लघु-बालकथा : बिरालो

~लोकेन्द्र निर्दोष~

सन्दिपलाई बिरालो धेरै मन पथ्र्यो । उसले घरमा भएको बेला सधै जसो बिरालोलाई खेलाईरहन्थ्यो । बिरालोले पनि सन्दिपलाई आˆनो नजिकको साथी जस्तो मायाँ गर्दथ्यो । सन्दिप जताजादा पनि बिरालोलाई साथमा बोकेरसँगै लैजाथ्यो । यतिसम्मकी सुत्ने बेला सम्मसाथैमा सुताउन खोज्दथ्यो । सन्दिपको घरमा एउटा दूध दिने कालु भैसी थियो । उसलाई दूध खुब मन पराउथ्यो ।

मम्मीले आफूलाई दिएको दूध सुटुक्क अलिकति लुकाएर बिरालोलाई दिईहाथ्यो । त्यसैले होला बिरालोले पनि सन्दिपलाई देख्ने बित्तिकै म्याउ-म्याउ गरी पुछर हल्लाउदै पछि-पछि लाग्थ्यो । त्यसपछिका दिनमा सन्दिप ठुलो हुँदै गयो । अनि उसको बाबाले घर नजिकैको बोर्डिङमा नर्सरी कलासमा भर्ना गरिदिनु भयो ।

सन्दिप दादा सुदीपसँग बोर्डिङ त जान्थ्योसँगै बिरालोलाई लैजान खोजे पनि मम्मीले लैजाल दिनुहुदैनथ्यो । बोर्डिङ बिदा भएपछि सन्दिप दौड्द घर खाईपुग्थ्यो र बिरालोलाई अंगालो हाली काखामा राख्थ्यो । अनि मम्मीले राखीदिएको दूध बाडीचूडी खान्थ्यो । खाजा खाईसकेपछि बिरालोलाई लिएर खेल्न निस्कन्थ्यो । उसले बेलाबेलामा बिरालोलाई म्याइ खान्थ्यो त्यो देखेर दादा सुदीप र अरु साथीहरु पेट मिचिमिची हास्थे ।

सधैझै सन्दिपले बिरालोलाई त्यसै गरी मायाँ गरिरहन्थ्यो । उनीहरुको सम्बन्ध दिन प्रतिदिन झन नजिक हुँदै गएको थियो । राती सुत्दा समेत उसले बिरालोलाई आˆनो ओछ्यानमा सुताउदथ्यो । त्यो देखेर दादा सुदीप दंग परेर हेरिरहन्थ्यो । खाना खादा समेत सन्दिपले बिरालोका लागि सानो कचौराको व्यवस्था गरिदिएको थियो । एक दिनको कुरा हो सन्दिप बोर्डिङ गएको थियो ।

ऊ बोर्डिङबाट आएपछि खानको लागि दूध राखिदिनु भएको थियो, घर कोही नभएको निउ पारी दिउँसो बिरालाले दूध सुटुक्क चोरेर खाएछ । जब सन्दिप बेलुका घर फर्कियो तब सधै जस्तो मम्मीले राख्दीएको दूध लिन जादा पो थाहा भयो, दुध त साथी बिरालोले चट् पारेर भगेको रहेछ ।
साझ खाना खाने बेला भयो, घरका सबै परिवारले खाना खादै थिए, त्यहि बेला बिरालो टुपुलुक्क आईपुग्यो ।

यता सन्दिप दूध खाईदिएकोमा रिसाई रहेको थियो, त्यहि झोकमा उसले नजिकै लौरो थियो त्यसैले कसेर बिरालालाई जमायो । बिरालो ठाउँमै ठहरै पर्‍यो । पछि बिरालोले पनि सन्दिपलाई झम्ट्यो, अनि चिथूर्न पो थाल्यो । मम्मीले छुटाउन खोज्दा्र्र-खोज्दै सन्दिपको आँखा बिरालाले बेसरी चिथूर्‍यो । ऊ बेसरी चिच्चाइ रहेको थियो, आँखाबाट रगत बगिरहेको थियो । मम्मीले हत्तार-हत्तार गर्दै अस्पताल लैजानु भयो ।

अस्पताल लगिसकेपछि डाक्टरले भने छि थाहा भयो सन्दिपको एउटा आँखा फूटिसकेको रहेछ । जसबाट सन्दिप जिन्दगी भरी एउटा आँखा नदेख्ने भयो । त्यसपछि त्यो बिरालो फेरि सन्दिपको घरमा कहिल्यै फर्किएन् । त्यस दिनदेखि सन्दिप पनि कुनै जनावरसँग नजिक भएन र नजिक बनाउन चाहेन् ।

(स्रोत : Onsnews)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.