~किशोर सापकोटा~
फोन राखे पछि मात्रै मैले सोचें – आखिर, किन समिताले मलाई भेट्न चाही ?
मेरो कलेजको सहपाठी थिइ ऊ । मोरी राम्री पनि । मलाई साह्रै मन पराउँथी । मेरो आफ्नै ताल । केटाहरु भन्थे – त्यस्तो लाइन मारी राछे, तँ भने किन वाल मतलव दिदैनस् ?
म त वुकिङ भइसकेको थिएँ । केटाहरुलाई भन्ने कुरा भएन ।
‘समिता त के हो र ? मेरो रिलेसनसिपमा त कस्ता कस्ता केटीहरु छन् ।’ म गफ दिन्थें । केटाहरु पत्याउँथे । समिताजस्ती केटीलाई समेत वास्ता नगर्ने भएपछि मेरा कुरामा कसले विश्वास नगर्ने ?
वालअवस्थामा परिवारका अगाडि खेलौनाको दुलही वोकेर हिँडिन्थ्यो । मलाई कहिले दुलही ल्याइदिने भनेर वुवाआमालाई हैरानै पारिन्थ्यो । किशोरावस्थामा प्रवेश गर्न लाग्दा कसैले केटीसँग नाम जोडेर जिस्काए भने लाज लाग्थ्यो र रिस पनि उठ्थ्यो । तर कलेज जान थालेपछि वढीभन्दा वढी केटीसँग नाम जोडिन पाउनु गर्वको कुरा हो भन्ने सोच हुन्छ । म गफमा रमाउँथे । तर वास्तविकता अर्कै थियो ।
एक दिन मलाई समिताले नै वाटो रोकी । वरीपरी कोही नभएको देखेपछि उसले मेरो वाटो रोकेकी थिइ । साहसी थिइ मोरी । मनमा लागे पछि भनी हाल्थी ।
‘म तिमीलाई माया गर्छु तर तिमी भने मलाई वास्तै गर्दैनौ, तिमी वास्तवमा नै मलाई माया गर्दैनौ कि मलाई सताइ मात्रै रहेका छौ ?’
समिताका लागि ज्यान दिन होइन ज्यान लिन चांहि तयार हुने केटाहरुको कलेजमा कमी थिएन । तर उसले मलाई नै यो प्रश्न गरी । म गम्भीर भएको थिएँ ।
‘मलाई आगोसँग खेल भन्छ्यौ भने जल्न तयार छु । पानीसँग खेल भन्यौ भने डुव्न तयार छु । वारुद्धसँग खेल भन्छ्यौ भने पड्कन तयार छु । हावासँग खेल भन्छ्यौ भने उड्न तयार छु । तर भावनासँग खेल नभन न वावा ।’
मैले उसलाई ‘वावा’ भने । अत्यन्त थोरै नारीहरुलाई मात्रै म ‘वावा’ भन्छु । जो साँच्चै नै मेरो दिलमा वस्न लायक हुन्छन् । समिता लायक थिइ । यसमा कुनै सन्देह थिएन । किनकी केटी चिन्न म गल्ती गर्दिन भन्ने मेरो अभिमान थियो । अझै छ । मैले उसलाई अँगालोमा बाँधेर निधारमा चुम्वन गरे । यो माया थियो तर कामुकता थिएन ।
‘म तिम्रो भावनासंग खेल्न सक्दिन किनकी म अर्कै केटीलाई माया गर्छु ।’ मैले सत्य वताइदिएँ । ऊ आश्चर्य चकित भइ । यो दुनियाँमा कुन पुरुषले कुनै सुन्दरीलाई म अर्कैलाई माया गर्छु भन्छ र ? तर म भन्छु ।
म मनमनै सोच्छु – कसैसँग साइनो गास्ने सम्झौता गरिसकेपछि अर्को नारी वा पुरुषसँग समान सम्वन्धमा केका लागि रहनु ? त्यसको उदेश्य के हो ? सवैले वुझेका छन् – सम्वन्ध । सम्वन्ध केका लागि ? – सन्तुष्टिका लागि । सन्तुष्टि कति समय कायम रहन्छ ? – केही पल । केही पलको सन्तुष्टिका लागि बाँकी तमाम पलहरु असन्तुष्ट हुने वा तनावमा रहने सम्वन्ध किन चाहियो ?
