~दिपक थापा~
नयाँ लुगा लगाउन पाइने खुसीमा उफ्रिदै थिए केटाकेटीहरु कसैलाई भ्याई नभ्याई थियो फुर्ति लाउनुमा ” मेरो त जिनको प्यान्ट ल्याई दिनु हुन्छ रे ड्याडीले”” मेरो त घरमा ठुलो खसी ल्याउने रे “” हाम्रो घरमा पिंग हलनी रे ” साथीहरुको पालै पिलो संग आउने आवाजलाई कुनै वास्ता नगरी बस्यो डल्ले त्यो बखत. छेवै बाट पिंगको झड्का संगै “दसैँ आयो हो हो दसैँ आयो ” भन्ने बोलको गीतलाई ठुलो जमाथ सुरमा सुर मिलाई रहेथे. बिल्कुलै रमाइलो दिन आकाशमा चरा चुरुंगी खुसि साथ् उडी रहेथे मानौ दसैँ उनीहरुको मात्र पेवा हो अनि त भुइँबाट उडाइएका काइट संग संगै प्रतिस्प्रदा गरि रहेथे सकी नसकी उडेर. रातो माटोमा सजिएका घर अनि सुनौलो वातावारन संगै हर्स उल्लास सबैका अनुहारमा प्रस्टै संग झल्किएको देखिन्थ्यो उदास छ त केवल डल्लेको बा खै किन हो उसलाई आज दिन पनि रातझैँ, हाँसु हाँसु र रमाईरहू जस्तो लाग्ने संसार एकाएक शम्सान घाटझैँ निस्पट र सुनसान भएको छ अनि त पुर्पुरोमा हात राखी आफै भित्र हराको छ आज उ ।
जीवनमा फेरी एक पटक ठुलो चोटको भारीले थिचेको छ र प्राए जसो बर्सेनि थिचीरहने गरेकोछ उसलाई. लामो खुइ तान्दै टोपी फुकाली निधार र गालाबाट गन्तब्यबिहिन भएर बगेका पसिना पुस्छ उसले ।
हिजो सम्मका त्यी घरका रमाइला एक – एक खुसिहरु औसीको रातमा देखिने कालो बादलको साथमा हानिएर अकल्पनीय ठाउमा होमिदै छन् उसका लागि ।
फेरी निक्कै बेर टोलाऊदै सोच्छ” रात कहिले नाबितोस अनि भोलि कहिले नआवोस डल्लेका बाका लागि।
एकछिन टोलाए पछी आकाशमा देखिदै गरेको घाम हेर्छ “……………..३ बज्न आँटेछ” काँधमा एउटा गरिबी झल्काउने पुरानो गाम्चा वा तव्ली राख्छ र लाग्छ उ उकालो देसिको बाटो । पहिला जति गम्बिर देखिन्थ्यो त्यस भन्दा पनि सयौ गुना बडी गम्बिर भएको थियो उ त्यसैले त चर्को घाम अनि प्रचण्ड गर्मि नभनी उकालो बाटोलाई चिरेर कर्नेल राहुतको घरको आँगनमा उभिएको थियो उ।
गरिबीको च्यादर ओडेर पनि उसले आफ्नो उदाङ्गो बृक्ष्यस्थल कहिले पनि लुकाएर लुकाउन सकेको थिएन न त करोडौ कोसिसमा बदल्ननै त्यसैले त एउटा भोको भिखारी सरह उ त्यहाँ उपस्थित भएको थियो केहि पाउने आसमा तर त्यो आभागिको पिरमार्का कसैले पनि बुझेनन् न त बुझेझैँ गर्ननै आए उसको सामिप्य ।
कर्नेल राहुतको पुजीबादी हाँक र डल्लेको बाको गरिबी एउटा खोलाको दुइ किनाराका रुपमा देखा परे त्यी न त चाएर मिलन सक्छन नत मिल्नेनै छन् कालान्तर सम्म. डल्लेका बाको प्यारो खुल्ला आकास अनि पुरै धर्ति बाहेक उसको हुदै नभएको जमिन र गरगहनाको फाइदा अनि कमि कमजोरी उठाएर कर्नेल ठुलो धनको घमण्डको सागरमा पौरी खेलिरहे नि…..कै….बे….र…
आफ्नो भाग्यलाई एउटा बेवारिसे बाटाको कालो बिनाकामे ढुंगा संग तुलना गर्यो , त्यै ढुंगालाई कर्नेलको रिस पोख्न एक लात बल गरेर बजार्यो र गंगनिदै ओरालो झर्यो उ. बाटामा देखिने उसैका खाली खुट्टाका पाइलाहरुले पनि गरिबीकै या भनौ त उसकै खिसी गरेको पायो उसले. बाटामा बजार भरेर आउने मानिसहरुको लामबाट सक्दो बच्ने प्रयास गर्दै उ आफ्नै धुनमा लुक्स्दै र छेलिदै घर नजिकै पुगेथ्यो मात्र उसले आँगनबाटै घरभित्र एक मात्र छोरा डल्लेको आवाज सुन्यो ” आमा – आमा मलाई नया लुगा र एउटा कालो अनि ठुलो खसी चाइयो ……काले …….हरि …….अनि श्यामहरुको जस्तै”..पछी भित्रै बाट उसकी स्वास्नी खै के भनेर डल्लेलाइ सम्झाई रहेकी थि त्यता पटी उसले कुनै ध्यानै दिएन किनकि आफ्नो एकमात्र छोराको मार्मिक सब्दहरु सुनिसकेपछी एकासी संसार भासिदै गयो उसकालागि अनि सम्झ्यो आफु स्यानो छदा दसैँ मेलामा एउटा पटका र झिर झिरे किनिमाग्दा आमाले भनेका कुराहरु” बाबु पोइसा छैन त आफै थाहा पाईहल्छसनी ठुलो भए पछी जिद्दी नगर न” । उसका जिउने आधारका धर्का मेटिदै गएझै लाछ उसलाई कारण उ फेरी आब कसैलाई केहि पाउने आसमा प्रकृतिले दिएको परिचय “गरिबी ” आफ्नो नाङ्गो छाती चिरेर देखाउनु पर्ने छ आफ्नो र घरपरिवारको खुसि लागि पनि । उसले चाएर पनि एउटा छोराको इच्छा पुरा गर्न सकीरहेको थिएन त्यसैले त उ झन् गहिरो खाडल भित्र पसेको जीवझैँ आतिदै खोज्न थाल्छ” अब आज एकै दिनमा के गर्ने ? कहाँबाट आशाको बत्ति बाल्ने हो ? उफ ! उसै त म गरिब ।
अमेरिका
(स्रोत : Globe Nepal News)