बुढा-पाखा कति चतुर है , एतरो मिठो गिदी आफै खानुलागी नानिलाई खानु हुन्न भन्छन l बुआ छोरों तिर हेर्दै भन्छन – “हो नानी , तर म भन्छु खानु हुन्छ ,नानिहरूले पनी l ”
“कसरी बुआ?”
“खाएर नानी , मैले अहिले पो बुझे नानिहरुलाई गिदी किन खानु नदिएको l ”
“किन बुआ?”
“नानी यो गिदी अत्यंत स्वादिलो हदों रहेछ , अंडा जस्तो l त्यस हुनाले पो बुढा -पाखा हरुले आफै खाने गरेका रहेछन l तर भने म त्यों भ्रम लाइ तोड़दछु आज l