कसैलाई मन पराउनु, कसैसँग माया गर्नु र कसैसँग जीवन विताउनु फरक फरक कुरा हुन् ।
म समितालाई मन पराउँछु, सत्य हो । म समितालाई माया गर्न पनि सक्छु, सत्य हो । म समितासँग जीवन विताउन सक्छु, यो सत्य होइन । म सँगसँगै केहीलाई माया गर्न सकौला तर सम्वन्ध वनाउन सक्दिन । मैले समितालाई मायाले नै चुम्वन गरेको हो तर सम्वन्ध वनाउन होइन ।
त्यसपछिका दिनमा समिताको मप्रतिको आस्था वढेर गएको आभास पाएँ । त्यति नै अरु सुन्दरी केटीहरुलाई मैले अस्वीकार गरेको भए मलाई अस्वीकार गर्ने भनेर जीवनभर मेरो मुख हेर्ने थिएनन् होला । तर समिता वुद्धिमान रहिछे । अधिकांस सुन्दरीहरु या त मुर्ख हुन्छन् या त अभिमानी हुन्छन् भनिन्छ । समिता त्यसमा परिन ।
अर्को दिनदेखि समिता अधिकांश म सँगै झ्याम्मिएकी हुन्थी । सवै कुरा बुझेर झ्याम्मिएपछि मलाई पनि कुनै आपत्ति भएन । केटाहरु भन्थे – तँ पनि पग्लिइस होइन त ? समिताको जवानीले पगाली छाड्यो होइन ?
म मेरी शीलाको जवानीमा वाहेक अन्यत्र पग्लिन्न भन्ने केटाहरुलाई के थाहा ? केटाहरुको जस्तै सोच समिताको घरमा पनि परेको हुँदो हो । न त समिताले नै प्रष्ट पारी न त मैले नै ।
समिताले विवाह गर्ने भई । अर्को केटालाई लिएर घरमा जाँदा परिवारका सदस्यहरु नै चकित भएका थिए रे । समिताले मलाई सुनाएकी थिई ।
‘तेरो व्रेक अप भएछ हैन ? ‘ केटाहरु भन्थे ।
‘सम्वन्ध कहाँ सुरु हुन्छ र कहाँ व्रेक अप हुन्छ म ख्याल नै गर्दिन’ म केटाहरुलाई भन्थे ‘मेरो जीवनमा कोही एक पटक आयो भने मेरा लागि कहिले पनि पूर्व हुंदैनन् ।’ मेरो कुरा सुनेर केटाहरु जिल्ल पर्थे ।
मैले मेरा जीवनका धेरै पाटाहरुको वारेमा थोरै व्यक्तिहरुसँग मात्रै सेयर गरेको छु जसलाई निकट ठान्छु । तिनीहरु निकट भइदिइरहुन भन्ने चाहन्छु । मान्छे हुन्, मेरा अपेक्षा पुरा गर्दैनन् कहिले कांही । अनि एक्लै रुन्छु पनि । तर दुनियाँको आँखामा म विन्दास ।
कलेजमा मलाई प्रेमपत्र लेख्नेहरुको कुनै कमी थिएन । साम्ने नपरुन्जेल म वास्ता समेत नगर्ने । कोही कोही केटीहरु साम्ने पर्थे ।
म अंग्रेजी कविता द मेस अफ लभ सुनाउँथे । सोध्थे – म तिमीसँग मस्ती गर्न तयार छु । तर तिमीले मलाई कुनै पनि रुपमा वांध्न भने पाउने छैनौ, तयार छ्यौ ?
