कथा : त्यो सानी केटी

~फणीन्द्रराज खेताला~

कुरा धेरै अघिबाट सुरु हुन्छ । अर्थात् झण्डै तीस वर्ष अघिबाट यो कथा सुरु गर्न सकिन्छ । म डेरा गरेर बसेको घरकै छेउमा ‘नया मान्छे आएर बसे छन् नि ‘ भनेर मलाई दुई-चारदिनअघि नै सुनाएकी थिइन् श्रीमतीले । ‘आए होलान् नि त, ती पनि त हामीजस्तै’ डेरै नै त होलान् नि’ भनेर मैले टार्न खोजेको थिएा । मैले वास्ता नगरेको देखेपछि श्रीमतीले भनेकी पनि थिइन्, ‘कस्तो अर्काको कुरामा ध्यान पनि नदिने मान्छे, यस्तासाग पनि के कुरा गर्नु !’ त्यसपछि अरू कुरा नै भएन । जुन घरमा नया मान्छे आए भनियाथ्यो, त्यसघरका मालिकसाग दुई दिनपछि बिहान घुमेर र्फकंदा भेट भो । मैले ‘नया मान्छे राख्नुभएछ नि’ भनेर सोधे । उनले जवाफमा भने, ‘नया मान्छे राखेको होइन, मैले त घरै पो बेचे त ।’ मैले ‘यति राम्रो बारी निकास सबै भएको घर किन बेच्नु भा’को भनेर सोध्दा उनले भने, ‘राम्रो मोल आयो, फेरि मलाई अलि ठूलो पनि भो त्यसैले बेचेको ।’ यहाा भन्दा बढी सोध्ने कुरा पनि भएन । समय बित्दै गयो ।

एकदिन बिहान म कोठामा बसेर चिया खाादै थिएा, श्रीमती आएर भनिन्, ‘कुनै नचिनेको मानिस खोज्न आएका छन् साथमा छ/सात वर्षकी एउटी केटी पनि छ ।’ उठेर झ्यालबाट आगनतिर हेरे । माथितिर नै हेरिरहेका उनले ‘ममाथि आउन सक्छु ?’ भने । मैले स्वीकृति दिएपछि उनी कोठामा प्रवेश गरे । नमस्तेको आदान प्रदान पछि मैले उनको परिचय सोधेा । उनले, आफू नन ग्य्राजेटेड अर्थात् नायब सुब्बा हुन्, काठमाडौा मालमा सरुवा भएर आएका घर पहाडमा हो तर काठमाडौा आएको निकै भो, डेरामा थिएा, अैले हालसालै तपाईंको छिमेकैमा घर किनेर सरेको । जहान छ जना छौ । दुई छोरा, दुई छोरी, अनि श्रीमती र म । नाम मेरो नीलकण्ठ, थर घिमिरे हो । यहासाग परिचय गास्न मन लाग्यो र आएको । अरू दिन अलि फुर्सत हुदैन, आज शनिबार त्यसैले … । उनले आत्मीयता देखाउदै आˆनो इतिबृत्त सुनाएपछि मैले पनि आˆनो परिचय दिदै भने, ‘मेरो त यो घर आˆनो होइन, म डेरामा छु तर घर लिएर बसेको छु । मेरा पनि फेदा फेदी छन् । ती सबै पढ्छन् । म आफू स्कुलमा पढाउने काम गर्छु ।’ उनले भने ‘यहााको बारे मैले सबै सुनिसेकेको छु । त्यसैले श्रद्धा लागेर नै भेट गर्न आएको हु । यो उनीसागको मेरो पैलो भेट थियो नया छिमेकीको नाताले तर उनी त आˆनो घरमा थिए । सायद स्थाई बसोबास नै गर्लान् । आˆनो त सिङ्गो भए पनि घर त डेरा न हो, कैले छोडिन्छ के ठेगान ?

