~रामप्रसाद पन्त~
मेरो गाउमा एउटा विद्यालय छ । त्यस विद्यालयमा पढाउने एउटी शिक्षिका छन्- लक्ष्मी । उनले मलाई भनिन्- ‘तपाईंले यस विद्यालयका लागि जति किताब पठाइदिनु भएको छ, त्यसमा महिला विषयक किताबहरू बढी रुचिकर हुने गरेका छन् । अब आउने किताबहरू पनि बढी महिला विषयमा लेखिएका होउन् भन्ने हाम्रो आकाङ्क्षा छ । ‘
हो, वास्तवमा महिलाका विषयमा जति चर्चा हुने गर्दछ, पुरूषका बारेमा हुादैन । आधा आकाशका हकदार महिला र पुरूषका बारेमा समान चर्चा हुनुपथ्र्यो तर वर्तमान सन्दर्भ बेग्लै छ- महिला अधिकार, महिला गोष्ठी, महिला सहभागिता, महिला आरक्षण, महिला जागरण, महिला सुविधा, महिला शोषण ।
किनकि नेपाल गाउा नै गाउाको देश हो, पहाडै पहाडको देश हो । पहाडी भू-भाग अविकसित छ, अविकसित हुनको मुख्य कारण अशिक्षा हो । अशिक्षित समाजमा बलियाको साम्राज्य चल्छ । बलियो पुरूष हो, पुरूषले महिलामाथि दमन गर्छ र भेदभाव सिर्जना हुन्छ । अनि न्याय अन्यायका कुराहरू उठ्छन् ।
धेरैको ठाउामा सानो अस्तित्व क्षीण हुन्छ र पो, नत्र सहरमा पुरूषको सङ्गठन हुनुपथ्र्यो । महिलापीडित पुरूष सङ्घ खोलिनु पथ्र्यो र न्याय अन्यायका कुरा उठाउनु पथ्र्यो ।
आवश्यकता सिर्जनाको जननी हो । हामीकहाा बाहुन र क्षेत्रीको सङ्गठन आवश्यक परेन र जन्मेन । आवश्यक परे जन्मिएला । त्यस्तै पुरूषको सङ्गठन पनि आवश्यक देखियो भने अवश्य जन्मिएला ।
कुरा २०६४ साल बडादसाैको हो । म मेरा मातापिताको अवशानपछि पहिलोपटक मेरा अग्रज दाजुभाउजूका हातको टीका लगाउन राजधानीबाट जन्मगाउा गुल्मी जाादैछु र संयोगले मसागैको सिटमा एउटी महिला नै बसेकी छन्- द्वन्द्वपीडित महिला । अर्थात् वर्गीय सङ्घर्षको भुमरीमा रिङ्गएिकी एउटी मूर्तनारी, जसको कथाभित्र कथा लुकेको छ ।
यस कथाले म के सोच्न बाध्य भएको छु भने महिला समस्याभित्र लुकेको एउटा खााटी कुरा महिलाहरूले बुझ्न बााकी छ । शिक्षित महिलाका दृष्टिले पनि नभ्याउने गरी लुकेर बसेको तुस हो- महिला पछि पर्नुमा पुरूषभन्दा महिला जिम्मेबार छन् ।
प्रसङ्ग हो यात्राको । उभ्याइएको विषयवस्तु हो महिलाको ।
—–
अर्को दिन दिउासो म बुटवल हिलपार्कको प्रवेषद्वारबाट भित्र छिरेर उचाइ नाप्दैछु । मेरो साथमा नौ सदस्यीय भ्रमण टोली छ । टुमनाथ, तुलसा, उषा, विष्णु, सुरज, सोभा, सपना र विज्ञानको साथ पाएको छु मैले यसबेला ।