केटीहरु लजाउँथे वा लजाएको नखरा पार्थे र दौडिन्थे । केटाहरु भन्थे – तँ कसरी केटीहरुसँग यस्ता कुरा गर्छस यार ? हामी त पानी पानी हुन्छौ ।
तिमीहरुको मनमा कलेजका केटीहरुसँग सम्वन्ध वनाउने लालसा छ, त्यसैले कुरा गर्न तिमीहरु पानी पानी हुन्छौ । मलाई कुनै लालसा छैन, त्यसैले म दिल खोलेर कुरा गर्न सक्छु । मेरो कुरा सुनेर केटाहरु दंग पर्थे । म ठिक छु या गलत मलाई नै थाहा भने हुँदैनथ्यो । जीवनमा यही नै सत्य हो र यो नै गलत हो भन्ने केही पनि हुँदैन, त्यो परिस्थितिमा निर्भर गर्छ ।
‘जीवनभर समितालाई साथ दिनुभएन । तपाइहरुका आपसी कुरा होलान् । हामीले कहिले पनि हस्तक्षेप गरेनौ । तर जति साथ दिनुभयो, हामी खुसी छौ । र तपाइसँग हुँदा ऊ जति खुसी थिइ, अव पनि त्यति नै खुसी होस् भन्ने कामना गर्छु’ समिताको विवाह कार्यक्रममा नै उसकी आमाले मलाई एक्लै पारेर भनेकी थिइन् ‘जीवनमा कुनै पनि पल यसलाई तपाइको सहयोग आवश्यक प¥यो भने गरिदिनु होला है ।’ जन्म दिने आमाले समेत समिता र मवीचको सम्वन्धलाई वुझेकी रहिनछिन् भन्ने मलाई त्यस दिन मात्रै लाग्यो ।
समिताको आफ्नो जीन्दगी थियो । मेरो आफ्नो । समिताले मलाई सोधेको प्रश्नदेखि मेरा जवाफसम्म शीलालाई अवगत गराएको थिएँ । यी रमाइला प्रसंग हुन्थे । शीला र म वैवाहिक वन्धनमा बाँधिएर रमाइलो जीवन विताइरहेका थियौं । समिता कहिलेकाहिँ फेसवुकमा वा जीमेलमा अनलाइन देखिन्थी । हाय हेलोमा सिमित भइयो ।
लामो अन्तरालपछि नै समिताको फोन आएको थियो । फोनको आवाज सुन्दा मलाई लाग्यो – ऊ कुनै महत्वपुर्ण कुरा सेयर गर्न चाहन्छे ।
एक साँझ दरवारमार्गको केएफसीमा भेट्न म गएँ । केएफसीको ग्राउण्ड फ्लोर अलिक भरीभराउ थियो । ‘पीजा हटमा बसौं न, त्यहाँ अलि खाली हुन्छ’ उसैले भनी ।
भर्याङ चढ्यौं । पीजा हट पनि अलि भरीभराउ नै थियो । नेपालीहरुको आयस्तरमा कति असमानता छ भनेर हेर्न यही दरवारमार्गमा केही समय विताए हुन्छ । एउटा सामान्य मानिसको महिना चल्ने खर्च केएफसी, नाग्लो वा वीम्पीमा एक पटक वसेर खाजा खाएर सिध्याउनेहरु प्रसस्तै भेटिन्छन् । म पनि कतिपय दिन यही आडम्वरपूर्ण जीवनमा बाँचिरहेको छु । यो गलत हो । तर सुध्रिन सकेको छैन । दरवारमार्ग विस्तारै व्राण्डेड सामानहरुको सोरुममा विकास हुँदैछ र क्रमश पुरानो न्युरोडको चमक यता सर्दैछ जस्तो भान हुन्छ ।
पिजाहटमा केही टेवल भने खाली थिए । तर उसले पीजाहटको कौशीमा वस्न चाही । मैले बुझें – ऊ साँच्ची नै गम्भीर कुरा गर्न गइरहेकी छे । तर के ?
म महेन्द्रको शालिक सम्मुख पर्ने गरी बसें भनें ऊ नारायणहिटी दरवार आँखामा पर्ने गरी वसी ।
‘मलाई साथ दिन्छौ भन्ने विश्वासका साथ आज भेटेकी हुँ’ उसैले कुरा सुरु गरी । सन्चो विसन्चो, प्रगति वा अन्य कुरा भन्दा पनि ऊ सोझो कुरामा प्रवेश गरी, जसरी पहिलो पटक नै म उसलाई माया गर्छु कि गर्दिन भनेर सोधेकी थिइ । मैले उसको अनुहार हेरें । ऊ कल्पनामा होइन कि यथार्थमा वांच्ने मान्छे हो ।
‘कस्तो सहयोग ? कस्तो साथ ? ‘ मैले भने ‘मलाई हानी नहुने र तिमीलाई फाइदा हुने कुरा भयो भने सहयोग गरी हाल्छु ।’
उसले आफ्नो आइफोनको डिस्प्ले म तर्फ देखाइ । यो मेरो घर, यो मेरो गाडी, यो मेरो लोग्ने । ए मेरो लोग्नेलाई त तिमीले भेटीसकेका छौ, यो मेरो कार्यालय । यो छोटो समयमा मेरो प्रगति कति धेरै भएको छ है ?
