~महेशविक्रम शाह~
एउटा ठूलो अक्वारयिम। अक्वारयिमभित्र गोल्डफिससँगै हामी विभिन्न जातका माछाहरू पनि थियौँ। अक्वारयिमभित्रको न्यानो पानीमा हामीहरू आफ्ना पखेटा फिजाउँदै खेलिरहेका थियौँ। तर, गोल्डफिसको पखेटा फिँजाइ, जीउको ओर्काइफर्काइ र पुल्टुङबाजीमा विशेष आकर्षण थियो। सबैभन्दा विशिष्ट आकर्षण उसको सुनौलो रंगमा थियो। हामीहरूभन्दा आकर्षक गोल्डफिसको शरीर जति सुन्दर थियो, शारीरकि रूपमा ऊ त्यति नै कमजोर थियो। रेडिमेड कपडाका पसलमा नयाँ लुगा लगाएर ठड्याइएका सो-केसका मोडल र बैठक कोठाको गमलामा सजाइएका प्लास्टिकका फूलहरूझैँ शोभायमान थियो अक्वारयिमभित्रको गोल्डफिस। तर, किन हो किन गोल्डफिसलाई देख्दा घीन लाग्न थाल्यो मलाई। उसको शरीरबाट निःसृत हुने रसायनले मेरो मन दिगमिग हुनथाल्यो। उसको सुनौलो शरीर हेर्दा मलाई लाग्यो, ऊ मानौँ, गेरुवा वस्त्रधारी त्यस्तो भिक्षु हो, जसले विवाह गरेर पनि ब्रह्मचार्य धर्मको पालना गररिहेको छ। मलाई अक्वारयिमभित्र गोल्डफिसको सहयात्री भएर बस्नु कष्टकर लाग्न थाल्यो। उसको छायाले मात्र पनि म तर्सिन थालेँ। म उसबाट झन्झन् विकषिर्त हुन थालेँ। अन्ततः मैले आफूलाई अक्वारयिमको पानीबाट गोल्डफिसको ऊर्जाहीन बन्धनबाट मुक्त हुने निर्णय गरेँ।
मि नदीमा हेलिन आइपुगेँ। नदीको फैलावट, नदीको गहिराइ, नदीको गति र नदीको तीव्र प्रवेगको अनुभूतिले म अवाक् बनेँ। अक्वारयिमभित्र जमेर रहेको पानीमा मेरा लागि यी अनुभूतिहरू दुर्लभ सपनाझैँ थिएँ। नदी मेरो साथमा थियो। उसको अँगालोभित्र म थिएँ। नदीको ऊर्जायुक्त, कञ्चन, प्रेमपरक, भावपूर्ण र स्नेहयुक्त अँगालोमा म अक्वारयिमभित्रका दुःख र पीडालाई पखाल्न चाहन्थेँ। नदी बुझक्कड थियो। ऊ मलाई सुम्सुम्याइरहेको थियो। ऊ मलाई आफ्नो मायाले सर्वांग सिञ्चन गररिहेको थियो। म उसको प्रेममा भिजिरहेकी थिएँ। यो भिजाइ एक फुर्तिलो, रापिलो भिजाइ, एक गर्विलो, तापिलो भिजाइ ! नदी, मेरो अंगप्रत्यंगमा बसिसकेको थियो। नदीको वेगले मलाई बगाउँदै थियो वा नदीको वेगलाई ग्वाम्म अँगालो हालेर म आफैँ बगिरहेकी थिएँ ! म कसरी छुट्याउ“m यस फरकलाई? साँच्चै भनूँ भने मलाई त स्वयं नदी सम्पूर्ण रूपमा मभित्र प्रवेश गरेझैँ लागिरहेको थियो। नदीको प्रचण्ड लहरमा म हेलिएकी थिएँ। अक्वारयिमभित्र कुँजिएका मेरा पखेटाहरू फड्फडाउँदै नदीको लहरमा उन्मुक्त भएर उर्लेका थिए। म साँच्चै नदीको सतहबाट बाफ बनेर आकाश छुन चाहन्थेँ र फेर िबादल बनेर वषिर्ंदै नदीमा मायाको बाढी उराल्न चाहन्थँे। भलै म कैयौँ वर्षसम्म अक्वारयिमभित्र सुषुप्त अवस्थामा रहेकी एक कमजोर जीव नै किन न हुँ तर मेरा सपनाहरू ब्रगेल्ती थिए। मैले सक्ने भए पहिले नै अक्वारयिमको काँचको भित्ता फोडेर बाहिर निस्किसकेकी हुन्थँे। गोल्डफिसको वैरागी रंगले ममा वैराग्य उत्पन्न गररिहेको थियो। म आफू गोल्डफिस हुन चाहँदिन थिएँ। मलाई डर लागिरहेको थियो कि कहीँ म पनि गेरुवा वस्त्रधारी गोल्डफिस नभई जाउ“m। गोल्डफिसको छायाबाट म सकभर छिटो भाग्न चाहन्थँे। अक्वारयिमभित्रको अत्यासलाग्दो वातावरण मेरा लागि श्मसानघाट जत्तिकै दुर्गन्धित र विषादपूर्ण थियो। म पक्षी भएर निरुद्देश्य आकाशमा उड्न चाहन्थेँ। म ब्रेकफेल भएको गाडीझैँ बिनाअवरोध सडकमा गुड्न चाहन्थेँ। म खोला बनेर आफँैसँग माटो, बालुवा, रूखबिरुवा सबै समेटेर उन्मुक्त भएर गडगडाउँदै बग्न चाहन्थेँ। ममा किन यी अराजक भावनाहरू आउँथे? म भन्न सक्दिनँ। तर, म आफैँ महसुस गर्न सक्थेँ कि वास्तवमा मेरो मनले के चाहन्थ्यो? उन्मुक्ति ! हो, एक उन्मुक्त उन्मुक्ति !
