~गीता खत्री~
मामु मामु – म यो हेर्नै सक्दिन, म यो हेर्न सक्दिन । छोरीको निन्द्रामै कराएको आवाजले सरिताको निन्द्रा बिउँझियो । नानु निन्द्रामै कराइरहेकी थिइन । श्रीमान्को निन्द्रा नबिउंझिने गरी सरिता छोरीको कोठामा कान थाप्न पुगीन । छोरी अझै निन्द्रामा कराइरहेकी हुन्छे । “हो मामु, मलाई लाग्छ म यहा“ बस्न सक्दिन । यहाँको वातावरण, रहनसहन मलाई पचला जस्तो छैन” । छोरी निन्द्रामा एक तमासले बोलिरहेको देखेर अव सरिता छोरीको कोठा खोलेरै छोरीलाई घचघचाउंदै बोलाउछिन – “नानु के भयो, तिमीलाई के भयो, नरा म्रो सपना देख्यौ, नानु यता हेर त । यो त पसिनै पसिना पो भएकी रहिछ” । मामुको घचघचाईले नानुले बिस्तारै आंखा उघारिन, अनि भनिन- “मामु मलाई केही भएको छैन” । के गरें मैले मामु – छोरी तिमी निन्द्रामा बरबराइरहेकी थियौ । मैले सुने र डरले आएकी, तिमी निक्कै बेर बरबरायौ । यसरी बरबराएको मैले कहिले पनि सुनेको थिइन । छोरी के भयो बाबा तिमीलाई नराम्रो सपना देख्यौ । मामु मलाई त केही पनि थाहा छैन । त्यसो भए नानु यी मन्त्रहरु उच्चारण गर्दै सुत -ऊँ अनन्ताय नमः ऊँ नारायण नमः । हस् मामु, हजुर पनि सुत्न गए हुन्छ ।
सरिताको परिवार अमेरिकी सरकारको विविधिकरण भिसा प्रणाली अन्तर्गतको चिठ्ठा परेर अमेरिका आएको तीन बर्ष बितिसकेको थियो । यसैबिचमा उनिहरुको परिबारमा खासै कुनै खुसीको रौनक आउन सकेको छैन । नेपालबाट अमेरिका आउँदा राजुको आमाबाबु बाहेक साथीभाइ, नातेदारहरुले सरिताको भाग्यको तारिफ सकुन्जेल गरेका थिए । राम्रो खानदानी परिबार, इन्जिनियर श्रीमान, राम्रा छोराछारीहरु, हेर्दै इर्ष्या लाग्ने सानो परिबार । कसैकसैलाई त इश्वरले पनि कति राम्रो चांजोपाजों मिलाई दिएको हुन्छ । यति राम्रो व्यवस्था हुँदाहुँदै पनि अमेरिकी हरियो पत्ताको चिठ्ठा उनिहरुलाई नै पर्यो । अलि नहुने दुखीहरुलाई पर्नु नि, खै इश्वरले पनि पक्षपात गर्दारहेछन् । जस्लाई सबैकुरा छ इश्वरका आंखा पनि त्यतैतिर जांदो रहेछ ।
कति भाग्यमानी सरिता । सरिताको भाग्यलाई देखेर कुरा नगर्ने साथीभाइहरु कमै थिए होलान । त्यही भाग्यसँग खेल्दै अझै राम्रोसँग मौलाउनको लागि सरिता र राजु परिवारसहित अमेरिका भित्रिएको आज तीनबर्ष भइसकेको थियो । नेपालमा अमेरिका जान पाउने भन्ने बित्तिकै भाग्यमानी भनी कहलाइन्छ तर कस्तो भाग्य । अमेरिकामा आएर त्यो भाग्यले कति जुध्नु पर्छ, कति ठक्कर र हण्डर खानु पर्छ, त्यो त आए पछि र यहांको संघर्षमा उत्रिएपछि मात्र थाहापाइन्छ ।
