~एल एन सुवेदी ‘हस्ती’~
कुनै एउटा सम्बृद्ध राज्यमा शान्त र भलाद्मी किसिमका राजा राज गर्थे । जनताहरू प्राय: सबै सुखी नै थिए । जनतालाई कुनै किसिमको दु:ख नहोस् भनेर राजा सधै चिन्तित हुन्थे ।
राज दरबारमा धेरै नोकर चाकरहरू थिए । तर राजाको हेरचाह गर्ने नजिकको विस्वास पात्र एउटा अति नै सोझो र ईमान्दार बाँदर थियो । ऊ हमेशा राजाको देखभालमा तल्लिन हुन्थ्यो ।
एक दिन राजा आराम गर्ने क्रममा निदाएका थिए । बाँदर राजाको छेउमा बसेर राजातिर हेर्दै थियो ।
यतिकैमा एउटा झिङ्गो उडेर आयो र राजाको खुट्टामा बस्यो । बाँदरले झिंगालाई खुट्टाबाट धपायो । झिङ्गो उडेर फेरि हातमा आएर बस्यो । बाँदरले त्यहाँबाट पनि झिंगालाई धपायो । झिङ्गो फेरि पेटमा आएर बस्यो ।
बाँदरको निकै पारो तात्यो र त्यहाँबाट पनि झिंगालाई लघार्यो । धूर्त झिङ्गो फेरि आएर राजाको घाटीमा बस्यो ।
बाँदरलाई सही सक्नु भएन र नजिकै राखेको तरबार निकाल्यो र राजाको घाटीमा बसेको झिंगालाई छप्काउने शुरमा जोडसँग हान्यो । झिङ्गो उडेर गयो र राजा दुई टुक्रा भए ।
बाँदरले पश्चाताप गर्दै रुदै भन्यो , “ झिंगाको जाल महाराजको काल ।”
अहिले हाम्रो देशमा पनि त्यस्तै भएको छ ।
(स्रोत: Blog)