म दंग परे । साँच्चै नै । सामाजिक हैसियत त समिताको मेरो भन्दा माथि नै थियो कि जस्तो लाग्थ्यो ।
‘तिमी यो सुन्दर मुर्ख केटी कहाँ गएर फस्छे भन्ने सोच्थ्यौ कलेजमा, हो कि होइन भन त ? ‘ उसले मेरो आँखामा आँखा जुधाएर सोधी ‘ तर म फसिन । जीवन वाहिर वाहिर विन्दास भएपनि भित्रभित्र सत्य र आदर्शसहित जीउनु पर्छ भन्ने मैले तिमीवाट सिकें ।’
म मुस्कुराएँ । प्रतिक्रिया जनाइन । उसलाई सुनीरहें ।
मेरो जीवन पनि यही नारायणहिटी दरवारजस्तो भएको छ, वाहिर हेर्दा भव्य तर भित्रभित्र खोक्रो छ – समिताको रुप एकाएक वदलियो । घाटी अवरुद्ध भयो । आँसु आँखा भरी भरिएका थिए । मैले समितालाई सधै वोल्ड देखेको थिएँ । ऊ पनि कमजोर रहिछे । परिस्थिति अनुसार हरेक मानिसहरु कमजोर वन्दा रहेछन् ।
‘आखिर के भयो ? ‘ मैले सोधें ‘मेरो के सहयोग आवश्यक पर्यो ? ‘
म सुदूरपुर्वतिर हेरिरहेकी छु । सुदूरपुर्व भनेपनि शिवपुरीको डाडोतर्फ हेर्दै ऊ वोली ’अझै पनि त्यहाँवाट घाम उदाउला र मेरो जीवनमा उज्यालो आउला भनेर पर्खिएकी छु । तिमी मेरो त्यो घाम वन्ने कि नवन्ने ? ‘
समिताको आसय मैले वुझिन । म सकेसम्म उसका नजरलाई छल्न खोजिरहेको थिएँ । उसका नजरमा नजर मिलाउँदा उसलाई झन् गाह्रो होला भन्ने मलाई लाग्यो । मैले दरवारमार्गमा दौडिरहेका गाडी हेरें । ओ हो यो कंगाल भइसकेको देशमा कस्ता महँगा गाडी । गाडीहरु हतार हतार दौडाइए । ट्राफिकको सिटी वज्यो । प्रहरीका गाडीको साइरन । दरवारमार्ग भरी छपक्कै राँकाहरु वोकेर मानिसहरु दौडिएको देखियो । माओवादी नेतृत्वले माओवादी लडाकुका हतियार रहेका कन्टेनरको चावी विशेष समितिलाई वुझाउने निर्णयको विरुद्धमा माओवादीको वैद्य समुहले यो मसाल जुलुस निकालेको रे । यो देशको दुर्दशा । जनताको हातहातमा वन्दुक थमाएर वन्दुकले शासन गर्ने कस्तो परिकल्पना गर्छन मानिसहरु ? शान्ति विरुद्ध कहाँवाट परिचालित हुन्छन् ?
तर सडकका राँका भन्दा समिताको मनभित्रको राँको अझ रापिलो भएको महसुस भइरहेको थियो । केही मिनेट वितिसकेका थिए । समिता सम्हाली सकेकी थिइ । फेरी मैले उसलाई हेरें । मनमनै सोचें – समिता के भन्न खोजिरहेकी छे ?
उसलाई मैले साथ दिन सक्दिन भनेर पहिला नै प्रष्ट पारिसकेको छु । फेरी उसले आफ्नो आइफोनमा गर्वका साथ मेरो लोग्ने भनेर देखाइसकेकी छे । आखिर ऊ के चाहन्छे ? कस्तो साथ चाहन्छे ? हेरि रहें तर मैले सोध्ने साहस नै गरिन । आफुसँग साहस नभएपछि प्रतिक्षा गरें ।
मैले हेरेपछि फेरी उसका आँसु अव वग्न थाले । वीचवीचमा आँसु पुछ्दै थिइ । परपर हेरेजसो गरी । हुन त ऊ सवैको पीरको पोको नै खोल्न लाग्दै थिइ । वगेका आँसुको के पर्वाह ?
