कस्ले देखछ सडक छापको भोको पेटलाई
अबेर भयो लुकाउन धन सम्पत्तिलाई |
बलिया र धन वालाको राजायी अन्त्य भई
चईन मिल्ने कहिले दरिद्र र निमुखलाई |
झुप्रा देखी महल सम्मा सान्तिका कुरा चले पनि
कस्ले देखेको छ रगतमा मुछीएको माटोलाई |
प्रभावका कुरा गर्दै आश्वासनले भोट लिन्छन
के संग्या दिउ म दहीचिउरे नेतालाई |
झुप्रा झुप्री चाहारदै मनमा सत्ताको भोग
कस्ले बुझेको यहाँ छ भोक भोकै मरेकालाई |
26 JANUARY 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )