~कर्ण राजबंशी~
आज कता हो कता फेरी अंग्रेजी साहित्यको पहिलो एपिक कथा बिवुल्फ़ू पढ्न थालेछु । कथाको मुख्य पत्र ह्रोथगार राजा अनि फेरी उही बेवुल्फ़ को सेरोफेरो । मेरो आँखा अगाडी नै ति ह्रोथगारका जनता त्यो बिशाल भीमकाय अचम्ममको प्राणी ग्रेंड़ेलबाट त्रस्त देख्दछु । भयवित ति जनताहरु कसैको सहाराको पर्खाईमा देख्छु ।अन्तत्व गोत्वास् बेवुल्फ़ बडो बहादुरीका त्यो भिमकाय आदमखोर प्राणीको साथमा भिषण लडाई । अहो बडो बहादुरी ।
अचानक मेरो आँखाले के देख्नु पर्योरुरु मैले कसरि बिश्वाश गर्नुरु साचै हो त रुरु मेरो आँखा अघिको दृश्य मैले कसरि बिश्वास नगर्ने१ मा देख्दै छु त्यो भीमकाय ग्रेंड़ेल मरी राखेको छ । तेही राजा ह्रोथगारका जनता जो ग्रेंड़ेलबाट त्रस्त थिए तिनै जनता अहिले त्यो शरीर माथि चढेर तस्बिर लिएको देखेर कोहि कोहि खुट्टा ले हिर्कौदै गरेको तस्बिर लिदै थिए सायद सामाजिक संजालमा तस्विर राख्नका लागि होड चलेको हुनु पर्दछ १ कोहि कोहि भने त्यो प्राणीको लामो लामो जुगा उखेल्दै गरेको तस्विर लिए राखेको देखेर उता भने त्यो प्राणीसंगको भिषण लडाईबाट शरीर भरि चोट लगेर बिवुल्फ़ लडी राखेका थिएर त्यहाँ तस्विर लिनेको भिड ले त्यो प्राणी को पराजय आफुले गरेको भन्ने श्रेय लिन खोज्दै थिए । उनिहरुलाई बिवुल्फ़ मरी दिए हुन्थ्यो लागि रहेको थियो । त्यहि भएर त उनिहरु बिवुल्फ़ तिर वास्ता नै गरेन उसलाई मर्न दिए । बरु मरेको ग्रेंड़ेल को जुगा उखेले को तस्वीर लिन मै ब्यस्त भए ।
मैले सबै जम्मा भएकालाई बिवुल्फ़को पुरा कथा भन्न खोजे तर त्यो उन्माद भिड ले मेरो कुरा सुन्ने खोजेन । बरु मलाई बिवुल्फ़को सहयोगी भनेर लखेट्न खोजे । मैले पुरा कथा भन्ने पाईन । कथामा त ग्रेंड़ेलको आमाले भयङ्कर आगोको उल्का निकाल्दै आफ्नो छोरा को बदला लिन आउदै गरेको देखाएको छ । हरे अब फेरी त्यो ग्रेंड़ेल भन्ने प्राणीको आमा आएर यी जुगा उखेलेर तस्वीर लिने सबै को हत्या गर्ने छ । अनि फेरी बिवुल्फ़ नै आउनु पर्ने छ । अब फेरी बिवुल्फ़ उठ्नु पर्ने छ । छिट्टो उठ्नु पर्ने छ ।।
(स्रोत : Nepalitimes Australia )