‘मैले तिमीलाई मेरा छोराछोरी देखाइन नि हगी ? ‘ आँखावाट आँसु नरोकिए पनि ऊ थोरै मुस्कुराइ ।
‘ए हो त …… ‘ मैले भन्नै लागेको थिएँ । समिताका आँखावाट आसु त वर्सिए जस्तो पो लाग्यो ।
‘छोराछोरी त छैनन्’ स्वरै निकालेर ऊ रोइ । म मौन रहें । अवाक भएँ । किकर्तव्यविमुढ भएँ । नरोऊ भनेर सम्झाउन पनि सकिन ।
‘हरेक मानिस आफै सम्हालिन सिक्नु पर्छ । अरुले कति दिन पो सम्झाउँछन र ? मैले तिमीवाट सन्तानको अपेक्षा गरेकी छु’ समिताले निश्कर्ष सुनाइ ।
यतिवेला समिता वोल्ड देखिन्थी । मैले उसप्रति सहानुभुति दर्शाउने मौका पनि पाइन । फेरी कठोर निर्णय सुनाउनु पर्यो ‘यो संभव छैन ।’
‘तिम्रो यही उत्तर आउँछ भन्ने मैले सोचेकी थिएँ’ समिता वोली ’यो भन्दा अर्को विकल्प पनि छैन ।’
‘आखिर यो सव किन ? ‘ मैले पृष्ठभुमि जान्न चाहें ।
टेवलमा तात्तो तात्तो पिजा आइसकेको थियो । गर्मी मौसमका लागि कोल्ड कफी । पिजा सेलाउँदै गयो । कोल्ड कफी तात्दै गयो । खान पट्टी ध्यान नै जान सकेको छैन ।
शिवपूरीतिरै आँखा डुलाउँदै समिताले कथा सुरु गरी । उसका हातले भने मेरा हातलाई अत्यन्त विश्वासका साथ च्याप्प समातेका थिए ।
“तिमीलाई थाहा छ, मेरो लोग्ने वर्षौसम्म युद्धमा थियो । युद्ध सकिए पछि ऊ फर्कियो । युद्धमा जीवन गुमाउन पनि सक्थ्यो । तर मृत्युलाई पनि जितेर फर्किएको छ । किन ? मेरी पत्नी छे । छोराछोरी हुन्छन् । पक्कै पनि एउटा सानो संसार वनाउँछु भनेर होला । ऊ फर्किए पछि मैले मनमनै चाँडै नै छोराछोरी होऊन् भन्ने चाहना राखें । तर अहँ सफल हुन सकिन । म मनमनै डराएँ । चिकित्सककोमा गएर आफ्नो स्वास्थ जाँच गराएँ । ममा कुनै कमजोरी रहेन । अरु नै वहाना वनाएर लोग्नेको जाँच गराएँ । कमजोरी उसमा रहेछ । चिकित्सकसँग परामर्श गरें । तर कुनै पनि हालतमा ऊवाट छोराछोरी संभव छैन । मैले विस्तारै वहाना वनाएँ र तत्कालै सन्तान नजन्माऊ भने । करियर वनाउ भनें । उसले मान्यो । युद्धको जीवन छाड्यो र एकेडेमिक वाटोमा लाग्यो । अव केही अभाव केही छैन । करियर यहाँभन्दा तत्कालै वनाउने ठाऊँ छैन । अव ऊ सन्तानका लागि जिद्धी गरीरहेको छ । तर वास्तविकता अर्कै छ । ऊ युद्धमा मृत्युलाई जितेर त फर्कियो र तर ऊ आफुमा भएको कमजोरीलाई जित्ने सक्ने हैसियतमा छैन । मैले उसलाई राम्ररी वुझेकी छु, उसले आफुमा भएको कमजोरी थाहा पायो भने आत्माहत्या गर्ने छ । त्यसैले म उसलाई कुनै पनि कुरा थाहा नदिइ तिमीवाट वच्चा पाउन चाहन्छु ।”
‘म सक्दिन’ मेरो निश्कर्ष फेरी सुनाएँ ।
‘तिमीले सोचे जसरी म पनि सन्तान चाहन्न’ ऊसले फेरी भनी ‘ म पनि तिमी जति नै कट्टर छु सम्वन्धको वारेमा । तर म टेष्टट्युव वेवी जन्माउन चाहन्छु । तिमी यसलाई केवल स्वप्नदोष ठानन । मेरो परिवार जोगाउनका लागि ।’
