कुहेको काठमा भार उठाउन थाले !
जे पायो त्यसैमा बुट्टा कुढाउन थाले !
कालु बिचरा पसीना चुहाउन थाले
मकै खान हुल भालु आउन थाले !
कैची र चक्कु जोडेका औंलाहरु छन्
फुक्न नसकेको गाँठो चुडाउन थाले !
हो पागलका बस्तीमा रमाईलो यस्तै
ऐनासित आफ्ना आंखा जुधाउन थाले !
बिजयको अबिर पुछ्न भ्याएको छैन
बचन बिर्सेर मन डुलाउन थाले !
2008-06-20
(स्रोत : नेपाली गजल गुगल ग्रुप )