पार्कभित्र बालउद्यान, वनभोज स्थल, बगैाचा र विश्रामस्थल हुनु अस्वाभाविक होइन तर ‘यहाा लभ गर्न मनाही छ’ भनी लेखेर ठाउा ठाउामा टाासिएका प्लेकार्डहरू अस्वाभाविक लाग्छन् मलाई । मेरो सम्झाइमा प्रेमको अर्थ नबुझ्नेहरूको ढोङ्ग हो यो । प्रेम दैहिक हुन सक्दैन, आत्मीय हुन्छ । दैहिक प्रेम वास्ानामय हुन्छ । तसर्थ त्यो प्रेम, प्रेम होइन, माया हो । माया छायाामय हुन्छ । मायाको अस्तित्व छैन । तृष्णा मेटिएपछि मायाको अस्तित्व क्षीण हुन सक्छ तर वास्ानारहित प्रेम असली प्रेम हो र त्यस प्रेमले ईश्वरसाग मिलन गराउन सक्छ । यस दृष्टिले निरर्थक लाग्छन् मलाई टाासिएका ती प्लेकार्डहरू ।
बुटवल नगरपालिकाको सक्रियतामा विभिन्न दाता समूहहरूको साथ लिएर विकास गर्न लागिएको पार्कको अवलोकन गर्दै उकालो लाग्दैछु म । मेरा अगाडि अर्को एउटा बोर्ड देखिन्छ- काश्यपगोत्रीय पाण्डेय सेवा समितिद्वारा निर्माण गरिने योग शिविर । प्रवेशद्वारनेर वर, पीपल र स्ामी लगाएका वृद्ध तेजप्रसाद पाण्डेय श्रीमतीसहित बार लगाएर ती वृक्षहरूलाई सुरक्षा दिन खोज्दैछन् तर रूखका हाागा काट्ने हतियार हुादाहुादै पनि उमेरले साथ दिादैन हाागा काट्न । सहयोग माग्न खोज्छन् हामीहरूसाग, तर अभिलाषा पूरा हुादैन हामीहरूबाट पनि । मलाई भन्न मन लाग्छ- वर, पीपल लगाउने युग सिद्धियो, चौतारी चिन्ने युगको अन्त्य भइसक्यो । वर, पीपल स्पर्श गर्ने तपाईंका यी हातहरू अर्को पुस्तामा सर्ने छैनन् ।
अब मेरा अगाडि पार्कको चुलितिर उकालो लाग्ने ३९० वटा सिाढीको प्रारम्भ बिन्दु भेटिएको छ । सुरूमै लेखिएको छ- प्रारम्भकाल २०६०/९/२० ।
दुई/चारवटा सिाढी उक्ल्ानेबित्तिकै अलिकति माथि सागसागै हिाडेका नारी र पुरूष देखिन्छन् । हामी सन्निकट पुग्नैलाग्दा पुरूष छड्किन्छ अलि अगाडि । म अनुमान लगाउाछु, महिला एक्ली रहिछन् । महिलाको साथमा अरू केाही रहेनछ । म स्पष्ट देख्दैछु – कुर्ता सुरूवाल लगाएकी ती महिला सलले आˆनो अनुहार पूरै ढाकेकी छन् । अनुमान गर्न गार्हो पर्छ मलाई- यस्तो एकान्त उपवनमा एक्लै उकालो लागिरहेकी यस्तो पहिरनकी यी महिलाको परिचय के हुनसक्छ ? यी मुस्लिम पनि होइनन्, मुस्लिम भए कालो बुर्का लगाउाथिन् र सायद यस्तो वनमा एक्लै उकालो उक्लदिनथिन् । नवविवाहित दुलही पनि यी होइनन्, भए यसरी एक्लै हिाड्दिनथिन् । सामान्य युवती पनि होइनन्, भए टाउको मात्र ढाक्थिन् ।
म प्रश्न गर्छु नजिकै पुगेर- तपाईं को हुनुहुन्छ ? किन यसरी पूरै अनुहार छोप्नुभएको छ ?