अिचानक नदी आपmनो प्रचण्ड वेगसहित मेरो जीवनमा आयो र मैले सोचेँ, अब मेरो उन्मुक्ति सम्भव भयो। हुन त अक्वारयिमभित्र गोल्डफिससँग बिताएका धेरै वर्षहरूमध्ये सुरुका वर्षहरू सुखद नभएका होइनन्। हामी दुवै जना अक्वारयिमभित्र पहिलोपटक ल्याइएका थियाँै। म र ऊ दुवै अलगअलग ठाउँबाट आएका थियौँ। म सेती थिएँ, ऊ सुनौलो थियो। मैले पहिलोपटक सुनौलो माछा देखेकी थिएँ। ऊसँगको पहिलो हेराइमा नै ऊ मेरो आँखामा बसेको थियो। अहा ! कति सुन्दर थियो ऊ। सधँै आँखामा राखूँजस्तो, सधँै मुटुमा बसाउँजस्तो। म उसलाई हेरीहेरी थाक्दिनथँे। उसको शान्त मुद्रा र सुललित चालले मलाई मोहनी लगाइरहेको थियो। म उसका हरेक गतिविधिमा हदैसम्म लट्ठिरहेकी हुन्थेँ। मान्छेहरू अक्वारयिमको नजिक आएर हामीलाई उत्सुक आँखाले नियालिरहन्थे। सायद तिनीहरू हामीहरूझैँ माछा बनेर पानीभित्र हेलिने सपना देख्दा हुन्। मजस्तै तिनीहरू पनि उसको सुनौलो सिँदुरी शरीरलाई देखेर मोहित हुँदा हुन्। ऊ जता फर्किन्थ्यो, तिनका आँखाहरू पनि त्यतै फर्किन्थे। ऊ पखेटा हल्लाउँदै जता जान्थ्यो, तिनका आँखा पनि त्यतै जान्थे। उसको सुदर्शन शरीरप्रतिको सम्मोहनले मलाई झन् मक्ख बनाउँथ्यो। उसका नरमनरम पखेटाहरूको ओर्काइफर्काइले मेरो हृदयमा विद्युतीय झट्का दिन्थ्यो। उसको शरीरमा टाँसिएका पत्रपत्र सुनौला कत्लाहरूले मेरो जीउमा एकतमासको कुतकुती पैदा गर्थे। उसको मुखपछाडि रहेका गिल्सहरू देखेर म झन् रोमाञ्चित हुन्थँे। ऊ विस्तारै आफ्ना गिल्सहरू फुलाउने र खुम्च्याउने गथ्र्यो। म उसको अगाडि-पछाडि फर्याकफुरुक गर्दै आपmनो लयमा गतिमय हुन आइपुग्थे। मलाई देखेपछि उसका ओठहरूमा स्मित मुस्कान छरन्िथ्यो। म उसको मोहक मुस्कान देखेर कायल हुन्थे।
जीवन सधैँ सोचेजस्तो हुँदो रहेनछ। ऊसँगको सान्निध्यबाट मैले थाहा पाएँ कि उसको सुनौलो शरीरझैँ उसको मन सुनौलो रहेनछ। ऊ अक्वारयिमभित्रको एक ‘सो-पिस’ मात्र थियो। उसको मनमा कुनै रहरहरू थिएनन्, कुनै उमंगहरू थिएनन्। ऊ एक ऊर्जाविहीन माछो थियो। ऊ तृष्णारहित थियो, भावनारहित थियो। सुनौलो रंगले पोतिएको एक खटारा गाडीझैँ थियो ऊ। जसभित्रका पाटपुर्जाहरू सबै मक्किसकेका थिए, थोत्रिसकेका थिए, गलिसकेका थिए। अक्वारयिमभित्र म निस्सासिइरहेकी थिएँ। गोल्डफिसलाई अक्वारयिमभित्र छोडेर एकदिन म अक्वारयिमबाट फुत्त फुत्केर बाहिर निस्केँ र नदीमा हेलिएँ।
