~मोतीराम भट्ट~
कहाँ सम्म्को आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे
कहाँ सम्म्को आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे
एकै पल्ट आँखा घुमाई दिनाले
कती मर्न लागे कती डर्न लागे
सुनिस मन मुनिया बडा होस राखेस्
बिछाएर जाल कागुनो छर्न लागे
बिरान र आफना नराम्रा र राम्रा
सबै सुन्दरिका अघी सर्न लागे
अघी पर्न सक्दिन मैले हरिका
नजर देखी ‘मोति’ पनि झर्न थाले
बहेर मुतकरिब मुसम्मन सालिम्
एए सानै उमेर देखी मन हार्न थले । ।