उनी खितितिती हाास्छिन् र भन्छिन्- यत्तिकै ।
यत्तिकै हुन सक्दैन । भन्न हुन्छ भने मेरो जिज्ञासा मेटाइदिनुुुस् – सााच्चै तपाईंले किन मुख छोप्नुभएको हो ?
उनी उल्टै प्रश्न गर्छिन् – किन होला तपाईं नै भन्नुहोस् न Û
म के अनुमान लगाउFm ? मैले ढाक्नुको अर्थ बुझ्दिन । यति मात्र भन्छु- तपाईंको मुखका केही दाग वा घाउ हुनुपर्छ र त्यसमा औषधि प्रयोग गरिएको हुनुपर्छ । यसर्थ कि सूर्यको किरणले घाउलाई नकारात्मक प्रभाव नपारोस्, त्यसैले ।
उनी खित्का छोडेर हाास्छिन् तर मुख ढाक्नुको रहस्य खोल्दिनन् । उनका प्रस्तुतिहरू मलाई अलि अस्वाभाविक र अनौठा लाग्छन् । म आशङ्काको दीर्घर्यात्रामा पुग्छु । म मेरा अग्रजहरूले सुनाएका मिथकहरू संस्मरण गर्छु र उनका पैतलापट्ट िनजर पुर्याउाछु तर उनका ती गतिमान् पाइला अगाडि नै फर्केका देखिन्छन् । म ढुक्क हुन्छु ।
म अरू पनि धेरै प्रयास गर्छु- घुम्टोको रहस्य खोल्ने तर उनी खाली हाासिमात्र रहन्छिन् । न घुम्टो उघार्छिन्, न यथार्थ खोल्छिन् ।
अब हामी उनलाई पछाडि पारेर अगाडि बढ्छााै ।
मेरा समकक्षी टुमनाथ भन्नुहुन्छ- ‘बोलीबाट म अनुमान लगाउादै छु कि यी मेरी चेली हुन्ा् । प्रेमीसहितको वनविहारमा गुरूको नजर पर्ला भनेर लज्जावश मुख छोपेकी हुन् । ‘
तर नारी, रहस्यकै गर्भमा रहन्छिन् हामी गन्तव्य पछ्याउाछााै ।
आरोहपछिको अवरोह अवश्यम्भावी छ । हामी उचाइबाट क्रमशः तल ओर्लन्छौा र गि्रनपार्कको पादप्रदेशलाई नछाडेर तेर्सै नीलकण्ठ मन्दिर पुग्छौा । त्यहाा पनि एउटी धर्मशील महिलाको अन्तरकथाले स्थान पाउाछ । सन्तोषीमाता मार्वल कम्पनीकी शिरोमणि माता देवमाया भट्टराईको दानशीलताको अनुपन नमुनाबाट हामी परिचित हुन्छौा ।
उनले एकरात सपना देख्छिन् । नीलकण्ठ भगवान् प्रकट भएर भन्नुहुन्छ- ‘यसै स्थानमा भूमिगत भएर म बसेको छु, तिमीले उत्खनन गर्यो भने म भेटिनेछु । ‘
सााच्चै नै उनले भगवान्ले भनेअनुसार शिवनगरस्थित मनकामना मन्दिर मुनिको जमिन खन्छिन् र भगवान्को शिला भेट्टाउाछिन् । उनले त्यस ठाउामा नीलकण्ठ बाबाको मन्दिर मात्र होइन, करोडौा खर्च गरेर यज्ञमण्डप र बोलबम मन्दिरसमेत बानाउाछिन् र पुजारी र ब्राहृमण बटुकहरूको खाने बस्ने व्यवस्था पनि गर्छिन् । त्यसपछि उनले गुहृयेश्वरी, बूढानीलकण्ठ तथा नागआकृतिका देवशिलाहरूको पनि उत्खनन गरी निकालेर स्थापित गर्छिन् ।
—–