गोल्डफिसलाई अक्वारयिमभित्र ‘सो-पिस’ बनाएर म नदीका छालहरूसँगै हेलिन आएकामा नदी दंगदास थियो। ऊ आफ्ना लहरहरूले अक्वारयिमभित्र बस्दा-बस्दा कुँजिएको मेरो जीउका नसाहरू तन्काइरहेको थियो। म आफ्नो चाहना अनुसार नदीका लहरहरूसँगै पर-पर किनारासम्म फैलिरहेकी थिएँ। कसैले चारैतिरबाट मलाई तानिरहेको थियो र म रबरको डोरीझैँ तन्किरहेकी थिएँ। यो अचम्मको फैलावट र शरीर झङ्कृत हुनेे तन्काहटमा सितारका तारहरू तानेर छेडेको सुमधुर टंकनको मीठो अनुभूति व्याप्त थियो। नदीको लहरमा लहरँिदै मैले नदीको गहिराइ अनुभूत गरेँ। नदीले मलाई ढुंगाका कापकापहरूभित्र पसेर लुकामारी खेल्ने कला सिकायो। नदीले मेरो जीवनको परभिाषा नै बदलिदियो। मेरो मनभित्र चिहान बनेका रहरहरू जुर्मुराउँदै उठे। चिन्ताको चितामा भष्म भएका मेरा उमंगहरू हनहनिँदै टुसाए। अक्वारयिमभित्रको एकलास परविेशमा कुँजो बनी लत्रेका मेरा खुसीका पंखहरू फडफडाउँदै अकासिए। मेरो जीवन उमंग र ऊर्जाको विम्ब बन्यो र ती विम्बहरूमा मेरा सपनाहरू सदृश्य भए। नदी मेरो सपनाको मात्र नभई मेरो जीवनको एक प्रतीक बन्न पुग्यो।
मलाई थाहा थिएन, म यो के गररिहेकी थिएँ। अथवा थाहा भएर पनि थाहा पाउन खोजिरहेकी थिइनँ ! एक चिसो गुफाजस्तो अक्वारयिम र त्यसभित्र तैररिहने गोल्डफिससँग मेरो लगभग मोहभंग भइसकेको थियो। मेरा लागि अक्वारयिम, त्यसभित्रको सानो संसार र गोल्डफिसको अस्तित्व मूर्दाघरमा राखिएको सेतो कपडामा बेरएिको निर्जीव मूर्दाभन्दा भिन्न थिएन। म जे गररिहेकी थिएँ, ठीकै गररिहेकी थिएँ। मेरो मनले जे चाहिरहेको थियो, म त्यही त गररिहेकी थिएँ। अरू कसैको चाहनासँग मलाई कुनै सरोकार थिएन। साँच्चै भनूँ भने मेरा रहरहरू असीमित थिए। म नदीको सहाराले महासागरमा विलीन हुन चाहन्थेँ।
अक्वारियमभित्रभित्र गोल्डफिस थियो र म अक्वारयिमबाहिर नदीसँग थिएँ।
नदीले मलाई आफ्नो अँगालोमा लिएर चुमिरहेको थियो। उसका शीतल ओठहरू पीपलको बोटका पातहरू हल्लाउँदै चलेको सिरसिरे बतासभन्दा पनि शीतल थिए। उसको शरीरको शीतलताले मेरो शरीरको अग्निज्वालालाई शान्त पाररिहेको थियो। नदीले मलाई गोल्डफिसको क्षतिपूर्ति गराइरहेको थियो।
“गोल्डफिस के गररिहेको होला?” मेरो मन जिज्ञासु बन्यो।
“अक्वारयिमभित्रबाट आफ्नो सुनौलो शरीरको प्रदर्शन गर्दै डुबुल्की माररिहेको होला !”