केही दिनपछि, एक बिहान श्रीमती र म पशुपति दर्शन गरेर र्फकंदै थियौा । बजारमा नीलकण्ठ, उनकी श्रीमती र सानी छोरी भेट भए । नमस्ते आदानप्रदान पछि दुवै श्रीमतीबीच परिचय भयो । मैले उनीसाग छोरीको बारे सोधे, ‘तपाईंकी यो छोरी त अति राम्री रहिछ । कति वर्षकी भई अनि नाम के राख्नुभएको छ नि ?’ बाबु चाहिले बोल्नुभन्दा पैले छोरी चाहि नै बोल्न थाली, ‘मेरो कुरा के बुबासाग सोध्या ? मसाग पो सोध्नुपर्छ । म छ वर्षकी भए मेरो नाम उर्वशी हो, अब त पुग्यो ?’ उसको कुरा सुनेर हामी सबै हास्यौ । मैले उसको टाउको मुसारे । यसरी भयो उर्वशी नामकी त्यो बालिकासागको हाम्रो सान्निध्य । उर्वशी नामकी त्यो वाचाल बालिकातिर हामी दुवै आकषिर्त भयौ । श्रीमतीले सोधिन्, ‘तिमी मकहा जान्छ्यौ ?’ ‘नजिकै घर छादैछ, आउदै गरुला नि ।’ उसले जवाफ दिई/मैले नीलकण्ठलाई भने, तपाईंले छोरीलाई तालिम त राम्रै दिनुभएको रहेछ । म के तालिम दिन्थे, दिदी चाहिले दिन्छे नि ।’ हामी बिदा भयौ ।

एकदिन म बेलुकी पाच बजेतिर घर र्फकंदै थिए । मेरो बासस्थान पुग्नुअघि उनीहरूको घर पर्दथ्यो । ढोकामा उर्वशी गालामा हात लगाएर ठेलोमा बसिरहेकी देखे । मैले उसलाई सोधे, ‘नानी के गर्न लागिस् ?’ देख्नुभएन बसिरहेकी ? देख्दादेख्दै पनि के

सोध्या ? मैले आˆना दुवै कान समातेर भने, तासाग बोल्न सक्दिना म । म हारे । म घरतिर लागे । मलाई आश्चर्य लाग्यो, त्यो त्यति सानी केटीको, त्यति ाचभभ बलम ाचबलप भएर बोलेको र उसको हाजिर जवाफीको कला देखेर । उसको भविष्य कस्तो होला ? भन्ने कल्पनाको पोको बोकेर म घरभित्र पसेा ।

बाबुआमाकी कान्छी छोरी । उभन्दा माथि दुई दाजु र एक दिदी, घरमा सबै पुगीसरी आएका जागिरे मान्छे, काठमाडौामा घर, पहाडमा घर जग्गा सबै कुराले सम्पन्न नीलकण्ठले छोराछोरीलाई राम्रै शिक्षा दिएका रहेछन् । यसपछि धेरै दिनसम्म मैले उनीहरूलाई भेटिन । त्यसपछि म पनि नयाा घर किनेर अलि टाढैजस्तो सरे । सर्नुभन्दा अघि उनीहरूलाई श्रीमती र म घरमै गएर भेट गर्‍यौ । आफूहरूलाई थाहै नदिई जान लागेको, त्यसै जान कहा पाइन्छ, भोलि बिहान परिवारै हामीकहा खानुपर्छ भने । शिष्टाचार, बस, नाइ भन्न सकिएन । अझ उर्वशीले त म धेरै बोले भनेर मसाग डराएर भाग्न लाग्या हो कि, क्या हो ? पनि भनी । उसको त्यो अपनत्वको भावना देखेर मलाई निकै हर्ष लाग्यो । मैले आˆनो अन्तहृदयदेखि मुक शब्दमा उसको सुखद भविष्यको लागि आशीर्वाद दिए । यसको चार दिनपछि हामी घर सर्‍यौा । अब हामी दुई छिमेकी होइन पराई भयौा, किनकि उनीहरूको घर र हामी सरेको घरको बाटो फरक र दूरीमा पनि झण्डै घुमाउरो भएकोले एक किलोमिटर जति फरक पथ्र्यो । त्यसैले पैले दिनहुाजस्तो भेट हुने उर्वशी र उसका बाबुसागको भेटघाटमा अवरोध खडा भयो ।