मेरा यात्राका यात्रीहरू अब केही फेरिएका छन्, केही मेरा साथबाट अगाडि पछाडि परेका छन् र केहीलाई साथ लिएर यात्रालाई जारी राख्दैछु । फेरि पनि म एउटी महिलाको पीडासाग साक्षात्कार गर्न पुगेको छु- अर्को ठाउामा, जसले पतिको सुख-दुःखमा निरन्तर साथ दिइन्, पतिलाई परमेश्वरको रूपमा पुजिन्, पतिको इज्जत र प्रतिष्ठामा अााच नपुगोस् भनेर आफैालाई दाउमा लगाइन्, पतिलाई उच्च सम्मान दिइन् । तिनै पति, पत्नीको ढाडमा टेकेर माथि पुगे र धर्मपत्नीलाई असहाय बनाएर दुःख र पीडाको भुमरिमा रिङ्गाए । जुन पत्नी अहिले गास र बासबाट लात खाएर थातको खोजीमा भट्किएकी छन् ।
—–
मेरो यात्राको क्रम रोकिएको छैन र महिलाको प्रभावबाट मुक्त हुन पनि सकेको छैन । म अहिले गुल्मीको बलेटक्सार गाउामा पुगेको छु । गाउा युवायुवती विहीन छ । धेरै बूढाबूढी, थोरै केटाकेटी छन् । सायद यस्तै नियति नै बनेको छ विकसित गाउा र चेतनशील समाजको । चेतनाको विकास अहिले गाउाबाट विस्थापित भएर सहर पसेको छ, देश छाडेर विदेशिएको छ । प्रायःजसो घरका बूढामानिस घाासपात गर्दैछन् र बूढीआइमाई गोठ्ल्याइा गर्दैछन् । दसैाको बेला छ, पाहुनाजस्तै आएका छोराछोरी र बुहारीहरूले घरभान्छा सघाउादैछन् । पाकेका बेलौती रूखमा लटरम्म छन्, टिपेर खाने मान्छे छैन । बााकी फलफूल पनि टिपेर बजार पुर्याउने मानिसको अभाव छ । काउले गाउाबाट खुदो किन्न आएका छवी भण्डारी भन्दैछन्- ‘त्रिपन्न वर्ष भयो खुदो बेच्न थालेको । अहिले पनि बोक्दैछु र बेच्दैछु । त्यसबेला तीनसुका मानो बेच्थाे, अहिले चालिस रूपियाा मानो बेच्छु । हिसाबै गर्ने हो भने पााच/सात लाख कमाएा हुाला । बाबुले सिकाएको पेशा मैले त गरेा, अबकाले गर्दैनन् । छोरो एउटा सिलाङमा छ, एउटा कतारमा । घरमा बूढाबूढी मात्र । यस्तै छ बाबु मेरो जीवन ।
—–
बलेटक्सार बजारमा पं. दीनबन्धु पोखरेलद्वारा आज महानवमीको दिन सप्ताह यज्ञ सम्पन्न हुादैछ । म सुन्दैछु – बलेटक्सार गाविसमा मात्र उच्चमावि निर्माण एवं सञ्चालनार्थ ३५ लाखभन्दा बढी रुपियाा उठ्यो रे Û बिदाइ गरिादैछ आज दीनबन्धुलाई । दुईतिहाइभन्दा बढी महिलाको उपस्थिति देखिादैछ र ती महिलाहरू अश्रुधारासहित पण्डितजीको बिदाइ गर्दैछन् । भन्दैछन्- ‘नभुल्नुहोला, हामीले बोलाउादा फेरि आउनुहोला । ‘
कुन्नि कस्तो जादु देखाएर गए पिता नारायण पोखरेलले Û र के मोहनी लगाउादै छन् युवापण्डित दीनबन्धुले Û म भावविभोर महिलाको जमात देखेर अचम्मित भएको छु । कति भावुक हुन्छन् महिलाहरू Û कति कारूणिक र ममतामयी हुन्छन् आमाहरू Û