मेरो मनले आफ्नो जिज्ञासाको जवाफ आफँै खोज्यो। किनकिन गोल्डफिसलाई सम्झेर मलाई खित्का छोडेर हाँस्न मन लाग्यो। म मन खोलेर हाँसे ! नदीका छालहरू उर्ले र किनारतिर बढे।
“तिमी किन हाँस्यौ?” नदी बोल्यो।
मैले भनेँ, “गोल्डफिसको याद आयो।”
“कसैको सम्झनाले त उदास बनाउँछ, आँखामा आँसु आउँछ,” ऊ बोल्यो।
“हो नदी, जब म यहाँबाट र्फकेर अक्वारयिममा जान्छु, तब म तिम्रो याद गर्छु र उदास हुन्छु। प्रायः हरेक रात आँखाबाट आँसु छचल्किन्छ,” म बोलँे।
“तर, गोल्डफिसलाई सम्भ“mदा मेरा मुखबाट खित्का छुट्न थाल्छन्।”
म पेट मिचिमिची हाँस्न थालँे। नदी पनि जोडजोडले हाँस्न थाल्यो। उसको हाँसोले नदीमा लहरहरू उर्ले। बाढी आउलाझैँ भयो।
“तिम्रो कुरा सुनेपछि मलाई पनि गोल्डफिसलाई हेर्ने इच्छा लाग्न थाल्यो,” नदीले मेरा पखेटाहरू चलाउँदै भन्यो।
“साँच्चै हो?” मैले कर्के नजरले हेर्दै भनेँ।
“हो ! अब आउँदा गोल्डफिसलाई पनि सँगै लिएर आउनू,” नदी बोल्यो।
“के भनेको तिमीले? अक्वारयिमबाहिर त ऊ बाँच्दै बाँच्दैन,” मैले आश्चर्य मान्दै उसलाई भनेँ।
“नदीमा डुबुल्की मार्न पाएपछि गोल्डफिस पनि बाँच्छ। यहाँ तिमी मात्र होइन, अन्य विभिन्न अक्वारयिमबाट पनि झुन्डका झुन्ड माछाहरू आउँछन् र पौडी खेलेर रमाउँछन्। नपत्याए हेर,” यति भन्दै नदीले मलाई समात्यो र गहिराइतिर लग्यो। म आश्चर्यचकित भएँ। नदीको गहिराइमा विभिन्न थरीका माछाहरू झुन्ड बनाएर खेलिरहेका थिए। म ईष्र्या र डाहले कुँढिए। कसैले एक्कासि मेरा पखेटा काटिदिएझँै लाग्यो मलाई ! म अन्धीजस्ती भएँ। मैले माछाका झुन्डहरू देख्न छोडेँ। नदीले मलाई सतहमा लिएर आयो।
मैले भनेँ, “अब म जान्छु।”
नदी केही बोलेन। उसलाई विश्वास थियो, म फेर िभोलि नदीमा हेलिन आइपुग्नेछु।
म नदीसँग छुट्टएिँ। म आज, हिजो, अस्तिझँै प्रफुल्लित थिइनँ। मेरा खुसी र उमंगहरू मसँग बाझाबाझ गररिहेका थिए। म बोझिल मनले अक्वारयिमभित्र पसेँ।
आज किन हो किन गोल्डफिसप्रति मेरा आँखामा मायाको मुना टुसाएको थियो। मैले चारैतिर हेरँे। आश्चर्य ! अक्वारयिमभित्र गोल्डफिस थिएन। मैले घुमीघुमी हेरेँ, फर्कीफर्की हेरेँ, माथि हेरेँ, तल हेरेँ, ढुंगाका कापमा हेरेँ, बिरुवाहरूको बीचमा हेरेँ। गोल्डफिस कतै थिएन।
“कहाँ गयौ गोल्डफिस?” म चिच्याएँ।
मेरो चिच्याहट अक्वारयिमको पानीभित्र दबेर रह्यो। म किनकिन आफूलाई असह्य र असुरक्षित महसुस गर्न थालेँ।
अचानक अक्वारयिमको काँचको पर्दामा मेरा आँखा ठोक्किए। मैले आफूलाई हेरेँ। आश्चर्य ! मेरो सेतो शरीर सुनौलो रंगमा परविर्तित भइरहेको थियो। मैले हेर्दाहेदै केही समयभित्र मेरो सम्पूर्ण शरीर सुनौलो भइसकेको थियो।
म आफैँ गोल्डफिस बनिसकेकी थिएँ ।
(स्रोत: Nepal)