राजु र सरिता दुबैले आफ्नो स्थायी जागीर राजीनामा दिएर अमेरिका भित्रिएका थिए । मानिसहरुमा ज्यादै उच्च आकांक्षा हुन्छ, तेहीअनुसार मागहरु पनि बढ्दै जान्छन् । त्यसैले हरियोपत्ताको चिठ्ठा पर्ने बित्तिकै राजु र सरिताले अमेरिका गई बसोबास गर्ने निर्णय लिन ढिलासुस्ती गरेनन् ।
छोराबुहारीको निर्णयमा आमा बाबुले रोक्न पनि सकेनन् तर बुढाबुढीहरु भित्रभित्रै भने ज्यादै पिल्सिएका थिए । जुन दिन देखि छोराबुहारीले अमेरिका जाने निर्णय सुनाएका थिए । त्यसदिन देखि ती जोडीको रातको निन्द्रा हराएको थियो । यिनीहरु नगइ दिए हुन्थ्यो, हाम्रो एउटै छोरा यहाँ नपुग्दो के छ र । यिनीहरुलाई घर छ, जग्गा छ, गाडी छ, छोराछोरी रा म्रै स्कुलमा पढ्छन् । हाम्रो पनि त केही बोझ छैन । आफ्नै आम्दानी छ । के को कमी छ र अमेरिका अमेरिका भनी मरीहत्ते गर्छन्, मैले केही बुझन सकिन भनेर राजुको आमा आफ्नो श्रीमानलाई भनिरहन्थिन । तपाई एकपटक सम्झाउने हो की – राजुका बाबु सेनाका अबकास प्राप्त मेजर हुन । अहिलेसम्म यो उमेरमा पनि बुढा निकै फूर्तिला थिए, पथपरेजमा बसेर होला । तर आमा चाहिं रोगी नै थिइन । १२ ओटा बच्चा जन्माउनु एकजना आइमाइका लागि सानो कुरा थिएन । दश बटा सन्तान मेरर अन्तिम दुइ मात्र बांचेका थिए । दश वटा बच्चाको शोक बोकेकी आमाको मन कसरी चिरिएको होला, मनमा कति दुख होला त्यो उनलाई नै थाहा होला । कसैलाई देखाउदिनन् । संधै हासिरहन्छीन । इश्वरले भने उनिलाई अन्याय गरेका थिएन । एउटा छोरा र एउटी छोरी उनकै काखमा छोडि दिएका थिए । त्यसैले राजु र उनकी बहिनी बुनुको चांडै नै बिबाह गरिदिएका थिए । अव त उनको छोरापटि र छोरीपटि गरि चार जना नाती र नातीनी भइसकेको थिए । त्यसैले उनि विरामी नै भएपनि आफूलाई गाह्रो नभएको महसुस गर्दथिन । मेजरनी खुसी नै थिइन भन्नु पर्छ । बुहारी पनि असल पाएका थिए तर हिजो रातीदेखि उनी सुत्न सकेकी छैनन् । राजु र सरिताको अमेरिका जाने निर्णयले ।
चियाको घुट्कोसगंै मेजर बुढालाई छोराबुहारीलाई अमेरिका नजान सम्झाउनको लागि मेजरर्नीले अन्तिम अनुरोध गर्न भनिरहेकी थिइन । मेजर बुढाले बुढीको कुराको केही उत्तर नदिइ बसीरहेका थिए । छोराबुहारीले निर्णय गरिसके, अब उनले रोक्ने कुरै आउंदैन । आखिर उनि पनि अवकाश प्राप्त मेजर हुन । यदि छोराबुहारीले निर्णय बदलेनन भनी उनको बोलिको अपमान हुन्छ । उनलाई मनमा चोट पुग्छ । घरको मुली भएको कारणले उनका बोलीहरु आजसम्म सबैले शिरोपर गरेर आएका थिए । उनले पनि जुनसुकै कुराको निर्णय सुनाउंदा अथवा गर्न लाग्दा राम्रोसंग त्यसलाई गृहकार्य गरेर मात्र गर्दथे । उनका प्रत्येक