~विनित ‘सानु’~
एक्लै बसी तिम्ले रुँदा मलाई कस्तो भा’को होला ?
आँसुले ति नयन धुँदा मलाई कस्तो भा’को होला ?
हिंजो मात्र संगै जिउने संगै मर्ने वाचागरी ,
आजफेरी टाढा हुँदा मलाई कस्तो भा’को होला ?
क्षितिज त्यो नेपथ्यको गुञ्जीत तिम्रो आवाजले ,
चस्स मेरो मुटु छुँदा मलाई कस्तो भा’को होला ?
वेमतलवी , वेरहेमी अनकण्टार यो सहरमा ,
आफ्नो भन्ने कोहि नहुँदा मलाई कस्तो भा’को होला ?
तिम्रो ब्याथा लेखिआ’को पत्र ‘सानु’ पढ्दा
मैले , हरफ्-हरफ् , बुँदा-बुँदा मलाई कस्तो भा’को होला ?
Bikas Magar
7/1 Green St.
Kogarah 2217
NSW, Sydney
(स्रोत : नेपाली गजल गुगल ग्रुप )