—–
विजयादशमीको दिन म गाउाका वृद्धद्घमान्यजनहरूबाट टीका थाप्छु र आशीर्वाद माग्छु । ठूलाबडाको हातबाट टीका थाप्ने क्रममा नै म अर्को गाउा पुग्छु- चारपाला । त्यहाा पनि सासूबुहारीका कथाहरू भेटिन्छन्, चेलीबेटीका दर्दनाक पीडाहरू देखिन्छन् । ती सबै पढ्छु मैले । एउटी बहिनीको कथासार पनि विस्तार हुन्छ त्यहाा । उनका श्रीमान् धन कमाउन परदेश गएका छन् । उनले लामो प्रयास र प्रतीक्षापछि एउटा बोर्डिङ स्कुलमा पढाउने अवसर पाएकी छन् तर पारिवारिक असहयोगले गर्दा बिहान-बेलुका घाासपात पनि गर्नैपर्ने र बच्चा स्याहारसुसारको जिम्मा पनि आफैा लिनुपर्ने बोझ खप्न नसकेर शिक्षण पेशा छाड्नुपर्ने बाध्यतासाग जुधिरहेकी छन् । सुनेर पीडा हुन्छ मलाई तर उनको परिवारका सदस्यहरूलाई म सम्झाउन पनि सक्दिन र शिक्षण पेशा नछाड्नका लागि दबाब पनि दिन सक्दिन ।
त्यसपछि म मावलीगाउा पुग्छु- हुागा । पहिलेको जस्तो चहलपल छैन मावलीघरमा । सात दाजुभाइले ढाकिएको डााडामा अहिले निस्तब्धता छाएको छ । भान्जालाई स्वागत गर्ने अब दुईजना मामामात्र बााचेका छन् तर माइजूहरूको भने कमी छैन । तीनवटीलाई गुमाए पनि सधवा र विधवा गरी अझै दसवटी माइजूहरू आˆनो प्यारो भान्जालाई बसाउन र भोजन गराउन ताछाडमछाड गर्दैछन् तर म सबै ठाउामा बााडिन सक्दिन, सबैको घरमा रात बिताउन र भोजन गर्न सक्दिन । तथापि म सबैलाई भेट्छु र माया बााड्छु, माया ग्रहण गर्छु । बाल्यकालको एउटा उद्दण्ड स्वभावको भान्जा सज्जन भएकोमा भावविभोर हुन्छन् सबै । म देख्छु र सम्झन्छु- महिलाहरूको नियति, कुनै बेलाको जम्को – सात भाइका १३ वटा श्रीमती तर अहिले …….।
बाल्यकालको मेरो लीलामय भूमिलाई मैले सूक्ष्म अवलोकन गरिसकेको छु । बालसखा पारसजीलाई पनि भेटेर पूर्वस्मृतिमाथि केस्राकेस्रा केलाएको छु । संयोगले सहपाठी सावित्रीसित पनि पुनर्मिलन भएको छ तर समयलाई नियन्त्रण गर्ने शक्ति मैले प्राप्त गर्न सकेको छैन ।
—–
अब म काठमाडौा र्फकने क्रममा बसमा यात्रा गर्दैछु । मसागैको सिटमा आज पनि एउटी महिला नै बसेकी छन् । उनका काखमा एउटी बालिका छ । सिटमा बस्नेबित्तिकै ऊ मलाई भन्छे- ‘हजुरबुबा आउनु भयो । ‘ मलाई अचम्म लाग्छ- तीन/चार वर्षकी त्यस अपरिचित बालिका हासिलो अनुहार लगाएर तोतेबोली बोल्दैछे – हजुरबुबा ।
म प्रश्न गर्छु – कसरी भएा म हजुरबुबा ?
