~दिपमाला राई~
आयो दशै भन्दा भन्दै
खल्लो खल्लो पारामा वितेर गयो दशै
फर्की आउने बाचा गर्दै
अर्को सालसम्मलाई उ गयो बसाई
टन्न मासुभात खान पाउनेलाई हसाएर
रित्ता पेट हुनेहरुलाई रुवाएर
गयो यसपालाको दशै
चेली र माइतिलाई तिहारको निम्तो दीई
मखमली र सयपत्री लाई “खै” गर्दै
आउने सालसम्मलाई उ त गयो बसाई
मुग्लान बस्नेहरुलाई २, ४ सालको भाखा दीई
घरमा पर्खि बस्नेहरुलाई प्रतिक्षामा टोलाउने आँखा दीई
ब्यङ्यले मुस्काउदै गयो यसपालाको दशै
फेरी छिन्मै रुप बदलिएर काल भैरबको रुप लीई
मृत्žयुको तान्डव गर्ने धम्की दिदै
अन्तिम दशै बनाइदिने धम्की दिदै दशै गयो बसाई
वाध्य छु म, मृत्žयुसँग लुकामारी खेल्न, त्राससँग काध मिलाएर हिंड्न
थाहा छ, कसैको बन्दुकको एक गोलिमा मेरो जीवन सीमित छ भन्ने
हिम्मत छैन त्यो एक गोली सँग डराएर जीवनको प्रत्यक
साँझ विहान अभावको ज्वालासँग कुस्ती खेल्ने
त्यसैले जतिदिन छल्न सक्छु म मेरा अघोसित युद्दको गोलीलाई
म बस्नेछु, म बांच्ने छु, यसरी नै……खल्लो खल्लो दशै मनाई
– दिपमाला राई , यू.एस.ए
प्रकाशित मिति : 2008-10-18- 04:52
(स्रोत : Dcnepal.com)