~राजेन्द्र~
भूल पनि मिठै हुन्छ तिमी साथ हुँदा
केही गरुँ जस्तो लाग्छ तिम्ले हात छुँदा
बढ्छ ढुकढुकी माया बढ्छ ढुकढुकी
अन्जानमै गर्न पुग्छु मैले छुकछुकी
हसो खेल्ने मुहार तिम्रो लाग्छ देउराली
पतजmड मनको वृक्ष भरि फुल्छ हरियाली
क्षणभर नै नदेख्दा लाग्छ उकउकी
अन्जानमै गर्न पुग्छु मैले छुकछुकी
केहो कुन्नी माया हो कि जान्नै सकिनँ
मनको पंखा हुन्छ भन्ने मान्नै सकिनँ
उडेर डाँडा काँडा घुम्दै रमाउने
नसकिन्छ यस्लाई देख्न नत समाउन ।
मीठो भूल गरुँ जस्तो लाग्छ कैले कैले
सत्य भन्छु यस्तो इच्छा ममा थिएन पैले
फूलले पनि मान्छेलाई दुख दिँदो रैछ
सारा सुख सोहोरेर आफै लिँदो रैछ
घोचिने काडा बरु आफ्नो लाग्यो ऐलै
मिठो भूल गरुँ जस्तो लाग्छ कैले कैले
जीन्दगीको रीत यस्तै भेट्नु छुटनु पर्ने
मनमा माया भएपनि मेट्नु टुट्नु पर्ने
आफ्नै जस्तो लाग्यो तिमीलाई भेटे जैले
सत्य भन्छ यस्तो इच्छा ममा थिएन पैले।
मार्च ३१ २००७
(स्रोत : Dcnepal.com)