जति लेखुँ सँधै सरल लेखुँ म क्लिष्टता नआवोस ।
देखेको लेख्दा मर्यादा हुन्नभने शिष्टता नआवोस ।
छोपेर सत्य औ माथीबाट पोतेर झुटको रंगले ,
भ्रम फैलाउन कुनै कलममा धृष्टता नआवोस ।
स्वस्थ प्रतिस्पर्धा बनोस पाओस सुयोग्य अघि बढ्न ,
धोकाधडी , चाकरी , छल्छामको उत्कृष्टता नआवोस ।
मान्छेको त के कुरा म भित्र छ भने ईश्वरकै पनि ,
भक्तिमा स्वार्थ मिसाउनुपर्ने त्यो निष्ठता नआवोस ।
मनुवा प्राणी ‘दीपक’ पनि ठान्दछ सब बराबरी ,
नउ’म्रोस जिलोबुटो अहँको विशिष्ठता नआवोस ।
2008-06-10
(स्रोत : नेपाली गजल गुगल ग्रुप )