म मौन रहें । के उत्तर दिने ? मेरो हठ ठुलो कि समिताको जीवन ? जीवन वचाउने कुरामा मेरो मान्यता ठिक हुन सक्छ र ? म मौन रहें ।
समिता फेरी वोली ‘ मैले पतिको मृत्यु देख्नु भन्दा आफै मर्नु उचित हुन्छ भन्ने ठानें । एउटा गाडी अगाडि हाम फालेर किच्चिएर मर्नु पर्यो भन्ने ठानें । यति राम्रो जीवनस्तर भएको मानिसले आत्महत्या गर्न खोज्नुको औचित्य के हुन्छ ? त्यो मेरो पागलपन थियो । यथार्थमा नै पागल भएकी थिएँ । तर त्यो गाडी एउटी चिकित्सकको परेछ । ती चिकित्सकले गाडीको व्रेक यसरी हानिन् कि उनी मलाई वचाउन दुत वनेर आएकी हुन् जस्तो लाग्यो । चिकित्सकले आत्महत्या गर्न गाडी अगाडि हाम फालेकोमा मलाई गाली गरिन् । मलाई सामान्य चोट लागेकोले उपचार गर्न आफ्नै गाडीमा लगिन । गाडीमा मैले मर्न खोज्नुको कारण वताएँ । उनको एउटा प्रश्नले मलाई जीवन दियो ।’
‘के थियो प्रश्न ?’ म लामो समय पछि बोलें ।
‘तिमीले आत्महत्या गरेपछि के तिम्रो पति जिवित रहन सक्छन् ? शायद मन दह्रो वनाएर जीवन वांच्न चाहे भने फेरी विवाह गर्लान्, अनि फेरी यही अवस्था दोहोरिदैन भन्ने के ग्यारेन्टी ? समस्यावाट कति दिन भागेर कति वटा जीवन वर्वाद गर्छ्यौ । वरु अर्कैवाट सन्तान जन्माऊ र खुसी साथ बाँच ।’
‘जव चिकित्सकले यी सल्लाह दिइन्, मलाई बाँच्ने ईच्छा जाग्यो । मैले आफुसँग त्यस्तो व्यक्ति नभएको र कुनै अपरिचित व्यक्तिको सहयोगवाट आफ्नो सन्तान जन्माउन नसक्ने वताएँ । म पनि जिद्धी नै छु । तिम्रो साथी हु नि’ समिता अलिकति मुस्कुराएकी थिइ । भनी ‘ चिकित्सकले मलाई कुनै मिल्ने साथी छैनन् भनेर सोधी अनि मैले तिमीलाई सम्झिएँ । यो दुनियाँमा मेरो लागि तिमी भन्दा अर्को उत्तम व्यक्ति कोही छ भन्ने लागेन । तर मलाई तिमी अप्ठेरामा फलेको कुभिण्डो हौ भन्ने थाहा थियो ।’ म फेरी मौन रहें ।
‘मैले चिकित्सकलाई मेरो एउटा फन्टुस साथी छ भन्दै मान्ला र भनेर आशंका व्यक्त गरें ।
चिकित्सकले भनिन् ‘तिम्रो साथीले तिमीसँग रात विताउनु पर्ने होइन । तिमीप्रतिको कुनै दायित्व वेहोर्नु पर्ने होइन । उसको सामाजिक प्रतिष्ठामा आँच आउने होइन । विरामी हुँदा रगत जाँच्न स्याम्पल निकाले जस्तै हो । यसमा तिम्रो साथीलाई के आपत्ति ? तिम्रो साथीका परिवारलाई के आपत्ति ? स्वप्नदोष ठान न भनेर मनाउन । मानिहाल्छन् नि ।’
चिकित्सकको भनाइ सुनाउँदा समिताको अनुहारमा निकै रौनक देखिएको थियो । मानौं मैले उसको प्रस्ताव सहजै स्वीकार गर्छु । तर स्वीकार नगरेर पनि के गर्ने त ? एकातिर समिताको जीवन । अर्कोतिर मान्दै नमान्ने मेरो मन । के गरौ गरौ जस्तो भयो ।