ऊ सहजै उत्तर दिन्छे- कपाल फुलेको छ, त्यसैले हजुरबुबा Û मेरा बाबाको त कपाल फुलेको छैन ।
म हाासो रोक्न सक्दिन । सुन्नेहरू पनि हाासो रोक्न सक्दैनन् ।
कुरामा कुरा चल्छ, बालिकाकी आमासाग वार्ता अगाडि बढ्छ । परिचय खुल्छ दुवैको । गुनासो गर्छिन् मसाग-
‘हेर्नुस् न, १६ वर्ष भइसक्यो आर्मीमा भर्ती भएको, अहिले हवल्दार छन् । प्रमोसन पनि भएको छैन । शान्तिसेनामा जाने मौका पनि मिलेको छैन्ा । कहिले कहाा सरूवा हुन्छ कहिले कहाा । अहिलेसम्म नौ ठाउामा सरूवा भइसक्यो । एक वर्ष भएको छैन, अस्तिमात्र दाङबाट गुल्मीमा सरूवा भयो । बिहे गरेदेखि सागै बस्न्ा पाएको छैन । अहिले दसाैको मौका पारेर भेटेर आएको । लौन हजुर Û हेडक्वाटरतिरै सरूवा गराइदिनु पर्यो र शान्तिसेनामा पनि पठाइदिनु पर्यो । ‘
मेरो जागिरको परिचय पाउनेबित्तिकै यसरी उनले मसाग एकै स्वासमा सबै कुरा खोलिसक्छिन्, मानौा कि म उनका पतिको भविष्यनिर्माता हुा ।
मभन्दा अगाडिको सिटमा पनि एउटी युवती र अर्का युवक छन् । उनीहरूको कुरा गराई सुन्दैछुु म । युवती बुटवलकी क्षेत्री परिवारकी पुत्री हुन् र उनले काठमाडौामा काकाको घरमा बसेर पढ्छिन् । ढोकैनेरको सिट भएकोले सजिलो के भएको छ भने कन्डक्टरले समेत युवतीसित बात मारेर मन बहलाउने मौका पाएको छ । म देख्दैछु- यात्राको क्रम अगाडि बढ्दै जाादा अर्को युवक पनि स्टुल अघिल्तिर सारेर युवतीसाग बसेको छ र तिनीहरूको बीचमा कुरा बडो रोचक पाराले अगाडि बढेको छ । बिस्तारै ठट्टा र स्पर्शास्पर्श पनि हुने गरेको छ र बस रोकिएको बेलामा सागै चिया खान जाने र झोलामा भएको कुरा आपसमा बााडेर खाने पनि गरेका छन् ।
यस रोचकतालाई छायाामा पार्ने खालको दृश्य त म कावासोती पुगेपछि देख्दैछु । त्यहााबाट १६/१७ वर्षे दुईवटी थरूनी केटी र तीन/चार जनाको सङ्ख्यामा अन्य केटाहरू बसमा चढ्छन् । ती केटीको पोशाक देखेर मेरा आाखा पनि तिरमिराउाछन् । सोझा मानिने थारूजातिका केटीहरूको त्यस्तो भट्किलो पोशाक मैले यसअघि देखेको थिइन । यस्तो भएपछि जवान केटाहरू किन पछाडि नलागुन् र यौन अपराधीहरूले किन मौका नपाउन् । नाभीप्रदेश छुन नसकेको आकर्षक कसिलो पाइन्ट र जति ताने पनि नाभीप्रदेशसम्म र्झन नसकेको भेस्ट उनीहरूको ज्यानका आकर्षक उपहार थिए ।
उच्छृङ्खल एवं अशिष्ट युवाहरूद्वारा घेरिएका कामुक हातहरूले ती युवतीका संवेदनशील अङ्गहरूमा निर्लज्ज्ातापूर्वक स्पर्श गरेको देख्दा जो कोही पुरूषको पौरूषत्व पनि खलबलिन सक्थ्यो । त्यस्तै अनुभव भइरहेथ्यो मलाई ।
