~टीका खरेल सुवेदी~
दिन त्यसै–त्यसै धुम्मिएको छ । घामको मुख नदेखेको पनि चार–पाँच दिन भैसक्यो । निःसार हुस्सु चारैतिर मडारिरहेको छ । चराचुरुङ्गीहरु कुहिरोभित्र अन्योलमा परेझैं यताउता भौतारिरहेका छन् । चारुको जोहो गर्न पनि सकिरहेका छैनन् बिचराहरु ! शीतले लपक्क भिजेकी पृथ्वीमाता सेतै फुलेकी बुढिया जस्तै आफ्नो आङको पछ्यौरीमा नै गुटमुटिएको झैं देखिन्छिन् । विचरी प्रकृति हुस्सुको घुम्टोभित्र शीतको धारा चुहाउँदै बिहान पनि अबेरसम्म अँध्यारी भएर रोइरहन्छिन् । चिसोले कठ्याङ्ग्रिएको उनको शरीर चिसो सिरेटोले सिरिङ–सिरिङ बनाउँदा काँडानै उम्रन्छ ।
प्रकृतिनै यसरी कठ्याङ्ग्रीएको बेला यस गरीब बस्तीका यी आदिवासीहरुको जाडो हटाउने उपाय भनेको बाटोमा छरिएका पराल भेला गरेर धुवाँ लगाउन बाहेक अन्य उपायनै के नै पो हुन्थ्यो । बिचराहरु दिनभर मालिकको घरमा काममा व्यस्त हुन्छन् बेलुकी भएपछि तातो खाना खाएर एक झप्को सुत्न पनि पाउँदैनन् । गरीबीको अभावले पिल्सिएर हाडछाला भएको शरीर न्यानो लुगामा गुटमुटिन के पाउँथ्यो । जसोतसो गरेर भल्ट्याङ–भुल्टुङ गर्ने दुधे बच्चालाई चैं चारठाउँ टालेको झुम्राले भएपनि चिसोबाट धन्य जोगाएका छन् । मसिनो खानका लागि त गाउँमा कसैको भोज भतेरनै आउनु पथ्र्यो । ती भल्ट्याङ्–भुल्टुङहरुले धान थन्क्याउने समय भएकाले दुई चाना आलुको तरकारीसँग पनि मनग्गे भातचाहिँ खान पाएका रहेछन् । दिनभरी धुलोमा भाँडाकुटी खेलेर साँझमा सुख्खा भात पेटभरी खान पाउँदा पनि रमाएर संसारनै जितेको महसूस गर्छन् । स्कूल जाने उमेर पुगेकाहरु प्नि साना भाइबहिनीहरुलाई हेर्न बाध्य छन् । बाबु आमालाई बनीबुतो गरेर दुई छाक टार्ननै मुस्किल पर्छ । बिचरा आमाहरु बच्चा जन्मिएर १५ दिन पनि सुखसँग खाएर आङ तङ्ग्रिन नपाई मालिकको काममा पेलिनुपर्ने बाध्यताका कारण २५–२६ वर्षको उमेरमानै अनेक रोगले च्यापेर अनुहार चाउरी पर्न थालिसकेको हुन्छ । न त आपूmलेनै पढ्न पाएका थिए न त सन्तानलाई नै पढाउन पाउँछन् । ६–७ वर्षको भएपछि त कमाएर आफै खानुपर्ने बाध्यता छ ती अबोध बच्चाहरुको । आफ्नै उमेरका मालिकका छोराछोरीको लुगा धोइदिने भाँडा माझिदिने घर सफा गर्नुपर्ने काम गर्दैमा उनीहरुको वालापन सकिन्छ । हरेक घरका बच्चाहरु आफ्नो पढ्न पाउने अधिकारबाट बन्चित छन् । आफ्नो झुप्रोबाट २ मिनेटको नजिकमा सरकारी विद्यालय हुँदा पनि उनीहरुले शिक्षाको उज्यालो प्रकाश पाउन सकिरहेका छैनन् । गरीबीका कारण पेट पाल्न र राम्रोसँग आङ ढाक्ने कपडा पाउननै उनीहरुको लागि दुर्लभ भैसकेको छ । घर–घरमा गएर बच्चाहरुलाई बिद्यालय पढाउनु पर्छ भन्दै उनीहरुको पढ्न पाउने अधिकारको हनन हुनु भएन भनी हिँड्ने विद्यालयका प्रधानअध्यापक केशवमान श्रेष्ठ भने आफ्नै घरमा काम गर्न राखिएका ९ वर्षे वालक हर्केलाई कहिल्यै घरको कामबाट बाहिर निस्कनसम्म दिँदैनन् ।