मैले समिताको आमाले उसको विवाह समारोहमा भनेको संझिएँ ’जीवनभर समितालाई साथ दिनु भएन । तपाइहरुका आपसी कुरा होलान् । हामीले कहिले पनि हस्तक्षेप गरेनौ । तर जति साथ दिनुभयो, हामी खुसी छौ । र तपाइसंग हुंदा ऊ जति खुसी थिइ, अव पनि त्यति नै खुसी होस् भन्ने कामना गर्छु’ समिताको विवाह कार्यक्रममा नै उसकी आमाले मलाई एक्लै पारेर भनेकी थिइन् ‘जीवनमा कुनै पनि पल यसलाई तपाइको सहयोग आवश्यक पर्यो भने गरिदिनु होला है ।’
दोधारमा नै रहेको वेला ऊ वोली ‘चार वजे मैले ती चिकित्सकको समय लिएकी छु, साथ दिने हो भने हिड, नत्र चुपचाप जाऊ । आफ्नो जीवन आफै निर्णय गरौला ।’
ऊ हिंडी । म पछि लागें ।
अस्पताल पुग्दा मेरा ओंठ तालु सुकेका थिए । तर पनि पछ्याइरहें । चिकित्सकले सहयोगी व्यक्तिसँग पनि परामर्श गर्ने रहेछ । समिता पहिला छिरेर चिकित्सकलाई साथी लिएर आएको जानकारी गराइ र वाहिरिइ । अनि म भित्र छिरें ।
नमस्ते डा. साप……………..
मैले नमस्कार गरी नसक्दै चिकित्सको अनुहार देखें । मेरा खुट्टा लगलग कामे । पसिना चिटचिट आयो ।
चिकित्सक मेरी पत्नी शीला थिइन् ।
समितासँग कुरा गर्दा मेरी पत्नी पनि त्यही पेशामा छिन् भन्ने समेत हेक्का गरेन छु ।
मलाई त्यहाँ देख्दा शीला आश्चर्यचकित भइन् । शायद यस्तो अवस्थाको कहिले पनि कल्पना गरेकी थिइनन् ।
‘तिम्रो साथी समिता यही हो ? ‘
‘हो’ मेरो जवाफ यति मात्र थियो ।
‘तिमी तयार भएर आएको हो ? ‘ शीलाले दोश्रो प्रश्न गरिन् ।
मसंग जवाफ थिएन । केही वेर वोलिन ।
‘के तिमीले नै समितालाई साथीको सहयोग लेऊ भनेर सुझाव दिएको हो ? केही छिनको मौनता पछि मैले प्रश्न गरें ।
उनी मौन भइन् । उनीसँग जवाफ थिएन ।
‘मैले नै उनलाई वचाएकी हुँ’ असजिलो वातावरणमा उनी वोलिन् ।
‘तिमीले एक पटक वचाइछ्यौ, अव वचाउने नवचाउने मेरो जिम्मेवारीमा आएको छ, म के गरौ ? ‘ मैले सोधें ।
शीला केही वेर केही वोलिनन् । उनले नै सवैभन्दा नजिकको साथीको सहयोग लेऊ भनेकी थिइन् । समिताले सवैभन्दा नजिकको साथी मलाई ठानी ।
‘मेरो गर्भमा भन्दा पहिला अरु कसैको गर्भमा तिम्रो सन्तान हुर्किदैछ भन्ने थाहा पाएपछि तिमीलाई कस्तो हुन्छ ‘ समिताप्रति आगामी दिनमा तिम्रो व्यवहार कस्तो हुन्छ ? ‘ शीलाको उत्तर मसँग थिएन । न म वोल्न सक्ने अवस्थामा थिएँ । न त शीला नै । केही वेर चुपचाप बस्यौं । विस्तारै अव शीलाका आँखामा आंशु देखें । उनी मलाई रोक्न वा सहमति दिन सक्ने अवस्थामा थिइनन् ।
मैले यो क्षण खप्न सकिन । समितालाई के उत्तर दिने भन्ने समेत नसोची म हठात वाहिरिन ढोका खोलें । तर उत्तर दिनै परेन । त्यहाँ समिता थिइन । सानो चिर्कटो टेवलमा थियो ।
लेखिएको थियो ‘मैले तिमीहरुको सवै कुरा सुनें । परिस्थिति बुझें । मेरो जीवन वनाउन तिमीहरुको जीवनमा संकट ल्याउन चाहन्न । म गएँ ।
जीवनभर उत्तर पाइन – समिताले के गरी ?
(स्रोत: Nepalplus)