~सुरेश प्रसाद अर्याल “कान्छो”~
भजने बा कुनै परिचयको मोहताज छैनन किनकि ऊनि आफैमा एक परिचय हुन, ऊन्लाई कुनै चिजको आवाश्यकता छैन किनकि ऊनि आफैमा एक पूर्णबिराम हुन,ऊन्लाई खाँचो हुन्छ त एक जोडि मजुरा अनि भजन कार्यक्रमको… । भजन कार्यक्रममा भजनेबालाई निम्तो नदिनु भनेको आफैले भैरव डाक्नु हो । प्रसाद कलामा भजनेबा को “गिनिस बुक आँफ वाँर्लड रेकोर्डमा” नाम आउन सक्छ यदि नेपाल सरकारले अलिकति पनि सहयोग गरे तर सबैलाई थाहै छ, सरकार सँग सहयोगको आश राख्नु भनेको भग्वान गणेशसँग मोटर साईकलको याचना गर्नु हो । तरपनि जे- जति भएतापनि भजनेबालाई हाम्रो वरिपि नचिन्ने जिवित मान्छे मईले त आजसम्म भेट्याछैन है! भजनेबाको त्यो चुच्चे नाकको सुघ्ने क्षमताको आफ्नै छुटै लिला र ईतिहास छ जसलाई म आगामि दिनहरुमा “भजनेबाको नाशिकलिला” रुपि शिर्षकमा प्रस्तुप गर्ने छु तरपनि अहिलेलाई यति बुज्नुस् कि ऊनि हावाको बेग र गँध को भरमा भन्दिन सक्छन कि कून गाँऊको कुन यजमानले ऊन्लाई निम्तो पठाएन र त्यो पाक्दै गरेको प्रशादमा के के कमी छ… ।
अब यि रनथन छाडेर म सिधै मूलकुरो तिर लागे है त! टन्टलापुर मध्यान्नमा भजनेबा बिर्खेको बुबासँग असिना-पसिना भई रन्केको देख्दा म तीनछक परे । कुरो के रहेछ भनि बुज्न खोज्दा त बिर्खेमाथि रिस सँगसगै हाँसोपनि उठेव । मामिला सेन्टिमेण्टलमात्र नभई दिलको पनि रहेछ । भन्छन, कुनै जमानामा भजनेबा र चुच्चि बुढियाको प्रेम जग जाहिर थियो रे । कुन्नि के कसो भएर चुच्चिबुढियाले मुखियासँग बिबाहा गरिछन रे । त्यो प्रेमसंतापले भन्छन भजनेबा राँची नपुगेतापनि काशी भने पुगेका हुन रे । तसर्थ आजसम्म कुनैले पनि चुच्चिबुढिया र भजनेबा लाई आमने सामने देखेको थिएन र मीखियाका पनि जे-जसो भएतापनि आज सम्म भजनको कार्यक्रम भाथितएन । तर अस्तिमात्र कलीयुगले लिला देखायो,मुखियाका भजन पनि थियो अनि भजनेबा पनि थिए । शायद अतितको यादमा अल्झिएछन कि त क्या भजनेबा,यस्तो पो भजन गाएछन-“रामजी अल्झिए सीताजीको तुनामा…..” अनि बिर्खे बदमाशले अर्कै दिन त्यस्को यस्तो पो रिमिक्स बनाएछ- “भजनेबा अल्झिए चुच्चि बुढियाको तुनामा,मुखियाले थेचारे भजनेबा लाई कुनामा…. । “अनि आफ्ना मण्डलीसहित गाँउभरि गाउदै हिडेछ । मैले जसोतसो गरेर भजनेबाको रिस शान्त पारे अनि ऊनिसँगै बाटो लागे । म आफैभित्र मस्किदै गाउदै थिए-“भजनेबा अल्झिए……….” ।