~प्रज्ञा सुवेदी~
धेरै पहिलेको कुरा हो । एउटा गाउँमा श्याम नाम गरेको बालक हुन्छ । उसको विद्यालय त्यसबेला गर्मी बिदा दिएकाले बन्द थियो । त्यसैले उसकी आमाले उसलाई मामाघर पठाउने निधो गरिन् । बाटो निकै लामो थियो । त्यसबेला मोटरको सुविधा थिएन । एकदिन भरि पूरा हिँडेर नै जनुपथर्यो । श्यामले आफ्नी आमासँग मामाघरसम्म एक्लै हिँडेर जान नसक्ने बतायो । तर आमाले उसको कुरा नसुनी उसलाई मामाघर जान बाध्य गराइन् । बाटो निकै लामो थियो र बीचमा ठूलो वन पथ्र्यो । अर्को दिन आमाले उसका लागि बाटामा खाने खाजा तयार गरिदिइन् र ऊ घरबाट हिँड्यो । एक ठाउँमा दुईवटा बाटा आए । सानैमा आमासँग मामाघर गएकाले उसलाई बाटो राम्रोसँग याद थिएन । त्यसैले ऊ एउटा बाटोबाट जानुको सट्टा अर्को बाटो गयो । जाँदा-जाँदा बाटोमा ठूलो वन आयो तैपनि निडर मनका साथ ऊ त्यस जंगलमा प्रवेश गर् यो ।
वन निकै घना थियो तर ऊ एक्लै । उसलाई अलिकति थकाइको महसुस भयो । त्यसैले ऊ एउटा ठूलो ढुंगामा बसेर आमाले दिएको रोटी खान थाल्यो । उसले खाइसकेपछि उसको यात्रा पुनः सुरु गर् यो । उसको मनमा सपना थियो कि कहिले मामाघर पुगँुला र मामा-माइजुलाई भेटौंला । तर बिचरा उसलाई के थाहा कि उसले बाटो भुलेको छ । ऊ त्यही सपना बोकेर हिँडिरह्यो ।
तीन दिन भइसक्यो तर मामाको घर नै देखा परेन । उनलाई निकै भोक र थकाइ लागिरहेको थियो तर न त्यहाँ कुनै घर देखा पर् यो न कुनै मान्छे । घना वनमा ऊ एक्लै थियो । निकै थकाइ लागेकाले एउटा ठूलो ढुंगामा बसेर उपाय सोच्न थाल्यो । त्यसै बेला उसको आँखा एउटा बत्ती बलिरहेको घरमा पुग्यो । त्यसपछि उसको मन अलिकति ढुक्क भयो । ऊ त्यही घर भएतिर लाग्यो । धेरै हिँडेपछि त्यो घर आइपुग्यो । र उसले त्यो घरभित्र प्रवेश गर् यो । त्यहाँ उसले थुप्रै मिठाइहरु र गहनाहरु देखे । उसलाई किनै भोक लागेकाले उसले त्यहाँ भएका मिठाइहरु खायो । उसको भोक मेटिएकाले त्यहाँ भएको एउटा खाटमा ऊ निदायो र एकछिनपछि बिउँझियो । ऊ अलि लोभी भएकाले त्यहाँ भएको गहना लिएर जाने निर्णय गर् यो । उसले गहना भएको ठूलो खुला बाकसमा के हात हालेको थियो त्यहाँ एउटा आवाज निस्कियो र त्यस घरमा बस्ने राक्षस त्यहाँ आइपुग्यो । त्यस राक्षसलाई देखेर ऊ आत्तिएर भाग्यो । तर त्यसले खेदन लाग्यो ।
स्याम अघिअघि र राक्षस पछिपछि थियो । श्याम झट्ट एउटा रुखको पछि लुक्यो जसले गर्दा उसलाई राक्षसले देख्न पाएन र फर्कियो । गहना चोरेकोले यस्तो भयो भनेर उ पछुताउदै रुन लाग्यो । धेरै रोएपछि त्यस जंगलकी राजकुमारी डुल्दै आइरहेको बेलामा रोएको आवाज सुनी तिनी त्यतै आइन् र स्यामलाई भेटिन् ।
तिनले उसको बारेमा सोधिन् । स्यामले आफ्नो बारेमा सबै कुरा बतायो । राजकुमारी परी भएको हुँदा ऊसँग अदृश्य शक्ति थियो । श्यामले अबदेखि त्यो गल्ती नगर्ने कुरा पनि परीसामु बतायो । परीले पनि आफ्नो साथी कोही नभएको हुँदा उसलाई आफ्नो महलमा लगिन् । त्यसपछि श्यामले त्यहाँ नै सुखसँग आफ्नो जीवन बिताउन थाल्यो । उता श्यामकी आमालाई भने छोरालाई एक्लै पठाएकोमा पछुतो भइरह्यो ।
प्रज्ञा सुवेदी
कक्षा IX, स्वर्ण शिक्षा अंग्रेजी माध्यमिक विद्यालय गोकर्ण काठमाडौँ ।