निर्णयको औचित्य हुन्थ्यो । तर हिजो छोराछोरीको भविष्यको लागि पैसाकमाउन हैन, योग्यता कमाउनको लागि लालायित भएको कुरा भनेर मात्र अमेरिका जाने निर्णय सुनाएका थिए । उनिहरुको बिचार पनि मेजेरलाई राम्रो लागेको थियो । त्यसैले उनि नजाउ भनी रोक्ने पक्षमा थिएनन् । यस कुरामा बढी बहस गरिरहन उचित ठानेनन । तर मेजर्नीलाई भने चित्त बुझेको थिएन ।
जसरी खोला तलतिरै बग्छ त्यसरी नै माया पनि तलतिरै बग्ने त होनी । राजुले आफ्नो केटाकेटीको निमित्त यो निर्णय लिएको थियो । राजुले आफ्नी आमाको बचनलाई छोराछोरीको कारणबाट शिरोपर गर्न सकेको थिएन । आमाले राजुलाई निम्न कुरा भन्दै अमेरिका नजानको लागि आग्रह गरेकी थिइन – “राजु म पनि आज हो की भोलि हो । यो घिडघिडो सास एउटै छोरा अन्तिम समयमा मुख देख्न नपाउलास” । राजुले उत्तरमा आमालाई सम्झाइरहेको थियो । आमा मान्छेहरु अमेरिका जान पैसा खर्च गर्छन, हाम्रो यस्तो केही गर्नु परेन । यसरी आएको मौकालाई रोक्न कर नगर्नुस भनी राजुले आमालाई सम्झाएको थियो । बुढी आमा त्यती बेला निरुत्तर भई टोलाएर छोराको कुरा सुनिरहेकी थिइन । आमा टोलाएको देखि राजुले भन्यो – हामी पैसाको लागि जान लागेको होइन, बरु छोराछोरीको भविष्यलाई सोचेर जान लागेको । केही बर्ष बसेर केटाकेटीको पढाइको टुङ्गो लागेपछि म यही आउंछु । तपाईहरुको रेखदेख गर्नुछु, चिन्ता नलिनोस् भनी सान्त्वना दिएको थियो । छोराको सान्त्वनाले मेजरनीको मनलाई शान्त पार्न सकेन । राजु आएको छ महिनाभित्रै मेजरनीले संसारबाट विदा लिएर गइन । मर्ने बेलामा पनि राजुलाई सम्झदै थिइन रे । अन्तिम अवस्थासम्म पनि उनका आंखाले छोरा खोजिरहेको थियो रे । मेजर बुढा पनि छ महिनामा धेरै गलिसकेका थिए । पहिलेको जस्तो स्वास्थ्य पनि थिएन, रवाफ पनि थिएन, श्रीमतीको शोक र छोराको बिछोडले होला उनको अवस्था पनि चिन्ताजनकै देखिन्थ्यो ।
राजु र सरिता अमेरिका आएको तीन बर्ष भइसक्यो । दुबै जना मेशिनले जस्तै काम गरिरहेका छन् । छोराछोरी यहांको सार्वजनिक स्कृ्लमा पढछन् । बाह्र कक्षासम्म पढन कुनै पैसा लाग्दैन । बरु स्कृ्ल जाने आउने यातायातको लागि पास दिएको हुन्छ, आमाबाबुको आम्दानी हेरर बिहान र दिउंसोको नास्ता पनि सितैमा वा कम पैसामा दिन्छन् । साधारण जीवन जीउन सजिलै छ । तर पनि राजुको परिवार खासै रमाउन सकेका छैन । अब त नानु पनि दिनहु न्रि्रामा – म बस्न सक्दिन, म हेर्न सक्दिन, म यहांको संस्कृतिसंग मिल्न सक्दिन भन्दै बरबराइरहन्छिन । सरिताको छोरी ज्यादै शान्त स्वाभावकी थिइन । चित्रकलामा सानै भएपनि