बाँचेथ्यौ संसारलाई प्रतिभाले हँसाएर
रुँदैछौ आज तिमी आफ्नै आँखा रसाएर ।
जीवन सँगिनीको बिछोड त असह्य भो
त्यसैले हिक्का छाड्यौ अश्रुधारा खसाएर ।
संसार यस्तै नै छ एकदिन छुट्नै पर्छ
तिमीले हाँस्नु अब खुशी मनमा टँसाएर।
जीवन जिउने क्रममा सबैलाई हँसायौ
जियौ नि आज सम्म दिलमा सब्लाई बसाएर ।
अभिप्सा हाम्रो पनि तिम्रो आसुँ पुछ्ने नै हो
नबाँच्नु तिम्ले अब मनमा भाला भसाएर ।
(प्रशिद्ध हाँस्य अभिनेता हरी बँशको शोकाकुल स्थितिमा वहाँलाई सद्भाव पूर्ण आश्वासन दिन रचित गजल )
(रचना अप्रिल/ २१/ २०११/ बिहान ११ बजे )
(स्रोत : नेपाली गजल गुगल ग्रुप )