~मोति चाम्लीङ्ग ~
वेली चमेली भरी उपवनमा
प्रफुल्ल पुतली सरी नयनमा
पुष्पदलका परागहरु छान्दै
स्वतन्त्रताका सम्वाहकहरु रम्दै
शान्तीकामी बिगुल फुकिरहेका थिए
स्थायी शान्ति, अमन चयन, बिरोधी चाटुकारहरु ती
उपवनवाटै वहिस्क्ृmत झुण्डमा वदलिएपछि
पाखा पर्वत छांद मारी फाल हान्दै
खोरीयामा याक्साघर वसाउने लघुलक्ष्य वोकी
सुन्दर उपवनमा तेजाव खन्याउने मस्यौरामा जुटे
विहानीको कोमल वायु सुस्केरामा
मधुर जनसंगीतको तार र सुर मिलाउदै
देश वनाउने कालीगढहरु जुटदै थिए
उज्यालो आकाश र मलिलो धर्तीको सुवासलाई छाम्दै
ति बिदुशहरु नव नेपाल उभ्याउन उठिरहेका थिए
आयो दुष्ट दमकलमा तेजाव भरेर
सुन्दर उपवनलाई निशानामा राखी
सपना जस्तै आज, सौन्दर्यलाई खरानी पारयो
कायर आक्रमणको खेती लगाउंदै
शान्ति दूतहरुको बिचल्ली र आंशुमा रम्यो
गौरमा तिमीले प्राण त्याग्यौ
तिम्रो शहादतमा स्वदेश बिदेश रुझदा भयो
पराइ माटोमा यी अश्रु ढिक्का र मन्द हिक्का
खस्न नदिने वाचा रह्योे भलै यो मुंग्लानवाट
अग्नि, संग्राम, ज्वाला र विपन्नका
२४ मार्च २००७
दम्माम साउदी अरव
(स्रोत : Dcnepal.com)