~प्रेम वली~
टुपी कसी कसी
घँुडा धसी धसी
सानो तिनो
सरकारी जागीर खाइयो
सन्तानको भविष्य हेर्दै
बस्न राजधानीमै आइयो
अफिसमा हे¥यो
अक्तियार पख्लास् भन्दै पस्याछ
घरमा हेर्यो
महङ्गी थपक्क चुलोमै बस्याछ
भ्रष्टाचर बढ्यो भनी
पत्रिकाले छापेको बेला
खल्ती सारा रित्तिएर
अनिकालले च्यापेको बेला
एक दिन गृहिणीले आदेश गरिन्–
बजारबाट आज नयाँ तरकारी ल्याउने !’
छोरीले त्यसमा शंसोधन गरिन्–
‘हैन, आज त मासु नै पकाउने ।’
मैले गाम्नागे पारामा भनेँ–
‘बिहान आलु र मुला खाने
बेलुका मुला र आलु खाने’
हिंसामा हामी किन जाने
अर्काको ज्यान मारेर
अब मांसपिण्ड कति खाने ?
मेरो आलुपाँडे दाउले
ठाउँका ठावै हावा खायो
गृहमन्त्रीको कडा आदेश आयो –
खुरुक्क तरकारी लिन बजार जाऊ
नयाँ,मिठो तरकारी जे छ
सुरुक्क उठाएर आऊ ।
मन मनै मात्र भने –
हो त नि तिम्रा बाउले ठुलै
पसल खोली राख्याछन्
धोत्रैm लिएर आऊ ज्वाइ भनी
अस्ती देखी नै डाक्याछन् ।
गृहिणीको अनुहार ठसठस थियो
छोरीको मुख खसखस थियो
मेरो मन झन् चसचस थियो
एउटा थोत्रो झोला बोकें
उधारो लिन कुलेलम ठोकें
दाल चामल माग्दा साहुले
पुरानो नतिरेको तितो पोखे
सधै नमस्कार गर्ने मासु साहुलाई
(स्रोत : Commanderpost.com )