आप्रवासी म छु सुत्छु मै देशमा
जाग्छु वा मर्छु मै लाश भै देशमा ।
देश वा विदेशै कुहेको दशा
स्वप्न झैं लाग्छ यो ध्यान गै देशमा ।
भो मलाई हुने छैन बस्ने मन
छाडि–यो जान्छु आफन्तकै देशमा ।
त्यो र यो छैन के के–ही–नमा पृथक्
धारणा राष्ट्र हो मर्छु नै देशमा ।
प्रभु हो कामना राज्यको नीतिमा
वालको स्नेह हो प्रेम नै देशमा ।
०
यो गजलको वहरको नाम होः मुतदारिक हजज । ‘फाइलुन्’ ‘फाइलुन्’ ‘फाइलुन्’ ‘फाइलुन्’ रुक्न भएमा यो बहर बन्दछ । संकेतमा यसरी लेखिन्छ यो २१२ २१२ २१२ २१२ यसलाई गण संकेतमा हामी यसरी लेख्छौंः ऽ।ऽ ऽ।ऽ ऽ।ऽ ऽ।ऽ, २ अथवा ऽदीर्घको र १ अथवा । यो संकेतले ह्रस्व जनाउँछ ।
०२–०८–०७
होमनाथ सुवेदी
वुडब्रिज, भर्जिनिया