ज्यादै निपुण थिइन । तिनका चित्रहरु यसो हेर्दा ज्यादै उत्कृष्ट खालका देखिन्थे । खाली भएको समयमा चित्र कोरेर बस्थिन । राजु पनि ज्यादै थकित हुन्थे । अठार घण्टासम्म काम गर्दथ्यो, आफ्नो योग्यता अनुसारको काम नभएको भएर होला उस्को मुहार संधै मलिन देखिन्थ्यो । त्यस्तै सरिता पनि बाह्र घण्टा काम गरेर घरको काम पनि सक्थिन । यती हुँदाहुँदै पनि कसैको मुहारमा खुसीको रेखाहरु थिएन । सरिता आज बिहान देखि मनमा कुरा खेलाउंदै थिइन । हिजो राती छोरीको बरबराइले पनि न्रि्रा लागेको थिएन । छोरी बरण्डामा बसेर बाहिरको सिमसिमे पानी नियाली रहेकी थिइन । सरिताले छोरीलाई धापमार्दै चाडै उठी छेउ नानुृ भनी संगै गएर बसीन । नानृ्ले आपmनो स्कृ्लमा बुझाउनको लागि तयार गरिएको चित्र देखाउंछिन् । आहा कति रा म्रो । मामृ् यो चित्रको भावना बुझ्नु हुन्छ । यो त म कसरी बुझें । हेर्दा राम्रो छ । गहिरिएर बुझन त चित्रकार नै बन्नु पर्ला । तैपनि विचार गरिस्योस्न मामृ् । नानृ यो कुरा पछि गरौला भन्दै अर्को प्रश्न गर्छिन । नानृ् तिमी अचेल सपनामा संधै बरबराउंछेउ । ति म्रो मनमा के छ भन नानु, म ति म्रो आमा मात्र नभएर साथी पनि हो । साथीकै हैसियतले यो कुरा गर्दैछु नानु । बिपनामा केही चित्त नबुझेका कुराहरु सपनामा आइ सताउने गर्दछन । मलाई साथी सम्झेर मनको कुरा खोल । मामु- म नेपालबाट किसोर अवस्थामा अमेरिका आएं । यहांको र हाम्रो संस्कृति रहनसहनमा आकास पातालको फरक छ । तपाई अभिवावकहरु भेटघाट हुँदा सधैं जसो आफ्नो केटाकेटीको बारेमा कुरा गरिरहनु हुन्छ । कसैले अचेल मेरो छोराछोरी नसुन्ने भएका छन् भन्नु हुन्छ, कसैले त्यो फालानीकी छोरीले कस्तो लुगा लगाएको भन्नु हुन्छ । कसैले यिनिहरुले नेपाल बिर्सिए भन्नुहुन्छ । केटाकेटीको भविष्यको लागि तपाईहरु सबै जसो चिन्तित भएको मैले महसुस गरेकी छु, देखेकी छु र सुनिरहेकीछु । मामृ्- म त आएको भरखर तीन बर्ष भयो तर जो बच्चै देखि यहां आएका छन्, तिनीहरुको मन भित्र कस्तो द्धन्द हुन्छ, मैले अचेल बिस्तारै त्यसको महसुस गर्न थालेकी छु । उनीहरु सामु एकातिर आफ्नो आमाबाबु, आपmनो देश परिबार हुन्छ भने अर्कोतिर त्यही बिशाल समाज छ, जहाँ हजुरहरुले पौडन नजान्दै समुद्रमा पर्ठाई सक्नुभएकोछ । त्यस्तो अबस्थामा तपाईहरु नै भन्नु हुन्छ -जुन पाए त्यही हात नसमात्नु । मामृ्- मेरो एउटा प्रश्नको जवाफ दिनुहोस् । यदि हजुरहरुले भनेको जस्तो हात फेला नपारेको खण्डमा पानीमाथि उत्रिन जुनसुकै हात पनि हामीले समाउन बाध्य हुनुपर्छ की पर्दैन ? सरिताले केही बुझिनन । नानुलेले फेरि व्याख्या गरिन । एक पटक तपाईहरु सबै आमाबाबुले सोच्ने कुराहरु हुन । मामु तपाईहरुलाई भन्दा यी बच्चाहरुलाई झन गारो हुन्छ । बच्चाहरुले तपाईहरुले देखाएको बाटोमा लाग्ने की यहाँ भएको बाताबरण रहनसहनसंग भिज्दै अगाडि बढ्ने झन अलमलमा छन् । झन दोधारमा छन् । आमाबाबुको चित्त पनि दुखाउन चाहदैनन् । यहाको समाजसंग पनि भिज्नुनै छ । सबैको आफ्नो आफ्नो स्वभाब हुन्छ । त्यसैले मेरो स्वभाव भन्नुपर्दा म यहां बस्न सक्दिन । दिनभरी स्कूलमा यहाँको साथीहरुको चालचलन, चरित्र देखेकोछु, हेरेकोछु । अनि कतिदिनसम्म यो समाजमा एकलो बनेर जिउन सकुला भनी तर्क गर्दछु । अनि तपाईहरु अमेरिका आउनुको उद्देश्य सम्झन्छु । त्यसैले प्रत्येक पलपल मलाई पोलिरहेकोछ । त्यसैले होला म राती पनि बरबराउन थालेको । म यहाँ बस्दिन, मलाई मेरै देशमा फर्काइ दिनुहोस् । हाम्रो भविष्यको सुखमा यहां आउनु भयो । म तपाईहरुको चित्तमा ठोस पार्ने काम गर्न सक्दिन र यो समाजमा बसेर तपाईहरुको भावनामा चोट पुर्याउने काम मबाट भयो भने म आफैले आफूलाई माफ गर्न सक्दिन । त्यसैले मामृ् मलाई यहाँबाट नेपाल नै लिएर जानुहोस अथवा मलाई मात्र फर्काइदिनु होस । म उतै गएर पढछु । सरिताले भनिन -छोरी जस्तो ति म्रो इच्छा, त्यस्तै हुन्छ । अब खाना खाउ । मैले पनि धेरै कुराहरुको महसुस गरिरहेकी छु । हामीहरु त्यहींबाट हरियो पत्ता पारेर आएका त यती दुखी महसुस गरिरहेका छौ भने यहाँ त कोही बालबच्चा नेपालमा छोडी आएका छन्, कोही लोग्ने छोडेर आएका छन, कोही स्वास्नी छोडेर आएका छन । म तिनीहरुको ठाउंमा आफूलाई राखी हेर्दा ज्यादै आनन्द महसुस गर्थे पहिले, अब मलाई ती कुराहरुले खुसी बनाउन सक्दैनन । यो विशाल ठाउंमा कहिलेकाही कसरी पौडन सकिन्छ, कसरी उत्रिन सकिन्छ भन्दाभन्दै जिन्दगी नै बित्ने हो की भनी डराउंन थालेको छु । यिनै कुराहरुले मेरो मनमा व्दन्द गर्दै निष्कर्ष भने निकाल्न सकेको थिएन । आज ति म्रो कुरा सुनेपछि मैले निष्कर्षमा पुगेको महसुस गरें ।
छोरी म आजै तिम्रोबुबासंग कुरा गरेर आफ्नै देश फर्कने बचन तिमिलाई दिन्छु । तिमीहरु जहां खुसी र सुखी हुन्छौ, हामी त्यही जाने र बस्ने हो, जीवन त्यहीं बिताउने हाै । तिमीले आफूलाई यहां माझधारमापरि खुसी नहुने देख्यौ, तेसैले नानु – अव तिमीले सपनामा बरबराइरहनु पर्दैन । हामी चांडै नै आफ्नो देशमा फर्कने छौं । तिमीले दुइ संस्कृतिको माझमा बाँचेर आफ्नो मुटु टुक्रयाउनु पर्दैन । अब मैले तिमीले स्कृ्ल लैजान तयार पारेको चित्रको भावना बल्ल बुझे ।
(स्रोत: Nepalipost)