कथा : रुपकी रानी रुपा

~बुद्ध चेम्जोङ लिम्बु~

बिमल कुमार, यस्तै करिब ३५ बर्षको बिबाहित पुरुष हो, ऊ काठमाडौँको एक प्रतिष्ठित कम्पनीमा जागिर खाईरहेको छ | उसको कम्पनीमा पनि ऊ निकै इमान्दार अनि मेहनेती अनि अलि गम्भीर स्वभाबको मान्छे भनेर चिनिएको छ | सधै अफिसमा कामको चपेटा अनि हाकिमको थोर बहुत गालि र अफिस कै साथीहरुले काममा डाहा गरेको देखेर ऊ निराश हुन्छ कहिले कही | एकतिर कामको टेन्सन त्यो माथि संगै काम गर्ने साथीहरुले इर्श्याले गर्दा झन नराम्रो अनुभब गर्छ बिमल कुमारले | उसको श्रीमती घरमा नै बस्छे | यस्तै ऊ भन्दा २ बर्ष कान्छी होलिन् श्रीमान भन्दा,तरुनी उमेरमा निकै राम्री थिइन | तर घरमा नै बसेर होला अहिले अलि निकै मोटी भएकी छिन र तिनी आफ्नो शरीरको त्यति ख्याल गर्दीनन् | एउटा छोरालाइ हेरविचार अनि स्कूल पठाउने अनि घरको सबै कामहरु तिनी सम्हाल्छिन |

बिमल कुमार आज अलि थाकेको महसुस गर्दै ५ बजे तिर घर फर्कियो | घरमा श्रीमती छोरा साझको तरकारी किन्न तल तिरको अलि टाढा पसलमा गएका रहेछन | ऊ खुइय्य गर्दै कोठामा पसेर सोफामा बस्न पुग्छ | कामको बोझले थाकेकोले होला केहि बेर सोफामा शरीर छोडी दिन्छ |

बिमल कुमारको अनुहारमा चमक छ आज, ऊ त्यो पल्लो घरको भाडामा बस्ने भिम नारायणको छोरी रुपासंग न्युरोड तिर हिड्दैछ | रुपा १२ क्लासमा पढ्दै छे, तिनी गोरी अनि निकै राम्री छे साथै पढाईमा पनि ठिक ठिकै छे | रुपा निकै चुलबुले अनि कुनै पनि केटाहरुलाई आकर्षित गर्न सक्ने खाल कि केटी हुन्, तिनको बोल्ने हाउभाउ अनि आँखाको नजर त्यस्तै छ | जो कोहि पनि एक पटक रुपासंग बोल्न हिड्न पाएमा तरंगित हुने गर्छ, मतलब रुपामा यौन आकर्षण छ |
बिमल कुमार र रुपा न्युरोड कै एक रेस्टुराँमा पस्छन, रुपाले मिनी स्कर्ट त्यस माथि अलि पातलो खालको सेतो शर्ट लगाएकी छे, कलेज ड्रेसमा नै छे | घरीघरी बोल्ने हास्ने क्रममा तिनको पुष्ठ नितम्बको आकृति शर्टमा स्पस्ट देखिने गर्छ, यो बेला बिमल कुमार केहि अप्ठ्यारो महसुस गरे जस्तो गरी लुकेर हेर्ने गर्छ | रुपाको मिनी स्कर्ट पनि अलि छोटो भएकोले न्युरोड बाटोमा आउदा देखि नै बिमल कुमारले घरि घरि घुडा माथिको मुलायम तिघ्रा हेर्दै थियो तर धित मरेको थिएन |

