~कृष्ण बजगाईं~
छुल्याहा लेखक थिए एकजना । राजनेतादेखि अभिनेता, गृहणीदेखि नगरबधु, लेखकदेखि पत्रकारसम्म कसैलाई बाकी नराखी बेस्कन गाली गरेर लेख्थे । अधिकांश पाठक उनको लेख खुब पढ्छन् भन्ने भ्रम थियो सम्पादकलाई । वास्तवमा उनको लेखमा कतै आˆनो छापिएको छ कि भनेर धेरै मानिसहरू पढ्दथे ।
अर्का एकजना थिए कन्जुस लेखक । आफूलाई लेखनको मानक नै सम्झन्थे । आˆनो लेखमा सकेसम्म सारै कम मानिसको नाम उल्लेख गर्दथे । आफूले लेखेमा मात्र नया देखि स्थापित लेखक, लेखकमा ठहरिन्छ भन्ने भ्रम पालेर बसेका थिए । कतै यस पटक आˆनो तथा आफूले चिनेका नाम पो उल्लेख गरिदिए कि भनेर उनको लेख पनि पढ्थे मानिसहरू ।
यी विपरीत धु्रवका लेखक एक अर्कालाई लेखक नै ठान्दैन थिए । यिनीहरूको जुवारी बेलाबेलामा पढेर पाठकले टाउको दुखाउनु पर्दथ्यो । अचानक एक दिन भट्टी पसलको एउटै टेबलमा दुवैजनाले रक्सी पिएर बसेको देखियो । पाठक प्रतिक्रिया पठाएर नया रेकर्ड कायम राख्न लागेका एक पाठ पनि छेउकै टेबलमा थिए । उनलाई दुवै लेखकले आˆनो ‘ˆयान’ ठान्दथे । यिनीहरूको मित्रता देखेर उनी आश्चर्यचकित भए ।
त्यसको केही दिनपछि कन्जुस लेखकले आˆनो लेखकहरूमा पटकपटक प्रसङ्ग मिलाएर भक्तिभाव प्रकट गर्दै छुल्याहा लेखकको नाम उल्लेख गर्न थाले । छुल्याहा लेखकले पनि कन्जुस लेखकलाई घोचपेच गर्न छाडे ।
आजकल पत्रिकामा लेखको स्तर खस्कियो भन्दै पाठक प्रतिक्रिया आउन थाल्यो । त्यसपछि सम्पादक चिन्तित बने ।
ब्रसेल्स, बेल्जियम
(स्रोत : मधुपर्क)