उनीहरू सम्झन्थे वा सम्झादैनथे तर म चाहि त्यो वाचाल प्रकृतिको केटीको कारणले उनीहरूलाई सम्झन्थे । अनि घरमा कुरा पनि हुने गथ्र्यो । झण्डै दुई महिना जति पछि एक दिन नीलकण्ठ मेरो स्कुलमा आए । मलाई आश्चर्य लाग्यो, यो फागुन महिनाको पैलो साताभित्रको कुनैदिन थियो । आराम बिरामको भलाकुसारी पश्चात् मैले उर्वशीको बारेमा सोधे । उनले भने म त्यसैको बारेमा कुरा गर्न आएको । मैले सोधे, उर्वशीको बारेमा ? कुरा के हो ? मैले सोधेको जवाफमा नीलकण्ठले भने, त्यस्तो केही भएको छैन । ऊ स्वस्थ र निरोगी नै छ र बराबर सम्झने पनि गर्छे । ऊ अैले कक्षा तीनबाट उत्तीर्ण भई र वातावरण पनि अलि त्यस्तै भएकोले यहा भर्ना गर्न पाए हुन्थ्यो कि भनेर आएको । उसकी आमाले पनि दाइलाई निवेदन गरेर भर्ना गर्न भनिन् र त्यसैको लागि कष्ट दिऊ कि भन्या । मैले उसलाई चारमा भर्ना गरिदिए । भर्ना भएको दिन ऊसाग भेट भयो अफिसमा, उही उस्तै चालले उसले मलाई सम्बोधन गरी तर त्यो दिन विशेष गरेर नमस्ते गरी । सायद उसका आमाबाबुले सिकाएका थिए होलान् । उसलाई नजिकै बोलाई टाउको मुसार्दै मैले भने, उर्वशी ता यहा पढ्छेस् त ? ‘किन नपढ्नु त, पढ्न भनेर त आएकी तर कान निमोठ्न भने पाइन्न नि, मैले ऐले नै भनेकी छु । उसको कुरा सुनेर त्यहा भएका सबै हासे । बाबुले सम्झाउदै भने, ‘ता त के भा’ की छोरी, यो घर हो र यहा पनि उहासाग यसरी बोल्ने ?’ उसले जवाफ फर्काई, उहा पनि त बुबाजस्तै होइन र ?’

समय बडो बलवान् छ, साथै परिवर्तन सेकेण्ड, मिनेट घण्टा, दिनरात, हप्ता, महिना र वर्ष हुदै अगाडि बढ्दै जादा पनि समय आफू भने सधै जवान नै रहन्छ तर व्यक्तिलाई उमेरका हिसाबले बुढ्यौलीतिर धेकेल्दै लैजान्छ । चारमा भर्ना भएकी चुलबुले केटी उर्वशी दससम्म आइपुग्दा कैशोर्य पार गरेर सत्र बर्से जवान युवती बनिसकेकी थिई । उसले आˆना सबै बाल र कैशोर्यावस्थाका बानी बेहोरा छोडिसकेकी थिई । उसले एस.एल.सी. प्रथम श्रेणीमा उत्तीर्ण गरी । जुन दिन मैले चारित्रिक प्रमाणपत्रमा दस्तखत गरेर लब्धाङ्कपत्र समेत उसको हातमा राखिदिएा त्यो दिन पैलो पटक उर्वशी मलाई त्जबलप थयग … भनेर अभिवादन गर्दा अनौठो लाग्यो । पैलेजस्तै टाउको मुसारेर आशीर्वाद दिन उठिसकेको मेरो दाहिने हात रोकियो । त्यतिबेला उसले मेरो त्यो हात समातेर आˆनो शिरमाथि राख्दै नरम र नम्रस्वरमा भनेकी थिई, सर हजुरको आशीर्वादले मेरो कल्याण गर्नेछ । म हजुरकी छात्रा मात्रै होइन छोरी पनि हु । ढोकाबाट निस्की । जादै गरेकी उसलाई ढोकाबाट निस्कनु अघि एकपटक स्कुल भवनतिर हेर्दै गरेको देखे ।

