माछो, एक्वेरियम र परिधि सबिना सिन्धु
म बाँचेको कथाको देश
आँशु र भेलको सामुन्दि«क देश
डग्मगाउँछन् सपना,
बाढी बढ्दा बढ्दै
स्वयम् निल्न थाल्छ मलाई
म मान्छे भएर बाँच्दिन
माछो भएर बाँच्छु
चिन्न नसकी आफ्नै अस्मिता
मुकदर्शक भएर उभिन्छु
आफ्नै पाइतालाको पहाडले
छेक्छ एक हुल मेरा सपनाहरुलाई
मुक्तिको लागि छट्पटाउँछु
एक्वेरियम भित्र !
एक्वेरियम,
जसले थुन्छ मेरा आवाजहरुलाई
छेक्छ पाइतालाहरुलाई
खरानी बनाउँछ मेरा सपनाहरुलाई
ढुङ्गा सरी बर्षिन्छन्
पानीका झटाराहरु
मेरो ढाड भरी ।
एक्वेरियम बाहिर फर्फराउँछन्
नारी मुक्तिका झण्डाहरु !
स्वतन्त्रताका स्वर्णिम बिहानीहरु
म अनभिज्ञ भई पौडिरहन्छु
माछो भएर
जिन्दगीका कृत्रिम छालहरु नियाल्दै
म पहाड भएर अग्लन चाहान्छु
नदी भएर बग्न चाहान्छु
तर सक्तिन नाघ्न खेतका आलिहरु
एक्वेरियमका तानाशाह परिधिहरु
साँच्चै फुटाउन पाए एक्वेरियम
नाघ्न पाए ती परिधिहरु
उघार्न पाए झ्यालसँगै दुख्ने पर्दाहरु
नियाल्न पाए बिहानी……………..?
उतारेर नदीका रहरलाग्दा चित्र
पौडन पाए स्वच्छन्द नदीमा
आफ्नै गोडाले उभिन पाए
आफ्नै स्वरले बोल्न पाए
चिन्न पाए आफ्नो अस्मिता
मान्छे भएर बाँच्न पाए ।
कस्तो हुन्थ्यो तिमीले जस्तै
समाउन पाए,
नारी स्वतन्त्रताका झण्डा ! !
नारी स्वाभिमानका झण्डा !
कस्तो हुन्थ्यो नाघ्न पाए
एक्वेरियमका तानाशाह परिधिहरु ।न्
इतिहासले कोल्टे फेर्छ
पँखेटा फट्फटाउँदै चराहरु उड्छन्
सँधै यस्तै हुने गरेको छ
उज्यालो बिहान आउनु अगावै
हराउने गरेकी छे , बिलाउने गरेकी छे
उज्यालो बिहान बोकेकी सुन्दरी केटी ।
(स्रोत : Dcnepal.com)