छ–काली कुनैमा,
न फस्नू दुनैमा ।
छ थारी बढेकी,
पगाल्ली कुरैमा ।
सुनौला दिनैमा,
खसौला उनैमा ।
गए के मलाई?
छ खाने जुठैमा ।
तिमी बाघ नै हौ,
छ वैरी खुनैमा ।
पदैको प्रलोभी,
न बिक्नू घुनैमा ।
फकाए, चढाउन्,
न बिक्नू जूनैमा ।
०
यो गजल फारसी शास्त्रीय वहरमा लेखिएको हो । यसलाई मुतकारिब मुरब्बा सालिम भन्दछन् । यो यी रुक्नबाट बन्दछः फऊलुन्, फऊलुन्, । संकेतमा यसरी लेखिन्छ ः १२२, १२२ गणमा यसरी लेखिन्छः ।ऽऽ ।ऽऽ, यो ह्रस्वलाई १ वा । र दीर्घलाई २ वा ऽ भनेर देखाएको हो । पिङ्गलको शास्त्रीय छन्दमा तुलना गरेमा यो भुजङ्गप्रयात छन्दसित मिल्दछ तर पुरै हैन केही मात्र । यो भुजङ्गप्रयात छन्दको एकै हरफले यसमा पुरा दुई हरफ बन्दछ । यसको विशेषता के हो भने रदिफ भएको भए उत्तम, यो न भए पनि गल्ती चाहि हुदैन तर काफिया हुनैपर्छ र छ पनि यसमा । नत्र त्यो अपुरो भुजङ्गप्रयात छन्द हुन सक्छ तर गजल हुन सक्दैन ।
February 19th 2007
Woodbridge VA, USA