~बिजु सुवेदी विजय’~
कुरो २० वर्ष अगाडिको हो । विनोदको बुबा र उनीहरुको बुबाको धेरै ठूलो झगडा भएको थियो । त्यसैले विनोदको परिवार र उनीहरुको परिवार बीच बोलचाल बन्द थियो । उनीहरुको घर र विनोदको घर आमुत्रे–सामुत्रे थियो । बीचमा व्यस्त मोटरहरु कुद्ने बाटो थियो । अझ झन् उनीहरुको कोठा र विनोदको कोठा आमुत्रे–सामुत्रे थियो । झ्यालको वारपार सधैं उनीहरुको आँखा जुधाजुध हुन्थ्यो । उनीहरु दुइटी दिदी–बहिनी थिए । विनोद एक्लो छोरो थियो । ती दुइटा परिवारको शत्रुताको झलक विनोद र तिनीहरुमा झल्किँदैनथ्यो ।
परिवारको आँखा छली–छली उनीहरुको प्रेम टुसाएको थियो । उनीहरु बिहान कलेज जान्थे , ड्युटीगर्न १० देखि ५ बजेसम्म आफ्नो ब्याग पसलमा पनि जान्थे । विनोद पनि बिहान कलेज जान्थ्यो । विनोदको पनि रेडिमेड लुगाको पसल थियो । ऊ पनि त्यहाँ १० बजेदेखि ५ बजेसम्मै जान्थ्यो । उनीहरुको ब्याग पसल न्यूरोडको वल्लो पट्टी थियो भने विनोद बस्ने पसल पल्लो पट्टी थियो । कहिले उनीहरुले विनोदको पसलबाट पैसा भएरै पनि कुर्ता सुरुवाल उधारोमा लान्थे । अनि भेट्ने निहुँमा बिस्तारै विस्तारे उधारो चुक्ता गर्थे । कहिले विनोदले पनि उनीहरुको पसलबाट पैसा भएरै पनि ब्यागहरु उधारोमा ल्याउँथ्यो । अनि विस्तारै–विस्तारै उधारो चुक्ता गथ्र्यो केवल सधै भेटेर मुस्कुराएर हेर्ने निहुँमै । बीचमा आवारा सडकमा रोमाण्टिक गानाहरु बज्थे । उनीहरुको त्यहाँ पनि हेराहेर हुन्थ्यो । आवारा सडकको गानासँगै उनीहरु हाँसी हाँसी हेराहेर गरिरहन्थे ।
उनीहरुको उमेर दिदीको १९ थियो बहिनीको १७ । विनोदको उमेर २० को थियो । घरमा पनि उस्तै हालत थियो । विनोदको सधैं दैनिक जस्तो अफिस टाइम र कलेज टाइम बाहेकको समयमा झ्यालबाट उनीहरुसँग हेराहेर हुन्थ्यो । शनिवारको दिन र विदाका दिनहरुमा तथा सुत्ने समय बाहेक अरुसबै समय हेराहेर हुन्थ्यो । सुत्ने समयमा पनि उनीहरुले ट्युबलाइट बाल्दा निस्तब्ध रातमा उज्यालो प्रकाशले ऊ ब्युँझन्थ्यो । अनि उसले पनि आफ्नो कोठाको ट्युबलाइट बाल्थ्यो । कहिल्यै विनोदले ट्युबलाइट बाल्थ्यो उनीहरुले ट्युबलाइट बालेर प्रत्युत्तर दिन्थे । कहिल्यै उनीहरुले ट्युबलाइट बाल्थे विनोदले ट्युबलाइट बालेर प्रत्युत्तर दिन्थ्यो । दिउँसोको समय बाहिर आवारा सडकमा रोमाण्टिक गानाहरु घन्किएको सुनिन्थ्यो । उनीहरु विनोदभन्दा टाढा भएपनि दिउँसोको समयमा आवारा सडकमा घन्किएका रोमाण्टिक गानाको सूरमा र मच्चिएर विनोदलाई उनीहरु दायाँ–बायाँ बसेको भान हुन्थ्यो ।
