सांसद् ज्यू,
तपाईं सामु सानो निवेदन पेश गरेको छु
प्रतिनिधिसभामा लगी पेस गरिदिनु हुन्छकि ?
मेरो विनम्र अनुरोध ।
सांसद ज्यू ,
हिजै मात्रै हो
हाम्रा गाउँको हर्केले
कालीसँग आई लभ यु को प्रस्ताव राख्दा
र
कालीले स्वीकार नगर्दा
आज हर्केको मृत्यु भएको छ ।
हाम्रै गाउँकी च्यान्टीले पनि
कालेसग आई लभ यु को भिक माग्दा माग्दै
आज च्यान्टी पागलको रुपमा
सडक र गल्लीहरुमा डुलिरहेकी छ ।
यही आई लभ यु को लालसमा पर्दा
हाम्रै गाउँकी गोरी
बम्बैमा बन्दी जीवन बिताइरहेकी छ ।
हुनत हाम्रो बेरोजगार देशमा
रोजगार मिलेको छ
यही आई लभ यु ले गर्दा।
तर यो ज्यादै व्यापक बनेको कारण
यसमा विकृति आएका छन्,
धेरै हाँगा बिगा लछरिएका छन्
त कती कोपिलाहरु निर्लज्ज लुटिएका छन् ।
हुनत हाम्रो हजुरबाले
रोधीको रमाइलो साँझमा
यही आई लभ यु सगै
आफ्नो बराउनी गरेका रहेछन्
यो त पुरानो कुरा भयो ।
त्यसैले सांसद ज्यु,
कहिले बगर त कहिले सागर हुने
यो आई लभ यु को नियन्त्रण गर्ने
कुनै कानुन छ कि?
नभए बनाउनु पर्यो।
यसको छिट्टै कार्यान्वयन गरी
यस वर्षको सम्पूर्ण बजेट
लगानी गर्नुपर्यो
सांसद ज्यु,
यो मेरो विनम्र अनुरोध ।
ghayalsri@gmail.com/ghayalsri@yahoo.com
(स्रोत : Dainikee.com)