~रामचन्द्र थापा~
भुँइचालोको कारणले
आयौ तिमी सुनामी
खासै तिम्रो दोष थिएन
प्राक्रितिक प्रकोपको
भयौ गूलामी
माछा खुलाऊँथ्यौ
पौडी खेलाऊँथ्यौ
ब्यापार गराऊँथ्यौ
पर्यटन क्षेत्रमा
शयर गराई
मन्त्रमुग्ध पार्थ्यौ
आज तिमीनै
दोषै दोषको
भुमरीमा पर्यौ
ती अनाथ अबोध
बस्तीहरूलाई
ऊजाड पारी
आँशू पिलायौ
सारा दुनियालाई
३ छक पार्यौ
न्युक्लियर प्लान्ट
बिष्फोटन गरायौ
दोस्रो विश्वयुद्दको
संझना गरायौ
तिम्रो भेलसँगै
आँशूको भेल बगायौ
तिमीले आफ्नो
करामत देखायौ
अब मनुष्य जगतले
तिम्रो सङ्गत
गर्नेकि नगर्ने ?
प्रश्न चिन्ह (?)
खडा गरायौ
-रामचन्द्र थापा, न्युयोर्क
MARCH 15, 2011
(स्रोत : DCNEPAL.com)