हर्केले बिहान ६ बज्दा घर सफा गरिसक्नु पर्छ । चिया खाएका जुठा भाँडा माझेर एक कप चियाको भरमा १० बजेसम्म भैंसी चराउन जानुपर्ने, १० बज्दा घर आइपुगेर बिहानको जुठो भाँडा सफा गर्नुपर्ने अनि दिउँसो खेतमा गएर घाँस काटेर ल्याउनु, बेलुकी वस्तुभाउ थन्काउनु उसको दिनचर्या नै हो । कलिलो हर्के कामले थाकेर कोही बेला त बेलुकी खानानै नखाई भुसुक्क निदाउँछ । मालिक्निले चिसो पानीले छ्यापेपछि आँखा मिच्दै खाना खाएर जुठा भाँडा माझेर सुत्न जान्छ । आफ्नो उमेरकै मालिकको छोरो भने सधैं पढेको देखेर उसलाई पनि पढ्ने रहर नभएको कहाँ हो र ? उसले आफ्नो मालिक केशव सरलाई धेरै पटक म पनि घरको काम गर्दै पढ्छु नि भनेर अनुनय विनय पनि गरेको हो तर केशवको मन नोकर हर्केको लागि ढुङ्गो सरहनै बन्यो । उसले पढ्न दिनु त कहाँ हो कहाँ पढेर के गर्छस् तैंले ? त्यही हलो जोत्ने त हो नि तैंले भन्दै गाली गर्छ । मालिकको गाली सुत्रु बाहेक अरु केही विमती जनाउने सामथ्र्यनै थिएन त्यो अवोध वालकको । ऊ काम सकेर मालिकको छोरोले पढेको हेरेर भएपनि केही कुराहरु सिक्न सधैं लालायित हुन्थ्यो । कुनै कुरालाई चाँडै सिक्न सक्ने खुबीले गर्दा उसले मालिकको छोरोले सिकाएको कुरालाई टपक्क सिकिनै हाल्थ्यो । मालिकको छोरो पनि हर्केलाई आफ्नै साथी सरहनै व्यवहार गर्दै आपूmले जानेका कुराहरु हर्केको फुर्सदको समयमा सिकाइरहन्थ्यो । विवेकसँग सिक्न पाएकोमा हर्केको चिसोले फुटेर निस्तेज बनेको अनुहारमा पनि खुशीको सागर छचल्किएको स्पष्ट देखिन्थ्यो । यसरी उसको अनुहारको खुशी देखेर विवेक झन फुरुङ्ग पर्दै नयाँ–नयाँ कुराहरु सिकाउन उत्प्रेरित हुन्थ्यो । विवेकले आपूmलाई माया गरेर पढ्न सिकाएकोले मालिकको छोरो र हर्केमा एकप्रकारको मित्रता पनि अङ्कुराएको थियो । दुबैले एक अर्कालाई भुलेर साथी सरह व्यवहार गर्ने क्रममा उनीहरु दिनप्रतिदिन नजिक भएको कुरा केशव सरलाई पच्न सकेन त्यसैले ऊ आफ्नो छोरा विवेकलाई होष्टेलमै राखेर भएपनि हर्केसँग टाढै राख्न चाहन्थ्यो । तर छोरा विवेकले भने मलाई होष्टेलमा राख्ने हो भने हर्केलाई पनि सँगै लिएर जाने जिद्दी गर्न थालेपछि केशव छोरा विवेकको वालहठको अगाडि अवाक भयो । उसको दिमागमा आपूm बुद्धिजीविवर्गको निकै ठूलो नाम कमाएको त्यसमा पनि हेडमाष्टर जस्ताको छोरोले जाबो नोकर हर्केसँग आत्मियता दर्साएकोमा मन इष्र्यालु बनेर आउँछ । झन् कठोर व्यवहार गर्न थाल्छ तर आफ्नो बाबुले हर्केलाई काम मात्रै लगाउने आपूmसँग एकछिन पनि रहन नदिएको देखेर छोरो विवेक भने दिनदिनै उदास बत्र पुग्छ । उसको त्यो वाल हृदयमा बाबुप्रति एकप्रकारको नैराष्यता उत्पत्र हुन्छ । ऊ सकेसम्म बाबुको समिपमा पर्न चाहँदैन, ऊ अभाव र रिक्तताले खित्र बनेको देखिन्थ्यो । विवेकले सपनामा पनि हर्केको नाम लिएर बर्बराएको सुनेपछि