बिमल दाई “मलाई के खुवाउने आज?” त्यसै त बिद्यार्थी जीवन, सधै पैसाको खाचो, रुपा आज खुशी छे | त्यही माथि अफिस गर्ने बिमल दाईले रेस्टुराँमा खुवाउन लगे पछि |”अनि के खान्छौ तिमी जे जे मन पर्छ अर्डर गर न” बिमल कुमार रुपालाई आस्वस्त पार्दै भन्छ | ऊ निकै रोमान्चित भएको छ रुपालाई आफ्नो नजिक पाएकोमा | सायद उसको युवा उमेरमा यस्तो अनुभब लिन पाएन होला त्यसैले | हुन पनि त्यो बेला बिमल कुमार पढाई बाहेक अरु कुरा सोच्ने गरेन, भनौ उसको साथी संगी त्यस्ता थिएनन र वातावरण नै बनेन | अर्को कुरा घरमा बुवाको अनुशासित भएर हिडडुल गर्नु भन्ने निकै कडा नियमले गर्दा त्यो सम्भब नै भएन बिमल कुमारको लागि |
रुपाले बफ म:म अनि एउटा कोक अर्डर गरी र बिमलले थुक्पा साथै कोक नै अर्डर गरे |”अनि रुपा तिम्रो पढाई के कस्तो हुदै छ” कुराकानीलाई अगाडी बढाउने क्रममा बिमलले सोध्यो, “के हुनु दाई, यस्तै हो कलेज गयो आयो खोइ किन हो, त्यति पढाईमा मनै जादैन” | हुन पनि त्यो १८ बर्षको टिन एज, काठमाडौँ जस्तो रमझम भएको सहरमा राम्रो कपडा लगाऊ, मिठो खाउ, मोज गरौ भावना हुनु स्वाभाविक थियो रुपालाई | फेरी तिनको घरको स्थिति पनि खासै राम्रो छैन बडो मुस्किलले रुपाको पढाई खर्च धान्दै छ तिनको बुवाले |”हेर! रुपा हामी मानिसले पढ्नु पर्छ, भोलि केहि सुख पाउनलाई दु:ख त हुन्छ नै शुरुमा,आतिनु हुदैन है” भन्दै सम्झाउन खोज्छ |”आ बिमल दाई पनि, म कहा आतिएको छु र …के गर्नु आफुलाई यहा साथीहरुसंग हिड्न पनि अप्ठ्यारो हुन्छ,साथीहरु हरेक महिना नया लुगा लगाउछन,आफु भने यस्तै हो,भनेको लुगा लगाउन पाए त म राम्ररी पढी हाल्छु नि” | एकै पटकमा त्यो लामो कुरा गरी रुपाले,त्यतिकै बेला कोक ल्याई दिए साहुजीले | बिमल कुमारले ल कोक पिउ है भन्दै, एक चुस्की लगाए उनी आफैले पनि |

रेस्टुराँमा टेबल अनि कुर्सि सागुरो थियो,रुपाले त्यहा कुर्सिमा गोडा अलिकति फाटेर बसेकी थिइन् | अचानक बिमलले रुपाको घुडा माथिको चिल्लो तिघ्रा नियाल्न पुग्यो, उसलाई रोमान्चित बनायो |फेरी हेर्ने मनशाय त थियो तर लुकी लुकी हेर्नु एक त दाईको नाताले अप्ठ्यारो थियो | तापनि छोरा मान्छे न हो त्यसै पुरुष बर्गमा नै पर्यो बिमल कुमार, संसारमा यौनमा कोहि पनि प्राणी अछुतो छैनन् |यहि बीचमा म:म र थुक्पा पनि ल्याई दिए साहुजीले, अझै पुगेन भने फेरी पनि मगाउ है भन्दै बिमल कुमारले खान शुरु गरे |

