~विमल गौतम~
गाऊ शहर पहाड तराई जता ततै आहत छ
आउ नया वर्ष गन तन्त्र नेपाल मा स्वागत छ
धेरै लड़नुछ तिमीले यहाँ भिटामिन पिएर आउ
राजनैतिक फोहर फल्नुछ कन्टेनर लिएर आउ
गोलि बारुद हरुले अघायौ भो त्यहिँ रोकेर आउ
मुर्ख पटमुर्ख हरु यहि छौ विद्वान बोकेर आउ
मुख चलाउने धेरैछौ मेहनती हात लिएर आउ
सिङ्गो राज्य पाउनेछौ मात्र एक जात भएर आउ
ध्वंस गर्न आफैं माहिर छौ विकास भएर आउ
बहादुर गोर्खाली हौ लड़ेकैछौ निकास भएर आउ
निभ्न जानेनौ बलिरह्यौ तिमि पानी भएर आउ
बाठाई बाठा हरुले देश खाए ज्ञानी भएर आउ
मलिन नेपाली मुहार हरुमा कान्ति लिएर आउ
हड्ताल र बन्दमा पासछौ शान्ति लिएर आउ
व्यक्ति धेरैछौ यहाँ नपाइने व्यक्तित्व बनेर आउ
नेता धेरैछन अनिकाल परेको नेतृत्व लिएर आउ
आशा टुट्यो सबै संग यहाँ जोस भरेर आउ
जन कारबाहीमा परौला नि होस् गरेर आउ
अन्याय मनोमानी र घमण्डको चिहान खनेर आउ
संघात्मक गणतन्त्र नेपालको संबिधान बनेर आउ
रियाद
(स्रोत : NRNaksa)