केही दिनपछि शनिबार बिहान म घरपुग्दा उर्वशीसहित उनका पिता र आमा आएका रहेछन् । मलाई आश्चर्य अनुभव भयो । किनकि उनीहरू यसरी आएको यो पैलोपटक थियो तर उनीहरूको आगमनको कारण साधारण रहेछ । उर्वशी उत्तीर्ण भएकोमा कोसेलीको रूपमा मिठाइ उपहार बोकेर आएका रहेछन् । साधारण कुराकानी पछि उनीहरूले एकदिन आˆनो घरमा आउने आग्रह पनि गरे । त्यो दिन पैलेका दिनहरूभन्दा बढी नै गम्भीर देखिएकी थिई उर्वशी । यसपछि धेरै दिनसम्म उनीहरूसाग मेरो भेट भएन । कारण, झण्डै एक महिनापछि उमेरको हदले मैले स्कुलबाट अवकास पाएकोले बिहान बाहेक अरू बेला काम नपरीकन उस्तो बाहिर, निस्कन्न थिए तर पनि मलाई बराबर त्यो केटीको सम्झना आउने गथ्र्यो । घरमा आˆनी श्रीमतीसाग बराबर कुरा गर्थें । समयअगाडि बढ्दै गएर बर्सौं बित्यो । एक प्रकारले उर्वशी र उसको घरका परिवार नै मेरो सम्झनाबाट झण्डै ओझेलमा परिसकेका थिए ।

एकदिन बिहान अलि ढिलो गरेर म आˆनो साबिक प्रातः भ्रमणमा निस्किए । म आˆनै धुनमा मनमा के के कुरा खेलाउदै जादै थिए । आज मन पनि त्यति प्रसन्न थिएन । कारण थाहा थिएन किन यस्तो भइरहेको छ । म सरासर भुवनेश्वरीको बाटो हुदै गौशालातिर लागे । त्यताबाट जयवागेश्वरी हुदै मित्रपार्कको ओरालो झर्दै थिए अलि परबाट एउटी अधबैसे महिलासाग आधुनिक परिधान कि एउटी युवती उकालो उक्लादै गरेको देखे । नजिक पुगेपछि चिनेा- उर्वशी र उसकी आमा हुनुहुदोरहेछ । आमाले सेतो वरखी बारेको कपडा लगाएकी थिइन् । एक पटक म झस्के । अझ नजिक पुगेपछि दुवैथरी रोकियौ । देखे उर्वशी सौभाग्य श्रृङ्गारमा थिई भने साथैको प्रौढा उसकी आमा… म बिलखबन्दनमा परे । उर्वशीले मलाई हेरेर आखाभरि आसु पारी । मैले सोधे- यो सब के हो उर्वशी ? ऊ अझ मेरो नजिक आई र दुवै हातले मेरो कम्मरमा समातेर घुक्का छोड्दै भनी ‘बुबा, मेरो बुबाले हामी सबैलाई छोडेर जानुभयो ।’ मैले किन थाहा पाइन त । सोधे उसले भनी, ‘मैले स्नातक परीक्षा पास गरेपछि, बुटवल हजुरबुबाकहा नै गएर मेरो विवाह भयो । त्यसको दसदिन पछि यता फर्किने अघिल्लो दिन राति हर्ट अट्याकबाट बुबा बित्नुभयो । हामी त अस्ति मात्र र्फकेका । दाइ परिवारसहित अमेरिका यहा मुमासाग भाइ र म छौ, दिदी आˆनै घरमा ।

(स्रोत : मधुपर्क)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.