~अनु~
कहिल्यै एकान्तमा तिमीलाई सम्झदा मेरो आउँछ नै
न तिमी हाँस्न सक्छौ, न त तिमी रुन नै सक्छौ,
पिरौल्छ यादले मेरो तिमीलाई तिम्रो आत्मालाई
बढाउँछ ढुकढुकी तिम्रो, विथोल्छ तिम्रो जीवन नै,
तिम्रो आखाँमा मेरो सम्झना आँसु भै बस्ने छ
न त तिमी झार्न सक्छौ न त तिमी रोक्न नै सक्छौ
तिमीले जुन पीर्डा दियौ मलाई मेरो भावनामा,
यही पीडाले तिमीलाई तडपाउछ तिम्रो भावनालाई
जहाँ जान्छौ त्यतै तिमीलाई मेरो सम्झनाले पोल्ने छ ।
(स्रोत : Dainikee.com)