कथा : भत्किएको सपना

~जुनु क्षेत्री~

म हतारहतार विद्यालय पुग्छु । कक्षा सुरु भइसकेको हुन्छ । हाजिर गर्नलाग्दा लेखापाल सरले हठात् अङ्कति सरको नाममा मैले हाजिर गरेको देखाउँदै मलाई जिस्क्याउनुहुन्छ । म झसङ्ग हुन्छु । मैले त आफ्नै नाममा हाजिर गरेकी हुँ । मेरो नाम अङ्कतिा थापा र उहाँको अङ्कति थापा एउटै खालको नाम भएकोले झुक्किएर मैले अङ्कति सरको नाममा पो हाजिर गरिदिएकी रहेँछु । अङ्कति सरको र मेरो हाजिरको विषयलाई लिएर बेलाबेलामा अन्य सर र मिस-म्याडमले पनि मलाई जिस्क्याउनुहुन्छ । अनजानमा भएको सानो भूलको कारण म अरूको जिस्क्याउने पात्र भएकी हुँदा मलाई भित्रैदेखि असजिलो महसुस हुन्छ । अङ्कति सर हाम्रो विद्यालयको नयाँ सर हुनुहुन्छ ।

उहाँको गम्भीर व्यक्तित्व ज्यादै आकर्ष छ । अङ्कति सर र मेरो बोलचाल पनि हाजिरकै विषयबाट सुरु हुन्छ । उहाँ क्याम्पसमा पढाउने र हाम्रो विद्यालयको आँशिक शिक्षक मात्र भएकोले सामान्य बोलचालबाहेक गहिरो घुलमिल भने भएको हुँदैन । विद्यालयको वाषिर्कोत्सवको दिन हामी सबै शिक्षक शिक्षिका समयमै आइसकेका हुन्छौँ । अङ्कति सर आइपुग्नुभएको हुन्न । विद्यार्थीहरूले पनि अङ्कति सरले ढिलो गर्नुभएकोमा गुनासो गर्छन् । नबुझिँदो गरी मेरो मन भारी हुन्छ । मलाई पनि अङ्कति सर छिट्टै आउनुभए हुन्थ्यो जस्तो लाग्छ । घरिघरि मूलढोकातिरै आँखा जान्छन् । मलाई झन् आर्श्चर्य लाग्छ, किन यस्तो हुन्छ । नभन्दै अङ्कति सर टुप्लुक्क आइपुग्नुहुन्छ । मेरो मन फुरुङ्ग हुन्छ । वाषिर्कोत्सवको विभिन्न कार्यक्रममा हामी व्यस्त हुन्छौं । अङ्कति सर मेरो नजिक आएर मैले संयोजन गरेको कार्यक्रम सर्वोत्कृष्ट भएकोमा प्रशंसा गर्दै मलाई बधाई दिनुहुन्छ । मसँगै बसेर खाजा पनि खानुहुन्छ र सँगै तस्बिर पनि खिचाउनुहुन्छ । उहाँको नम्र बोली, मन्द हाँसो, सौहार्द स्वभाव मलाई असाध्यै आकर्ष लाग्छ । म त्यसैत्यसै फुर्फुरिन्छु । कार्यक्रम सकिएपछि म घर पुग्छु । त्यसरात सपनामा पनि म अङ्कति सरलाई नै देख्छु । मेरो मनमस्तिष्कभरि अङ्कति सरको आकृति घुमिरहन्छ । मेरो अङ्कति सरप्रतिको आकर्षा देखेर होला एकदिन रीनाम्याडमले अचानक अङ्कति सरको बिहे भइसकेको कुरा सुनाउनुहुन्छ । म छाँगाबाट खसेजस्तै हुन्छु । सपनाबाट ब्युँझेजस्तो अनुभूति हुन्छ मलाई । सायद मेरो मौन प्रेमभावलाई बुझेर अङ्कति सरले उहाँको बिहे भइसकेको फिजाएको हो कि – बिहे भएको पनि सात वर्षभइसकेको रहेछ तर सन्तान भने म्याडमको कारणले नहुने भएको रहेछ । मेरो मन एकतमास हुन्छ । चारैतिर अँध्यारो भएजस्तो लाग्छ । जीवनमा पहिलोचोटि देखेको एउटा मीठो सपना वा गरेको एउटा मीठो कल्पना भताभुङ्ग हुन्छ । अब छिटोछिटो विद्यालय पुग्ने इच्छा पनि मर्नथाल्छ । जीवनमा एकप्रकारको उदासीपन छाउँछ तर पनि हाँस्ने प्रयास गर्दै म विद्यालय जान्छु । आज अनायसै मेरो हातबाट क्यानभासमा एउटा चित्र उत्रिन्छ उही सेतो र्सट, खैरो पाइन्ट, कालो जुत्ता खल्तीमा टलक्क टल्किने कलम, आँखामा चस्मा, हँसिलो मुहार, गम्भीर स्वभावको आकर्ष व्यक्तित्वको तस्बिर । अनि टाढा कुनामा तस्बिर हेरेर तप्पतप्प आँसु खसालिरहेकी एउटी कलकलाउँदी केटीको उदास चित्र !

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.