नेपाल भित्र बाहिरै विश्वका सारा नेपाली
पहिचान दिगो राख्न जुटौं हे! हामी नेपाली ।
पश्चिम पुगी युएस्ए पूर्वमा पुगी जापान
चन्द्रसूर्यको सारैमा गाउँछौं हामी नेपाली ।
उत्तर सगरमाथा दक्षिण अफि्रकासम्म
कामदार फैलिएका व्यापक हामी नेपाली ।
गल्ली र गल्ली संस्थामा बाटो र घाटो कोठामा
स्वाभिमानको रक्षामा जुटेका हामी नेपाली ।
भानुभक्त मोतीराम श्रीदेवकोटा संझेर
एकताको सूत्रमा छौं आवद्ध हामी नेपाली ।
लाली गुँरासको रास चौरी गाईको चमर
साहित्यमा डोलाएर खेलांैला हामी नेपाली ।
हाम्रो भाषा हाम्रो राष्ट्र शिरमा राखी नेपाली
उकाली र ओरालीमा नाचांैला हामी नेपाली ।
– वुडबि्रज भर्जिनिया
(स्रोत : INLS.Org