~सविना सिन्धु~
पूजा गर्न गयौ मन्दिर, रित्तै देख्छु थालीहरु
आस्था बोकी हर्ुर्की रहे, बेमौसमी बालीहरु
आँखाबाट वषर्ातको झरी टेकी रुझ्नु पर्ने
पाइलै पिच्छे किन बज्छन्, दुनियाँका तालीहरु
युग हाँक्ने हत्केलाले काँडाहरु छेक्न खोज्दा
हुरी आई उडे फूल, रित्तै रहे डालीहरु
ओठ खोल्दा बिष्फोटको ज्वाला पनि पड्कन्छ रे
चुप् लाग्छे सिन्धु सँधै चाहे गर गालीहरु
– सिन्धुली
(स्रोत: Suskera)