नहोला कि मिठो ,लय लाग्न थाल्यो।
गजल कस्तो भयो,भय लाग्न थाल्यो।
एउटा थिएँ म, बाँकी उनान्सय के ?
गजलमै भेटेँ आँफै,सय लाग्न थाल्यो।
बनाएर हेरेँ ,सेर आफ्नै कथा पढी,
जिन्दगी यो मंगल,जय लाग्न थाल्यो।
मन्दिरैमा खोजेँ,देउतासङ्गै सोधेँ पनि
उज्यालो आँफैभित्र,तय लाग्न थाल्यो।
लेख्ने वाचा आज,मरे पछी अझै,
संसारै यो गजल,मय लाग्न थाल्यो।
जन्मस्थान-पोखरा
स्थाई घर -नुवाकोट,चतुराले
अस्थायी -काठमान्डु
हाल,
चिकित्साशास्त्र
एम बि बि यस चौथो बर्ष
जिप्मेर मेडिकल कलेज
पन्डिचेरी
2010-06-02
(स्रोत : नेपाली गजल गुगल ग्रुप )