मलाई लाग्थ्यो विनोदलाई दुइटी मध्ये एउटीलाई छात्र मुस्किल भएको थियो । उसलाई एउटी करिश्माझैं लाग्थ्यो । अर्की करिना झैं लाग्थ्यो । विनोदलाई भने ऊ आपूm गोविन्दाझैं लाग्थ्यो । उनीहरु पनि सधैं हिरोनी जस्तै खूब सजिसजाउ गर्थे । ऊ पनि हायण्डसम हुने हिरो हुने सबै उपाय अपनाउँथ्यो । यसरी उनीहरु सुन्दरी बनेर सजिसजाउले झकिझकाउ बनेर बस्दथे । ऊ सुन्दर बनेर बस्दथ्यो । उनीहरुले उसलाई हेरेर हाँसिरहन्थे । ऊ पनि दैनिक आँखा जुधाजुध हुँदा उनीहरुलाई हेरेर हाँसिरहन्थ्यो । यसरी १ वर्ष वित्यो २ वर्ष वित्यो उनीहरुले धेरै केटाहरुको प्रेमप्रस्ताब लत्याइदिए । मलार्ई लाग्थ्यो उनीहरुले यीसब उसैका लागि गरेका हुन् । उसले पनि केटीहरुका कैयौं प्रस्तावहरु लत्याइदिए केवल उनीहरुकै लागि । उसलाई उनीहरुको मनको कुरा त थाहा थिएन । तर उसलाई लाग्थ्यो उनीहरु मध्ये एकले उसलाई प्रेम प्रस्ताव राख्नेछिन् ।
सायद उनीहरुलाई पनि उनीहरु मध्ये एकलाई उसले प्रस्ताब राख्छ भत्रे लाग्दो हो भत्रे उसले सोच्थ्यो । त्यसैले पनि प्रस्ताव नआएको हो भत्रे लाग्थ्यो उसलाई । यसले केटाको बीचमा दुइटी केटी भएको फोटो कलेक्शन गर्न थाल्यो । त्यसैले पनि मैले उनीहरुको प्रेम परेको हो भनेर अड्कल काटेको हो । त्यस्ता फोटोहरु जताततै किताबहरुमा लुकाएर राख्न थाल्यो । जब आवारा सडकमा रोमाण्टिक गानाहरु घन्किन थाल्छन् उसले ती फोटोहरु हेथ्र्यो । उनीहरुसँग आँखा जुधाजुध गथ्र्यो । फोटोहरुमा ऊ र उनीहरु पाउँथ्यो । उसको दाया–बायाँ उनीहरुनै देख्थ्यो । हुँदा हुँदा ३ वर्ष वित्यो , ४ वर्ष वित्यो । ऊ पनि कहाँ कम छ र । उसले पनि प्रस्ताबै राखिन । उसलाई लाग्छ उसमा केही कमजोरी छ । त्यसैले उनीहरु मध्ये एकले पंनि प्रस्ताब राखेन त्यसैले ऊ कसरी ह्याण्डसम बत्रे भत्रे पुस्तकलाई अनुसरण गर्दै गइरहेको थियो ।
तर बिचरा विनोदले , प्रस्ताब आउने आशा धेरै–धेरै गरेको थियो । कहिल्यै प्रस्ताबै आएन । क्याम्पसको किताब पढ्दा पनि । किताबका अक्षरहरु सबै उनीहरुकै नाम भएर आउँथ्यो । विस्तारै विस्तारै उनीहरुको नामको अक्षरले उनीहरुकै शारीरिक वनावटको रुप लिन्थ्यो । टिचरले पढाएको पनि आवारा सडकको रोमाण्टिक गाना घन्किएझैं लाग्थ्यो । अनि उनीहरु दुइटीनै उसको दायाँ–बायाँ बस्न आउँथे । उसको अगाडि उनीहरु तीनजनाको फिल्म नाच्थ्यो । पूर्णिमाको रातमा त उसले उनीहरु दुइटीलाई अती सम्झिएकोले गर्दा दुइटा जून उदाएको देख्थ्यो । उसलाई लाग्थ्यो उनीहरुलाई पनि उसलाई जस्तै जे पढे पनि , जहाँ गए पनि उसकै फिल्म नाच्दो हो । उसलार्ई लाग्थ्यो उनीहरु यसरी कसरी बस्न सकेका ? उसलाई जस्तै उनीहरुलाई पनि गाह्रो भइसक्यो होला । तर बिचरा ऊ ! तिनीहरुबाट प्रेम प्रस्ताब कहिल्यै आएन । उसले पनि प्रेम प्रस्ताब राख्ने बारे नसोचेको त कहाँ हो र ? दुइटी मध्ये एउटीलाई छात्रु मुस्किलको कुरो थियो । यो के भएको उसले बुझ्नै सकेन । उसको प्रेम कहिल्यै सफल भएन ।