थुक्पा खादै पनि बिमल कुमार घरिघरि रुपाको बक्षस्थल नियाल्दै थियो | हुन पनि रुपाको नितम्ब निकै ठाडो ठाडो थियो र त्यो लगाएको शर्टमा प्रष्ट देखिन्थ्यो |यो उमेरमा अहिलेका टिन एजका केटीहरु पनि केटाहरु आफुतिर आकर्षित होस् भनेर अलि खुला शर्ट या टाइट टि शर्ट लगाएर हिडेको सबैलाइ सर्बविदित नै छ |यसमा रुपा पनि के कम,राम्री देखिनु अनि केटाहरुले हाइ सेक्सी भनेको मन पर्न थालेको थियो तिनलाई | बाहिर रिसाए जस्तो गरे पनि केटाहरुले सेक्सी भन्दा खेरि,कति केटीहरु भित्र मन मनमा खुशी भएको आभाष पाइन्छ नै | बिमल कुमार पनि के कम, रुपासंग कुनै नजिकको नाता सम्बन्ध थिएन | यदि रुपाले चाहेमा उनीहरु बीच यौन सम्बन्ध हुन पनि कुनै बाधा हुदैनथ्यो |तर ऊ बिबाहित अनि ५ बर्षे छोराको बाउ थियो | आज किन किन ऊ रुपालाई पाएर खुब रमाई रहेको छ |मानौ भर्खर उमेर कि रुपालाई पाएर अर्कै संसारमा बिमल कुमार रोमान्चित भैरहेकोछ, लाग्छ भर्खर माया प्रिती गास्दै छ रुपासंग |

अनि दुवै जनाले म:म अनि थुक्पा खाइसके बिमल कुमारले भन्यो “रुपा आज जय नेपाल हलमा रोमान्टिक हिरो शाहरुख खानको “दिल तो पागल हाइ” चलिरहेको छ, हेर्न जाने हो?” रुपाले यसो टाउको कन्याएर भनिन् ” बिमल दाई म संग पैसा नै छैन अनि” |”रुपा तिमी चिन्ता नगर, म तिरी हाल्छु नि” भन्दै बिमलले आफ्नो पैसा कमाएको पुरुषत्व देखायो, ल ल दाईले भने पछि म त तयार छु रुपा फुरुंग भइन् |दुवै जना न्युरोड रेस्टुराँबाट निक्लेर बिमल कुमारको मोटर साइकलमा जय नेपाल सिनेमा हलमा आई पुगे |अनि बाल्कोनीको टिकेट काटेर दुवै जना भित्र पसे, फिलिम शुरु हुन लागेको थियो | रुपा बिमल कुमारको पछि पछि हिड्दै थिइन, अनि दुवै जना सिटमा बसे |

फिलिम शुरु भयो, शाहरुख खान देखे पछि त्यसै त रुपा उसको फ्यान झन खुशी भईन् |हल भित्र अध्यारो थियो घरीघरी पर्दामा फिलिमको लाइटले अलि अलि उज्यालो देखिन्थ्यो हलमा, यस्तैमा रुपा बिमल कुमारसंग कुम जुधाएर बसिन् |आखिर मानिसको मन न हो, माया भन्ने कुरा धेर थोर हुन्छ नै समिपमा भए पछि |बिमल कुमार पनि रुपाको कुममा हात फैलाएर राख्यो, मतलब उसले पनि माया दर्शायो रुपा माथि | रुपा अलि तरंगित भइन्, सायद पुरुषत्वको स्पर्श नै यस्तै हो |
बिस्तारै फिलिम हेर्ने क्रममा बिमल कुमारले रुपाको हात समाते | अनि हातमा छोटो किस गरे, रुपा चुपचाप बसिन् सायद रुपालाई पनि मिठो अनुभूति भयो होला |अब बिमल कुमारको आट आयो, रुपाले केहि नकारात्मक कुरा नगर्ने रहेछ भनेर अनि उसले बिस्तारै रुपालाई त्यही बसेको सिटमा नै अगालोमा बाध्यो | अनि उसले भन्यो ” आइ लभ यु रुपा, आइ लभ यु सो मच|”
केरे कसलाई आइ लभ यु हरे…..पागल भयौ कि क्या हो भन्दै बिमल कुमारलाई झकझाकाइन् उसकी श्रीमतीले | बिमल कुमार त्यही सोफामा कुशन सिरानीलाई अँगालो मारेर सपनामा अर्ध निन्द्रामा बर्बाराएका रहेछन्, उसै बेला श्रीमती पसलबाट तरकारी लिएर आई पुगेका रहेछन् | धत्! क्या मिठो सपना भताभुंग भयो, हास्दै बिमल कुमार अफिसको पोशाक फुकाल्न थाले |

राजारानी १ धनकुटा
अक्टोबर २००९

(स्रोत: Sabdankur)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.