यस क्रमको अन्त्यचाहिा गैडाकोट पुगेपछि भयो । त्यहाा त्यसदिन मेला लागेको रहेछ । सायद त्यसैमा मिसिन ओर्लन्छन् ती सबै । म कल्पना गर्छु- तिनीहरू बेलुका कुन रूपमा घर फर्के होलान् Û
यस्तै अर्को संवेदनशील एवं कारूणिक प्रसङ्ग मुगलिङबजार आएपछि सुन्छु । मेरो नजरमा एउटा भीड देखा पर्छ । पुलिस पनि छन् त्यहाा । राजमार्गमा फेरि के उपद्रो मच्चियो Û चक्काजाम, हडताल केही भयो कि Û बस रोकिएर यतै बास पो हुने हो कि Û यात्रु ओरालेर बसमा आगै लगाइने पोे हो कि Û मेरो मनमा विभिन्न तर्कनाहरू एकै पटक ओइरिन्छन् ।
थाहा हुन्छ- आगो लगाउन त खोजिएको रहेछ तर बसमा होइन कसैको जीवनमा । मानिसलाई गाइवस्तुसरह बेच्न पल्किएका सामाजिक संस्कार र मानवीय मर्यादा ध्वस्त पार्न जुर्मुराइरहेका आततायी नरकलङ्कहरूले नौबिसेबाट ११/१२ वर्षका दुईवटी केटीलाई फकाएर भगाएछन् । केही दिनदेखि हाइहल्लो गरेर समाजमा घुलमिल हुादै अएका ती नरपशुहरू पनि सागसागै बेपत्ता भ्ाएको थाहा पाएर स्थानीय समाजले विलम्ब नगरी बाटोमा पर्ने स्ाम्पूर्ण प्रहरीचौकीहरूलाई खबर गरेछन् । आखिर मुगलिङ पुलिसको सक्रियताले अबोध बालिकाहरू त फेला परेछन् तर ती मानव कलङ्कहरू भाग्न सफल भएछन् । तिनै बालिकाहरू र अभिभावकहरूलाई बसमा चढाउन आएको पुलिससहितको भीड रहेछ त्यो ।
यो सुनेर त्ात्क्षण मभित्र एउटा मानवीय करूणाको उद्बोधन भयो र सागसागै आक्रोशको ज्वारभाटा पनि उर्लियो । मेरो एक्लो मन बोल्यो- मानवसमाजका यस्ता कसिङ्गरहरूलाई ठेडुकामा राखेर किन कठोर यातना दिइन्न र सार्वजनिक रूपमा किन गोली ठोकिन्न ?
—–
म अगाडिको रसिक वातावरण एकछिन कारूणिक बने पनि बिस्तारै पुनः स्वप्नमहल खडा गर्ने उद्दाम आवेगका साथ अग्रसर हुादै थियो । उनीहरूको लामो नाट्यलीला त्यतिविधि उत्तेजक रूपमा होइन तर वार्ताकै शैलीमा अगाडि बढिरहेको थियो । गन्तव्यको बिन्दुतिर लाग्दासम्म सम्बन्धको चुरो यति चुलियो कि मोबाइल फोन सम्पर्क गरी एकान्त मिलनको सम्झौतामा पुगेर टुङ्गियो तर मेरो दुर्भाग्य Û अन्त म जान पनि सकिन र कान थुनेर नसुन्न पनि सकिन ।
यात्रामा भेटिएका थरीथरीका महिलाहरूको अनुभव सागालिसकेपछि म सोच्न बाध्य हुन्छु र अनिर्णयको बन्दी बन्छु । आजका महिलाले खेाजेको स्वतन्त्रता कस्तो हो ? आजका महिलाहरू पुग्न खोजेको गन्तव्य कुन हो ?
विशेषगरी आसन्न घटनामाथि मेरो ध्यान आकृष्ट हुन्छ- बुटवलमा बस्न्ो मातापिता त दङ्ग होलान्- छोरीलाई काठमाडौामा राखेर पढाउन सकेकोमा तर कावासोतीका मातापिताहरू के सोच्दै होलान् छोरीहरूको भविष्यबारे ?
(स्रोत : मधुपर्क)