एक्कासी उसको बुबाले ऊ बसेको घर बेच्नु भयो । पसल पनि बेच्नु भयो अनि विनोदलाई एउटा अफिसमा काममा लगाइदिनु भयो । शनिवारको दिन थियो । विनोदले ट्रकमा घरका सबै सामानहरु राखेर त्यो ठाउँबाट बिदा भएर जान लाग्दै थियों । उनीहरु दुइटीले वार्दलीबाट उसलाई हेरेर आँसु चुहाइरहेका थिए । टोलका मानिसहरु भने शत्रु भएर आमुत्रे सामुत्रे बस्न नपर्नुनै राम्रो भन्दै खुशी मानिरहेका थिए । उसले पनि आँखाको धारा रोक्नै सकेन । उसलाई छात्ती गहुँगो भएर आयो । मुटु पोल्न थाल्यो । आजसम्म यस्तो ठूलो पीडा उसले झेलेकै थिएन । नाम जस्तैको हँसिला विनोद आज उदास छ । बाहिर आवारा सडकमा “थाहै थिएन दिल आगो विनानै जल्दो रहेछ ” भत्रे गाना घन्किरहेको थियो । म विनोदको मिल्ने साथी भएकोले अक्सर विनोदलाई भेट्न गइरहन्थेँ । तर त्योबेला देखि भने विनोदको अनुहारमा कहिल्यै विनोद झल्किएन । सधैं उदास–उदास हुन्थ्यो ऊ । त्यसैले उसको बुबाले उसलाई मानसिक उपचार गराउन लानु भयो ।
मानसिक अस्पतालमा एउटा रोजी भत्रे केटीसँग पागल भएको केटा ल्याइएको थियो । त्यो केटालाई डक्टरले रोजीको नाम लिएर फकाउँदै तिमीले इन्जेक्सन लिएनौ भने रोजी तिमीलाई भेट्न आउँदिनन् , तिमीले दवाइ खाइनौ भने रोजीले तिमीलाई माया गर्दिनन् भनेर फकाइरहेका थिए । मैले पनि विनोदसँगै उपचार गराउन जाँदा यीसब देखेको थिएँ त्यसैले विनोदले डक्टरले लाखौं पटक उदासी हुनुको कारण सोध्दा पनि विनोदले ती दुइटी केटीको बारेमा बताएन ।
उसको टाऊको मा बिजुलीको झट्का दिइन्थ्यो ताकि उसको उदासी हटोस् भनेर । १० वर्ष वितिसक्यो आजसम्म उसलाई यातनामय उपचार दिइरहेको छ । विनोदको बुबाले पनि उसको त्यो उदासीपन मेटाउने अनेकौं उपायहरु अपनायो । विनोद भने उनीहरुलाई भेट्न पाएको छैन भनेर उदास छ । अत्यन्तै मानसिक यातना दिइएकोले गर्दा विनोदले कल्पनामा , सपनामा पनि उनीहरुलाई हेर्न पाएको छैन । एक किसिमको अब त झनै उकुसमुकुस छ उसमा ।
आज उनीहरुको घटना भएको २१ वर्षभैसक्यो । विनोदले एउटा महाकाव्य विमोचनको लागि आज मलाई बोलाएको छ । महाकाव्यको नाम “प्रेम” रहेछ । त्यो उसले १महीनामै तयार पारेको रहेछ । त्यो महाकाव्य मैले घरमा लगेर पढेँ । त्यो छन्दमा लेखिएको थियो । त्यसमा सबै उनीहरु दुइटीकै बारेमा परेको प्रेमको वारेका लेखिएको थियो । त्यो कुरा उसको अन्तरङ्ग मित्र भएकोले उसले नभने पनि मलाई मात्र थाहा छ । मैले पनि यो उसको शुद्ध प्रेम अरुलाई वताउन तथा सार्वजनिक गर्न उचित ठानिन । माया भनेको अजबको हुँदो रहेछ । त्यत्रो मानसिक यातना दिइएर उसको याद मेटाइदिँदा पनि छन्दको छाल बनेर , महाकाव्य बनेर आइदिँदो रहेछ भने उसको त्यो बेलाको त्यो प्रेम कति शुद्ध थियो कति आकाशभन्दा बृहद थियो त्यो मैले अहिले बुझेँ ।
विनोदको प्रेमलाई मेरो लाखौं लाख सलाम छ ।