तिम्रो सुन्दरताको
वयान गर्दा
महाकवि बनेछु
झैं लाग्यो
तिम्रो स्पर्शको तरङ्गमा
नौलो संगीत प्रलय भए
झैं लाग्यो ।
म आफू
तिम्रो स्ना त
यौवनको दहमा पौडन्दा
स्नायुका सन्जालभरि
झट्कन प्रवाहित भो
तिमीले तिम्रा
सर्वस्व मलाई सुम्पदा
स्वर्गपुरीको द्वार
खुले झैं भो ।
म तिम्रो पूजारी
मलाई
टहलाउन देउ
लहराउन देउ
बहलाउन देउ
चलमलाउन देउ
अनि,
तिमी सलबलाऊ ।
म मेरी
माधवीलाई पाउने छु ।
हो साच्चै
तिमी मेरी
माधवी हुँनेछौ
हामी मीठो
वन्दना गाउने छौं ।
हिजो,
खेल्न दियौं
बस्न दियौं
हराउन दियौं
तिमीभित्र
अटाउन दियौं ।
तरेथ्यौ
मनको छछल्काइमा
वारी अनि पारी ।
आज,
दैव लाग्यो
दिन लाग्यो
या त शत्रु लाग्यो
तिमीले गन्तव्य मोड्यौ ।
शुरु र अन्त्य भए
हाम्रा अध्यायहरू ।
सन्ताप यो निभाउन
म तीतो
क्रन्दना गाउने छु
अतहः बाचेसम्म
म तिम्रै
खुशीको लागि हाँस्ने छु ।
म मनसामा
अल्झिरहने छु
बल्झि रहने छु।
अन्त्यतः
माधवी ! म तिम्रो
वियोगको शोकले मर्नेछु ।
चन्द्र राइ ‘आकाश’
– कोलोराडो, अमेरिका
(स्रोत : Dcnepal.com)