~सुरेश खनाल ‘बिर्खे माईला’~
एउटा पुरानै कथा वार्तालाप शैलीको!
बस स्टप-
” हाssssई! खै त यार, बस त आएन त?”
” मान्छे समात्दै कोच्दैहोला नि बसमा उता थापाथली तिरै..”
” आज नि मु- हाकिम झोक्किने भो यार मेरो त, तीन दिन भै सक्यो सधैँ ढिलो!”
” हाहाहाहाहा! साँच्चि यार तेरो हाकिमको थुतुनो सम्झ्यो कि मलाई त कोक्याएर हाँसो उठ्छ! हाहाहाहाहाहा!”
” हाहाहाहाहहा..के गर्नु यार जस्तो भएनि त्यसैको अन्डरमा बस्न परिरा छ!”
” बुढि चाहिँ पा’को हो बजियाले! तर त्यसकि बुढिको माया लागेर आउँछ, च्व… च्व.. च्व..कसरी रात काट्दी हो बिचरी?”
” जसरि काटे नि काटोस… एत्रा पिर हाम्लाई..कसैलाई आँखा नदेख्ने छँडुल्लीहरु, पैसो देखेसि उमेर सुमेर केहि नचाहिने!, हामि जस्ता ठिटा मर्या थ्यौँ र त्यस्तो फुटबल जस्तो बुढो संग जानु पर्ने यिनिहरुलाई?”
” पैसो कमा न मु- त्यस्ता तरुनि त रोजि रोजि”
” त्यो सन्तोषेले त्यसलाई आमा भन्छ कि के भन्छ होला?”
” यत्रो नि भन्दैन आमा तेल्ले, एक त सौतेनी आमा, अर्को त्यो भन्दा २ बर्ष मात्र जेठी”
“ तर त्यसले त सन्तोषेलाई छोरा जस्तै माया गर्छे रे भनेर भन्दै थ्यो हाकिम अस्ति कुन दिन हो पन्ते खरदार संग!”
“ गरिहाल्छे नि माया त हाकिमलाई भन्दा नि धेरै, अचेल त क्याम्पस नि जाँदैन रे सन्तोशे, दिनभरि घर बस्छ रे आमा संग…खितितितिति”
“ हाहाहाहहाहाहा”
“हाहाहाहहाहाहाह खितितितिति”
“ चुप लाग् मुला हाकिमले सुन्यो भने जागिर चेट हुन्छ”
“ के डराको? तेरो हाकिमले याँ त्रिपुरेश्वरको बस स्टपमा गर्या कुरा सुन्ला नि अब”
“ ओइ!!! उता हेर् त!”
“कता्”
“उता पसल बाहिर के!”
“ ओहो! एक्लै जस्ति छे”
“ हो हो एक्लै छे”
“ मेरो त मुखमा पानी आयो हाहाहाहहाहा, आजकल जे पनि बिकासे हुन्छ खितितितिति”
“ हाहाहाहहाहा चुप् लाग मु- , तँ त्यो बाहेक के देख्थिस् र”
“ बस नै कुरिरा जस्तो छ”
“यत्तिको पाए त बिहे गर्थेँ यार!”
“ “
“ “
“ ओइ! के एकोहोरो घुरिरा् तेल्लाई?”
“ म संग आँखा जुधा जस्तो लाग्यो, सोझि जस्ति छे यार”
“ बाहिरबाट सबै सोझि देखिन्छन्”
“ ऊ, देखिस्? फेरि हेर्या थि मलाई!”
“ ल ल मोज गर्, गफ् दिन जा न हिम्मत छ भने!”
“ ओइ! …ओइ!.. त्यो चुरोट भित्र राख् त मुला, झन सोझि जस्ति छे भन्दै छु यहि बेलाँ चुरोट झिक्छ!”
“ मुला अघि तान्न मन लाग्यो भन्या हैन?, अहिले हिरो बन्न चुरोट राख् भन्छ”
“ फस्ट इम्प्रेसन राम्रो राख्नु पर्छ रे के”
“ तँ इम्प्रेसन राम्रो बनाउँदै गर् आफू त तानिन्छ मजाले बस नआउन्जेल!”
“ “
“ “
“ल ल बस आयो! त्यो संगै उक्लनु पर्छ हिहिहि”
“ओहो बल्ल आयो बस! ल ल संगै टाँसिएर बस्लास्!
“बस नि कोचाकोच रेछ”
“ “
“ “
“ छिटो हिँड् आज त हदै ढिलो भैसक्यो”
“ पख न मुला, त्यो चढेकै छैन”
“ खोइ त त्यो त चढिन त!”
“ बस भिड भएर होला!”
“छिटो! छिटो! छाड्दे मुला केटि सेटि हिँड्, बस चलाउन लाग्यो!”
“ ह्याsss! यसै ढिलो उसै ढिलो, अर्कोमा जाउँला त्यो संग”
“बहुलाइस् कि के हो?”
“ बस् न यार, लाइफमा कुनै केटिले नि यस्तरी हेर्या थेन यार मलाई, पर्खि न अर्कोमा जाउँला”
“ यसमा त अब जान खोजे नि पछि पछि दौडे मात्रै हो, ऊ टेकु पुग्न लागि सक्यो बस त”
“ हिहिहिहि”
“ के हो लभ नै पर्यो कि के हो?”
“ हामितिर हेर्दै थि अघि, हाम्लाई नि भिडभाड मन पर्दैन भन्ने राम्रो इम्प्रेसन पर्यो तेल्लाई!”
“ अर्को बस चाहिँ के खालि आउला र खै?”
“ ओई! अगि भर्खर फुक्या हैनस एउटा चुरोट? फेरि किन निकाल्या?”
“ एक त बस चढ्न दिँदैन अर्को मैले चुरोट खाँदा नि उस्को इज्जत जाला जस्तो गर्छ मु-“
“हिहिहिहि”
“ओई! हेर् त, त्यो बाइक तेरो मैया निरै रोकियो!, केटि नि बबाल मस्किरा छे त, क्या हो?”
“ ह्या मुला, चिन्या मान्छे होला नि त्यो बाइकवाला”
“हेल्मेट खोल्यो बाइकवालाले! केटो त ह्यान्सी रेछ नि!”
“ दाई, भाई कोहि हो कि?”
“ के को दाई भाई नि, ऊ हेर् त पछाडि बसि टाँसिएर”
“ “
“के भयो??? हेर् तेरि मैया पछाडि बसि ढेपिएर, त्यसको ब्वाइफ्रेन्ड जस्तो छ!
“हँ? हम्मम्”
“ खितितितिति! तेरि सोझि मैया त गई ब्वाइफ्रेन्ड संग टाँसिएर….हाहाहहाहाहाहा……मुला बेकारमा बस छुटाइदिएर!”
“ चुरोट झिक् झिक्!”
“खितितितितति हाहाहाहाहहा अब चुरोट चाहियो यल्लाई हाहाहाहा”
“चुरोट झिक् न मु- अनि म ट्याक्सि खोज्छु,….. मैले थाहा पाइसकेँ आज ढिलो भयो भने जागिर चेट!”
“हाहाहाहाहा”
“ — जस्तो दिन्दगी साला! त्यो सन्तोशेको लाईफ देखेर इर्ष्या लाग्छ”
“ ट्याक्सीsss”
“ट्याक्सीsss”
(स्रोत: Dautari )