केशवसरले हर्केलाई घरबाटै सधैंको लागि बिदा गरेपछि विवेक झनै एक्लो भएको महसूस गर्दै धेरैबेरसम्म आमाको काखमा घोप्टिएर रोएको थियो ता कि आमाले उसको साथी हर्केलाई घरमै राखिदिए हुन्थ्यो । केशव सरले पनि छोरो विवेकलाई हर्केको सुत्ने समयदेखि बाहेक पूरै समय पढाइमा खर्चन बाध्य बनाइएको थियो । स्कूल छुट्नासाथ ट्युसनको व्यवस्था मिलाइदिएको थियो तर विवेक भने बाबुले हर्केलाई गरेको व्यवहार सम्झेर टोलाइ मात्र रहन्छ । पढ्ने बेलामा पनि हर्केलाई मात्र सम्झिरहन्छ । जसले गर्दा ऊ परीक्षामा राम्रो अङ्क ल्याउन सक्दैन । ट्युसन नराखिकनै सधैं परीक्षामा प्रथम हुने छोरो विवेक विद्यालयको अतिरिक्त क्रियाकलापमा पनि भाग लिन मन पराउँदैन । दिनदिनै ऊ दुब्लाउँदै जान्छ । उसकी आमालाई छोराले खाना खान मन नगरेको, दुब्लाउँदै गएकोमा पीर पर्न थाल्छ । छोरो विवेकलाई आमाले छोराको कपाल सुम्सुम्याउँदै मायालु स्वरमा बाबु खाना खानुपर्छ राम्रोसँग पढेर ठूलो मान्छे बत्रुपर्छ भन्दै सम्झाउने प्रयत्न गर्छिन् तर छोरो विवेक भने आमाको कुनै कुरा सुनेको नसुन्यै गरी टोलाइरहन्छ ।
छोरोको यसप्रकारको व्यवहारले गर्दा बाबुआमालाई छोरो बिरामी पो भएर खाना नखाएको होला भनी डक्टरकोमा पु¥याउँछन् तर डक्टरले कुनै रोग नभएको बताएपछि उनीहरुले विवेकलाई घरमै ल्याउँछन् । विवेकको वालमष्तिस्कमा परेको चोटको कुनै वास्तानै नगरी बाबुले छोरोको पढाइ बिग्रेला भत्रे डरले जबर्जस्ति होष्टेलमा राखिदिन्छन् । तर विवेक भने होष्टेलमा राखेको ४–५ दिनमा सिकिस्त भएको खबर आएपछि बाबु पुग्दा त ज्वरोले आँखानै खोल्न नसक्ने अवस्थामा पाउँछ । उसले तेरो बाबा आएको छु बाबु उठ जाऊँ घर भन्दै छोरोलाई अङ्गालो हाल्छ तर छोरो होशमानै हुँदैन । ऊ मात्र आफ्नो साथी हर्केलाई पढाउन सिकाइरहेको हुन्छ सपनामा पनि । हत्त न पत्त छोरोलाई डक्टरकोमा पु¥याउँछ तर डक्टरको औषधीले केही काम गर्न सक्दैन । उसका आँखा खुल्न सक्दैन । अनुहार पुङ्ग उडेको छ । ओठ थर्थराएको मात्र सुनिन्छ । थर्थराएका ओठहरुले केवल हर्केको नाम मात्र लिएको सुनिन्छ । यत्तिकैमा आफ्नै बाबुको काखमा उसको प्राण पखेरु उडेर जान्छ । बाबु छोराको अनुहारमा घोप्टिएर घुक्क–घुक्क गरिरहन्छ । आफूले नै आफ्नो छोराको हत्या गरेको महसूस गर्दै अपराधवोधले रन्थनिन्छ । ऊ मृत घोषित छोराको अगाडि टाउको बजार्छ । उसको छात्ती उकुसमुकुस भएर आउँछ । स्नातकोत्तर गरेको प्रमाणपत्र भन्दा पनि ठूलो शैक्षिक ज्ञानको ज्योति बल्ल आज प्रज्वल्लित भएर आयो । तर त्यो ज्योतिलाई ऊभित्रको आडम्बरी सोचाइले समयमा बल्न दिएन । समयमै सही निर्णय गर्न सकेको भए आज दुर्दशा भोग्नुपर्ने थिएन । आडम्बरले भरिएको उसको मष्तिष्कको तुवाँलोलाई समयमा हटाउन नसक्दा कहिल्यै निको हुन नसक्ने पश्चात्तापको घाउ चर्किनै रहिरहेछ र जीवनभर चर्किनै रहनेछ ।